Successfully Copied

मिठाईंका परिकार

दूधलाई तताएर फटाउने । फाटेर बनेको दूधको छेनालाई क्रिम मिसाएर मोलेर तीन कुनाको सेप दिने । त्यसलाई चास्नीमा १५ मिनेटजति उमाल्ने । पाकेपछि छेनालाई चाल्नीमा तार्ने । त्यसलाई चिसो बन्न छाडिदिने । अब दूधको क्रिमलाई कराहीमा राखेर घोल्ने र पेस्ट बनाउने । त्यसमा चिनी र आफूलाई मनपर्ने फ्लेवर मिसाउने ।

क्रिम चमचम

सामग्री : दूध, क्रिम, चिनी, किसमिस ।

विधि : दूधलाई तताएर फटाउने । फाटेर बनेको दूधको छेनालाई क्रिम मिसाएर मोलेर तीन कुनाको सेप दिने । त्यसलाई चास्नीमा १५ मिनेटजति उमाल्ने । पाकेपछि छेनालाई चाल्नीमा तार्ने । त्यसलाई चिसो बन्न छाडिदिने । अब दूधको क्रिमलाई कराहीमा राखेर घोल्ने र पेस्ट बनाउने । त्यसमा चिनी र आफूलाई मनपर्ने फ्लेवर मिसाउने । स्वादअनुसार सुकमेल, केसर वा अरु फ्लेवर मिसाउन सकिन्छ । चिसो भएको छेनालाई चक्कुले डिजाइन दिँदै माथिबाट क्रिम राखिदिने ।

 

खुवाको सन्देश

सामग्री : खुवा, चिनी, चकलेट पाउडर ।

विधि : पहिले खुवामा चिनी मिसाएर चलाउँदै पकाउने । त्यसपछि चकलेट पाउडरमा खुवा मिसाएर पकाउने । त्यसपछि प्लेटमा पहिला खुवा र चिनी राख्ने । त्यसमाथि चकलेट र खुवा राखेर दुई लेयरमा रोल गर्ने र आफूलाई मनपर्ने साइजमा काट्ने । 

मसला लड्डु

सामग्री : सुजी, घिउ, चिनी, ड्राइ फ्रुट्स ।

विधि : सुजीलाई सानो आँचमा घिउमा फ्राई गर्ने । त्यसपछि पानीमा चिनी मिसाएर बाक्लो हुने गरी पकाउने । चिनी सुकेर पिठो जस्तो बनेपछि त्यसमा सुजी मिसाउने । अर्को भाँडोमा चिनी र पानीको पातलो चास्नी बनाउने । चास्नीमा सुजीको पिठो मिसाएर हातको सहायताले ड्राई फ्रुट्स मिसाउँदै डल्लो बनाउने । 

 

चकलेट क्रिम 

सामग्री : दूध, क्रिम, चिनी, चकलेट पाउडर ।

विधि : दूधलाई तताएर फटाउने । फाटेको दूधको छेनालाई क्रिम मिसाएर मोलेर डल्लो बनाउने । त्यसलाई चास्नीमा १५ मिनेटजति उमाल्ने । पाकेपछि छेनालाई चाल्नीमा तार्ने । त्यसलाई चिसो बन्न छोडिदिने । अब दूधको क्रिमलाई कराहीमा राखेर घोल्ने र पेस्ट बनाउने । चकलेट पाउडरलाई पनि क्रिम मिसाएर पकाउने र घोल बनाउने । मिठाईंको वरिपरि क्रिमको पेस्ट राखिदिने र बीचको खाल्डोमा चकलेटको सेलाएको घोल राखिदिने । आफ्नो इच्छानुसार मिठाईंलाई सजाउन सकिन्छ । 

 

दिवाकर राजकर्णिकार, राम भण्डार, थापाथली

 

 Image