Successfully Copied

वास्तुकलाको उत्कृष्ट नमुना ‘आगन्तुक रिसोर्ट’

आधुनिक मानव सभ्यता र वास्तुकलाको उद्गम थलो हो, इजिप्ट अर्थात् मिश्र । आज पनि धेरैले मिश्रको त्यही वास्तुकलालाई पछ्याउने गर्छन् । त्यसरी पछ्याउनेमा बनेपास्थित आगन्तुक रिसोर्ट पनि एक हो ।

आधुनिक मानव सभ्यता र वास्तुकलाको उद्गम थलो हो, इजिप्ट अर्थात् मिश्र । आज पनि धेरैले मिश्रको त्यही वास्तुकलालाई पछ्याउने गर्छन् । त्यसरी पछ्याउनेमा बनेपास्थित आगन्तुक रिसोर्ट पनि एक हो । त्यहाँ कमिलाले थुपारेको माटोको ढिस्कोजस्तो आकृतिको उत्कृष्ट नमुना सजिलै नियाल्न सकिन्छ ।

त्यहाँका भवनहरू माटोकोजस्तै रंगले पोतिएका छन् ।  प्रवेशद्वारको बायाँपट्टि ठूलो अक्षरमा ‘अतिथि देवो भवः’ लेखिनुले रिसोर्टको आतिथ्यता झल्काउँछ । जंगलको बीचमा रहेको यो रिसोर्ट मनमोहक छ ।  

विशेषतासेवा–सुविधा

७७ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट १२५ करोडको लगानीमा निर्माण भएको हो । त्यहाँ एकपटकमा पाँच सयजना अतिथि अटाउन सक्ने क्षमता छ । रिसोर्ट संचालकका अनुसार ५२ वटा रुम रहेकोमा थप २० वटा ‘सेमी–स्विट रुम’ सञ्चालनको तयारीमा छन् । तीमध्ये चार–चारवटा स्विट र ‘सेमी–स्विट’, आठ वटा ‘डिलक्स’ र बाँकी ‘प्रिमियर रुम’ समावेश छन् । प्रत्येक रुमको क्षेत्रफल २५०–३०० वर्गफिटको रहेको छ । ‘रुम’ को चार्ज १० हजार पाँच सय रुपैयाँदेखि सुरु हुन्छ । भान्सासहितको ‘स्विट रुम’ मा फ्रिज, ‘इन्फ्रारेड’ चुल्हो, पुस्तकालय, फलफूल, ड्राई फ्रुट्स, चकलेट, वाइनलगायतका सुविधा उपभोग गर्न सकिन्छ । उच्च श्रेणीमा राखिएको यो रुमको चार्ज २५ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी, ‘सेमी–स्विट रुम’ लाई राजस्थानी शैलीमा सजाइएको छ । यसको फर्निचर र इन्टेरियर डिजाइनमा त्यहाँको झल्को देख्न सकिन्छ । ‘डिलक्स रुम’ बाहेक अन्य सबै कोठा उत्तरतिर फर्किएका छन् । प्रत्येकमा ‘प्राइभेट बाल्कोनी’ समेत छुट्टाइएको छ । त्यहाँबाट सूर्योदय, हिमाल र रमणीय दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्ट परिसरभित्र प्रवेश गरिसकेपछि दुईवटा रेस्टुरेन्ट, कफी सप, बार, फिटनेस सेन्टर, स्विमिङ पुल, प्राइभेट पार्किङलगायतका सुविधा छन् । बालबालिकाका लागि छुट्टै ‘किडजोन’ को समेत व्यवस्था गरिएकोे छ । यहाँ २४ घण्टा ‘रुम सर्भिस’ को सुविधा पाउन सकिन्छ । हेलिप्याड समेत रहेको रिसोर्टमा ‘स्पा’ र ‘पार्लर’ पनि चाँडै संचालनमा आउने रिसोर्ट संचालकले बताए । अपांगता भएकाहरूका लागि त्यही किसिमको सुविधा भएको रुमहरुको व्यवस्था गरिएको छ ।  

रिसोर्टबाट नजिकै ‘भिउ टावर’ छ, जहाँबाट २०० डिग्रीका हिमाली रेन्जहरू देख्न सकिन्छ । नजिकै धार्मिकस्थलहरू गोसाइ“कुण्ड, ऐतिहासिक महत्व बोकेको शिवको मन्दिर, संस्कृत विद्यालयसमेत भ्रमण गर्न सकिन्छ । त्यहा“बाट ‘हाइकिङ’ पनि जान सकिन्छ । साढे दुई घण्टामा नगरकोट पुग्न सकिन्छ । यसैगरी अर्को गन्तव्य नमोबुद्धलाई बनाउन सकिन्छ ।

मेनु व्यञ्जन

यो ‘मल्टी कुजिन’ रिसोर्ट हो । त्यहाँ सुलभ मूल्यमा शुद्ध नेपाली खानादेखि नेवारी, अरेबियन, चाइनिज, इन्डियन परिकारको स्वाद चाख्न पाइन्छ । रिसोर्टको मेनुमा केही यस्ता परिकार समावेश गरिएको छ, जुन अन्यमा पाइँदैन । त्यहाँ पाइने अधिकांश खानाको ‘रेसिपी’ त्यहीँकै सेफले तयार पार्छन् । त्यहाँ पाइने खानाहरूको मौलिक प्रस्तुतिकरण, स्वाद र गुणस्तरले रिसोर्टलाई थप आकर्षक बनाएको छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट २८ किलोमिटर दूरी छिचोलिसकेपछि रिसोर्ट पुग्न सकिन्छ । त्यहाँ पुग्न धुलिखेल बजारभन्दा वरै बायाँतिरबाट दुई किलोमिटर भित्र प्रवेश गर्नुपर्छ ।  

‘९९ प्रतिशत स्वदेशी ग्राहक’

विमल पौडेल

रेसिडेन्सियल म्यानेजर, आगन्तुक रिसोर्ट

जुनसुकै व्यवसायमा कुनै न कुनै नयाँ कुरा दिन सकेमात्र त्यो टिक्न सक्छ । त्यसैले अरुभन्दा फरक देखाउनलाई इजिप्टेली शैली र रंगसँग प्रभावित भई रिसोर्ट डिजाइन गरिएको छ । यहाँ आउने अधिकांश ग्राहक सन्तुष्ट भएर फर्किन्छन् । यही नै हाम्रो उपलब्धि भएजस्तो लाग्छ ।

‘आगन्तुक रिसोर्ट’को विशेषता भनेको सफा, स्वच्छ र शान्त वातावरण, हस्पिटालिटी, मीठो खाना हो । दक्ष जनशक्तिद्वारा सञ्चालित यो रिसोर्टमा ९९ प्रतिशत स्वदेशी ग्राहक आउने गरेका छन् । कतिपयले ठूलो रिसोर्ट महँगो हुन्छ भन्ने सोच राख्छन् । यहाँको सेवा–सुविधाअनुसार मूल्य बढी छैन ।

 Image