Successfully Copied

मोक्टेल

विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

स्पाइसी म्यांगो ट्यांगो 

सामग्री :    

सुन्तलाको जुस : १२० मिलिलिटर

क्रस्ड रेड चिल्ली : १० मिलिलिटर

ग्रेनेडाइन सिरप : १० मिलिलिटर

अण्डाको सेतो भाग : १५ मिलिलिटर

कागतीको जुस : २० मिलिलिटर मिन्ट पत्ता ४ देखि ८ वटा 

विधि :

सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने । त्यसपछि ग्लासको माथि हार्ट सेपमा कटिङ गरिएको आइस क्युब, लेमन स्पाइरल र ग्रिन चिल्लीले गार्निस गर्ने । स्वास्थ्यका लागि फलदायी यो पेय अब सर्भ गर्नका लागि तयार छ । स्वास्थ्यबर्द्धक यो पेय पदार्थले मुटु र किड्नीलाई राम्रो गर्छ । 

टि एण्ड टि स्विट एण्ड सावर 

सामग्री :    

सुन्तलाको जुस : २५ मिलिलिटर 

सुगर सिरप : १५ मिलिलिटर 

ब्लु सिरप : १५ मिलिलिटर 

अण्डाको सेतो भाग : १५ मिलिलिटर

क्रयानबेरी जुस : ६० मिलिलिटर 

विधि :

तयार पारिएका सम्पूर्ण सामग्रीलाई सेकिङ ग्लासमा हालेर सेक गर्ने । सबै सामग्री राम्ररी ब्लेन्ड भएपछि यसलाई मार्टिनी कपमा हाल्ने । ग्लासको साइडमा ओरेन्ज स्पाइरलले गार्निस गर्ने । निकै रुचाइएको यो पेय पदार्थले शरीरलाई डिहाइडेड राख्नुका साथै शरीरमा भिटामिन सीको मात्रा बढाउँछ । साथै स्वास्थ्यका दृष्टिकोणले पनि यो पेय निकै लाभकारी छ । 

 

दीपेश कायस्थ, बार इन्स्ट्रक्टर

 Image