Successfully Copied

‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृति सार्वजनिक

‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक कृति सार्वजनिक भएको छ । ७८ वर्षीया डम्बरकुमारी तिम्सिनाले भोगेका जीवन कहानी पुस्तकका उतारिएको छ ।


 ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक कृति सार्वजनिक भएको छ । ७८ वर्षीया डम्बरकुमारी तिम्सिनाले भोगेका जीवन कहानी पुस्तकका उतारिएको छ । उनकी छोरी पूर्वप्रमुख सूचना आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाद्वारा लिखित उक्त कृति घोस्ट राइटिङ नेपालको आयोजनामा सोमबार एक कार्यक्रमका बीच कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सार्वजनिक गरे ।


सार्वजनिक गर्दै कार्कीले आमाहरूले भोगेको वास्तविकतालाई किताबमा उतार्नु महत्वपूर्ण भएको र यस्ता यथार्थलाई लेख्नु र पढ्नुपर्ने बताए । विगतमा आमाले भोगेका दुःख पीडाहरुले लेखिएको उनले बताए र उनले भने ‘विगतमा आमाले भोगका दुःख, पीडा र यथार्थलाई पुस्तक पढेन भने आमामाथि अन्याय हुन्छ ।’


पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पुस्तकको समीक्षा गर्दै डम्बरकुमारी आमाको माइती घर, कर्म घर र जीवनकालमा भोगेका सम्पूर्ण कथाहरू पुस्तकमा समेटिएको बताए ।
माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आमाहरूले भोगेका दुःख, त्यो बेलाका भोगाइलाई पुस्तकका रूपमा सार्वजनिक गर्नु राम्रो काम भएको र यस्ता इतिहासले वर्तमान पुस्तालाई थप प्रोत्साहन मिल्ने बताइन् ।
पुस्तकको समीक्षा गर्दै लेखिका डा.अर्चना थापाले विगतमा आमाहरूले भोगेका जीवन कहानी समेटिएको र पुस्तक पढेर नयाँ पुस्ताका महिलालाई थप प्रेरणा दिने बताइन् ।
डम्बरकुमारीले पुस्तकको प्रमुख पात्र डम्बरकुमारीले आफूले भोगेका कथा व्यथा पुस्तकमा आएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई एकपटक पढिदिन आग्रह गरिन् ।

 Image