Successfully Copied

जाडोमा हाडजोर्नी समस्या

जाडोमा हाडजोर्नीमा दुखाइ बढ्न सक्छ । यसको कारण यो मौसममा शरीरका रक्तनली तथा रक्तकोशिका खुम्चिन्छन् । विशेषतः बाथ रोगीलाई जाडोमा बढी दुख्छ ।

जाडोयाममा हाडजोर्नीका के–कस्ता समस्या देखापर्छन् ?

जाडोमा हाडजोर्नीमा दुखाइ बढ्न सक्छ । यसको कारण यो मौसममा शरीरका रक्तनली तथा रक्तकोशिका खुम्चिन्छन् । विशेषतः बाथ रोगीलाई जाडोमा बढी दुख्छ । हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया गरेकाहरूलाई पनि जाडोमा बढी दुखेको महसुस हुन्छ । 

यसबाट बच्ने उपायहरू बताइदिनुहोस् न 

शरीरलाई न्यानो राख्नुपर्छ । चिसोमा दुख्ने अङ्गहरू ढाकिएको हुनुपर्छ । आगो वा हिटरमा सेकाउने सवालमा आगो खतरनाक हुन सक्छ । शरीर मात्र होइन घरै जलेको कुरा पनि हामीले सुनेका छौं । हिटरले हाम्रो शरीर र छाला सुख्खा बनाउँछ । हिटर नै ताप्नुपरे यो राखेको ठाउँमा बाउल वा सानो बाटामा पानी राख्नुपर्छ । सेक्ने वस्तुहरू ठीकै हुन् तर भर्खरै चोट लागेको घाउमा सेक्नु हुँदैन । 

हाडजोर्नी बलियो बनाउन के–कस्ता खानेकुरामा ध्यान दिनुपर्छ ?

खानपानमा विशेषगरी दूध र यसबाट बनेका परिकार खाँदा हड्डी बलियो हुन्छ । साथै बिहानको घाम ताप्नुपर्छ । स्किन एलर्जी छ भने भिटामिन ‘डी’ सप्लिमेन्ट लिने र प्रोटिनयुक्त खानेकुरा प्रशस्त खानुपर्छ । तर, रातो मासु भने खानु हुँदैन । 

रोग लागिहालेमा के गर्ने ?

यति गर्दागर्दै पनि रोग लागिहाल्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

डा.प्रवीण नेपाल

वरिष्ठ हाडजोर्नी विशेषज्ञ, नर्भिक इन्टरनेसनल अस्पताल थापाथली

 Image