Successfully Copied

युमिनलाई ‘मिसेस् नेपाल कल्चर’

नेपाली मौलिक सांस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगितामार्फत उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालित विवाहित महिलाहरूबीच भएको ‘मिसेस् नेपाल कल्चर–२०२२’ को पहिलो संस्करणको उपाधि युमिन खत्रीले जितेकी छन् ।

नेपाली मौलिक सांस्कृतिक परिवेशको महत्व र आवश्यकतालाई सौन्दर्य प्रतियोगितामार्फत उजागर गर्दै, त्यसको सम्बद्र्धन र प्रवद्र्धनमा योगदान दिने हेतुले संचालित विवाहित महिलाहरूबीच भएको ‘मिसेस् नेपाल कल्चर–२०२२’ को पहिलो संस्करणको उपाधि युमिन खत्रीले जितेकी छन् । प्रतियोगितामा सहभागी ३८ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि हासिल गरेकी हुन् । उनलाई प्रथम ‘मिस नेपाल’ तथा ‘मिसेस् नेपाल कल्चर’ प्रतियोगिताकी ‘ब्रान्ड एम्बेसडर’ रुबी राणा शाहले विजेताको ताज पहि¥याएकी थिइन् । कार्यक्रममा शाहलाई मानार्थ ‘मिसेस् नेपाल कल्चर’ को ताज पहि¥याएर सम्मान गरिएको थियो ।

प्रतियोगितामा शुभेच्छा ढकाल राणा ‘फस्र्ट रनर्स अप’, ज्योति दीक्षित ‘सेकेन्ड रनर्स अप’, सुस्मिता भण्डारी अधिकारी ‘थर्ड रनर्स अप’, मञ्जु पाठक ‘फोर्थ रनर्स अप’ का रूपमा चयन भएका थिए । त्यस्तै निशा तिमिल्सिना ‘पब्लिक च्वाइस’ विजेता, गीता भट्ट ओझा ‘पब्लिक च्वाइस फस्र्ट रनर्स अप’, मञ्जु पाठक ‘भ्युअर्स च्वाइस’, निशा आचार्य ‘भ्युअर्स च्वाइस फस्र्ट रनर्स अप’, शुभेच्छा ढकाल राणा ‘मिसेस् ट्यालेन्ट’ तथा नुरा ढुंगाना ‘म्यानेज्मेन्ट च्वाइस’ अवार्डका विजेताका रूपमा क्राउनिङ गरिएका थिए ।

यसैगरी, प्रतियोगितामा मनीषा थापाले ‘पर्सनालिटी’, सुस्मिता भण्डारी अधिकारीले ‘वेस्ट डे«स’ र ‘वेस्ट स्माइल’, सुजना शाहीले ‘वेस्ट वाक’, गंगा अधिकारीले ‘फोटोजेनिक’, जयन्ती यादवले ‘कन्जिनियालिटी’, अनिता तण्डुकारले ‘कन्फिडेन्ट’ तथा काजल लोहियाले ‘एक्टिभ’ विधाको अवार्ड आफ्नो नाममा सुरक्षित बनाउन सफल भएका थिए ।

 Image