Successfully Copied

‘आँखामा जलबिन्दु हुनसक्छ’

आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।

डा. निर्सरा श्रेष्ठ

एमबीबीएस, एमडी

आँखा र ग्लकोमा विशेषज्ञ

नेत्रधाम आई केयर सेन्टर, कुपण्डोल

आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ । जलबिन्दु संसारमै मोतीबिन्दुपछि मानिसलाई दृष्टिविहीन बनाउने दोस्रो प्रमुख कारण हो । नेपालमा जलबिन्दु रोग मोतीबिन्दुपछि दृष्टिविहीन बनाउने दोस्रो प्रमुख कारण भएको एक सरकारी तथ्यांकले देखाएको छ । 

जलबिन्दुलाई ‘दृष्टि चोर’ पनि भनिन्छ । यो रोगले ग्रसित भएका मानिसलाई यसको आभास नहुन पनि सक्छ । आँखा परीक्षणको अभावमा धेरैको अनाहकमै दृष्टि गुमिरहेको हुनसक्छ । प्रायः ठूलो हानि नहुँदासम्म यो रोगको लक्षण नदेखिने भएकाले धेरैजसो अवस्थामा पहिला परिधिको दृष्टि गुम्न गई केन्द्र्रीय दृष्टि नै समाप्त हुन सक्छ । 

यो रोगको जोखिममा जुनसुकै उमेरका मानिस रहे पनि ४० वर्षभन्दा माथिका लागि यो बढी हुने सम्भावना हुन्छ । परिवारमा वा नजिकका नातेदारमा जलबिन्दुको इतिहास भए, टाढाको दृष्टि कमजोर, नजिकको दृष्टि कमजोर, लामो समय स्टेरोइड औषधिको प्रयोगकर्ता, मधुमेह, उच्च रक्तचाप, आँखामा चोटपटक वा आँखाको शल्यक्रिया गरेका व्यक्तिरूमा यो रोगको जोखिम बढी हुन्छ । यी लक्षण भएका व्यक्तिहरूले हरेक वर्ष जलबिन्दुको परीक्षण गराउन आवश्यक छ । यो रोगको जोखिममा रहेकाहरूले नियमित आँखा जाँच गराई उपचार गराउनु राम्रो हो । 

 Image