Successfully Copied

महिलाका लागि अनुकूल वातावरण सिर्जना गरिदिनुपर्छ ।

तेह्रथुमका ब्रिटिस लाहुरे केबी र सुकुमाया लिम्बूकी एक मात्र सन्तान विमला तुम्खेवा तीन दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन् ।

विमला तुम्खेवा (साहित्यकार तथा अध्यक्ष, सञ्चारिका समूह)

तेह्रथुमका ब्रिटिस लाहुरे केबी र सुकुमाया लिम्बूकी एक मात्र सन्तान विमला तुम्खेवा तीन दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छिन् । धरानको ‘ब्लास्ट’, झापाको ‘पूर्वाञ्चल’ र ‘विवेचना’ दैनिक आदि पत्रिकामा राजनीति, महिला, सामाजिक क्षेत्रमा ०५० सालदेखि ‘रिपोर्टिङ’ गर्दै आएकी उनका दर्जनौं कविता–लेखप्रकाशित भइसकेका छन् । हाल उनी ‘सञ्चारिका समूह’की निर्वाचित अध्यक्ष हुन् ।

हाल केमा व्यस्त हुनुहुन्छ ?

सञ्चारिकाकै काममा व्यस्त छु । त्यसबाहेक एउटा कथा प्रकाशनको तयारीमा छु ।

नेतृत्व तहमा काम गर्दा महिलाका लागि के–कस्ता चुनौती छन् ?

दक्षिण एसियाली मुलुकहरूमा महिला बल्ल घरबाहिर निस्किएको अवस्था छ । नेतृत्व तहमा कसरी काम गर्ने भन्नेबारे हामी सिक्दैछौं । प्राविधिक, व्यावहारिक, संस्थागत र वैचारिक रूपमा पनि नेतृत्वमा बस्ने महिलालाई त्यति सहज छैन । विकसित मुलुकमा एउटा प्रणाली बसिसकेको हुनाले हरेक नागरिकले राज्यलाई के दिने भन्ने सोच उनीहरूमा छ । हाम्रो नेपालमा अहिलेसम्म पनि पाँच तला घर बनाएर छतबाट बाटोमा फोहोर फाल्ने सोच सकिएको छैन । सामाजिक संघ–संस्था पनि सेवाका नाममा व्यापारी भएका छन् । त्यसैले यस्तो प्रणालीमा काम गर्न त्यति सजिलो छैन ।

नेतृत्वमा धेरै महिला पु¥याउनका लागि के आवश्यक ठान्नुहुन्छ ?

नेतृत्वमा रहेका कुनै पनि संघ–संस्थाले महिलाका लागि अनुकूल वातावरण सिर्जना गरिदिनुपर्छ । महिलालाई पनि काम गर्ने, सीप र क्षमता प्रस्तुत गर्ने मौका दिनुपर्छ ।

पत्रकार महिलाका अप्ठ्याराहरूबारे केही बताइदिनुस् न

अहिलेसम्म मूलधारका पत्रिकामा एकजना महिला सम्पादक छैनन् । सामाजिक संरचना, हामीले धारण गरेको धर्म, राज्य व्यवस्था मूल कारक हो झैं लाग्छ । जुन पदमा जति महिला पुगेका छन् तिनले धेरै व्यावहारिक अप्ठ्यारा पार गर्दै त्यहाँसम्म पुगेका छन् । महिला सक्षम छन् तर उनीहरूको टाउकोमा चौतर्फी भूमिकाको बोझ छ । पत्रकारिताकै कुरा गर्नुपर्दा एउटा पुरुष पत्रकार मात्रै भए पुग्छ तर महिला पत्रकार मात्रै भएर पुग्दैन । यही उदाहरण नै काफी छ ।

नेपाली पत्रकारिता जगत्लाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन के जरुरी छ ?

अवसरको खाँचो छ, क्षमता नभएको होइन । अवसर स्थापित गर्न सकियो भने हामीसँग सक्षम मानव शक्ति छ । ‘एक्सपोजर’, अवसर र प्रेरणाको खाँचो छ । हामीेले देखिराखेकै हो पत्रकार महिला सरकारी भ्रमणमा कमै पर्छ, खोइ त महिलालाई अवसर ?

एकदिनका लागि कलम वा पुस्तकमध्ये के रोज्नुहुन्छ?

पुस्तकै रोज्छु । बरु दोहो¥याई तेहे¥याई पढ्छु ।

जीवनमा अब गर्न पाए हुन्थ्यो जस्तो लागेको कुनै काम ?

हिमाल चढ्ने इच्छा छ ।

तपाईंको रुचि केमा छ?

म प्रकृतिप्रेमी मानिस हुँ । डाँडाकाँडा एवं जंगलमा घुम्न असाध्यै मन पर्छ । खोलानाला छिचोल्दै पानीसँग खेल्दा छुट्टै आनन्द महसुस हुन्छ ।

आगामी योजना के छ ?

कथा संग्रह ल्याउने योजनामा छु । सायद छिट्टै आउँछ ।

पाठकलाई केही सन्देश छ कि ?

जीवन छोटो छ । हरपल उत्सवका साथ यसलाई सेलिब्रेट गरौं । रिस, डाह, खुट्टा तानातान गरेर फाइदा छैन ।

 Image