Successfully Copied

‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’

पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ । 

नेपालीहरूको खानपानको शैली कस्तो पाउनुभएको छ ?

पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ । 

पछिल्लो समय नेपालीहरूमा रेस्टुरेन्ट कल्चर बढ्नुको कारण के हो ?

प्रत्येक घरका एक–दुई जना विदेश पुगेका छन् । उनीहरू विदेशी संस्कारसँग परिचित छन् । उनीहरू आफ्नो पनि जीवन जिउने शैलीमा परिवर्तन चाहन्छन् । विदेश बसेर सम्म आमाबुवा, दाजुभाइ दिदीबहिनीलाई कहिलेकसो बाहिर खान जान सुझाउने मात्र नभएर त्यसका लागि पैसा पठाइदिन्छन् । अर्को कुरा व्यस्ततामा कति घरको दालभात पकाउन र भाँडा माझ्नमा कति समय खर्चिने ? कहिलेकाहीँ त रेस्टुरेन्ट गएर नयाँ स्वाद चाखौं भन्ने चेतना पनि बढेको छ । 

बाहिरका खाना कत्तिको स्वस्थकर छन् ?

अहिले अधिकांश उपभोक्ता स्वास्थ्यमा सजग छन् । त्यसैले रेस्टुरेन्ट–होटलहरूले पनि स्वास्थ्य र गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । त्यसैले कतिपय ठाउँमा ओपन किचन सञ्चालनमा छन् । खानाको गुणस्तर राम्रो भए नै व्यवसाय चल्ने हो । नत्र त एकपटक आएको कस्टमर अर्को पटक फर्किदैन । तसर्थ स्वास्थ्य पहिलो सर्त हो । 

एलिभेट लाउन्ज एण्ड क्लबको विशेषता के हो ?

यहाँ हरेक किसिमका खानाको स्वाद र गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राखेका छौं । हामीकहाँ फरक–फरक थिमका काराओके रुमहरू छन् । लाउन्ज र बारमा नेपालमै पहिलो मुभिङ लाइट्स खेलाएका छौं । रुफ टप टेनिस, हरेक दिन लाइभ ब्यान्ड, रुफ टपबाट काठमाडौंको ३६० डिग्री भ्युज हेर्न पाइनु हाम्रा विशेषता हुन् । 

 Image