Successfully Copied

‘फोक्सो र दमका रोगीले खाना बार्नुपर्दैन’

काठमाडौंमा डा.रक्षा पाण्डेको जन्म भएको हो । उनले विद्यालय शिक्षा काठमाडौं र ‘प्लस टु’ भारतबाट पूरा गरिन् । त्यसपछि पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सबाट २००१ मा एमबीबीएस उत्तीर्ण गरिन् । दुई वर्ष ललितपुरस्थित पाटन अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरिन् ।

डा. रक्षा पाण्डे

फोक्सो तथा सघन रोग विशेषज्ञ, ह्याम्स अस्पताल

काठमाडौंमा डा.रक्षा पाण्डेको जन्म भएको हो । उनले विद्यालय शिक्षा काठमाडौं र ‘प्लस टु’ भारतबाट पूरा गरिन् । त्यसपछि पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सबाट २००१ मा एमबीबीएस उत्तीर्ण गरिन् । दुई वर्ष ललितपुरस्थित पाटन अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरिन् । उनले बेलायतस्थित रोयल कलेजबाट ‘इन्टरनल मेडिसिन’ मा एमडी उत्तीर्ण गरेकी हुन् । सात वर्षजति त्यहा“ पढ्दै काम गरेको उनले बताइन् । त्यसपछि उनले सिंगापुरबाट ‘पल्मोनरी’ र ‘क्रिटिकल केयर’मा थप अध्ययन पूरा गरिन् । ‘कन्सल्टेन्ट’ का रूपमा ७ वर्ष सिंगापुरमा काम गरेकी उनी त्यहा“को आकर्षक तलब, सेवा÷सुविधा छाडेर स्वदेश फर्किन् । आफ्नो देशको माया सबैलाई हुन्छ भन्दै उनी प्रशिक्षणका लागि मात्र विदेश जाने धारणा राख्छिन् । नेपालमै बिरामीको सेवा गर्छु भनेर उनी फर्केकी एक वर्षमै कोभिड महामारी सुरु भयो । उनी यो महामारीबाट विचलित नभई बिरामीको सेवामा लागिरहिन् । नेपालमा पुरुषको तुलनामा महिला फोक्सो रोग विशेषज्ञ कम छन्, तीमध्येकी एक रक्षा महिलालाई कमजोर ठान्न नहुने धारणा राख्छिन् । ‘जेन्डर’ कै कारण यो गर्न सक्छु र त्यो गर्न सक्छु भन्ने महसुस उनलाई कहिल्यै भएन । उनको परिवारमा तीनजना छोरी भए पनि उनलाई छोरीकै कारण अभिभावकबाट अपहेलना र विभेद कहिले महसुस भएन । तर, समाजमा छोरीप्रतिको भेदभाव देख्दा उनलाई अचम्म लाग्थ्यो । बिरामीको सेवा, व्यस्त दैनिकीबाट कहिलेकाही“ बिदा मिलाएर दिमाग र शरीर तरोताजा राख्न उनी घुम्न जान्छिन् । उनले आइसल्यान्ड र मीरा पिक चढिसकेकी छिन् । ह्याम्स अस्पतालकी फोक्सो तथा सघन रोग विशेषज्ञ रक्षासँग गरिएको कुराकानीको सम्पादित अंश ः  

जाडो मौसममा रुघाखोकी, दम र फोक्सोको समस्या बढी देखिनुको कारण के हो ?

प्रायः जाडोमा भाइरस बढी सर्कुलेट भइरहेका हुन्छन् । यतिबेला सामान्य रुघाखोकीको भाइरस (आरएसभी) जाडो महिनामा बढी हुन्छ । यो मौसममा भँइरस बढी सक्रिय भई बढी बा“च्न सक्छ । जाडोमा झ्यालढोका ड्याम्म थुनेर बस्ने धेरैको बानी हुन्छ । यसो गर्दा भेन्टिलेसन कम भई भाइरस एकबाट अर्कोमा सर्ने सम्भावना बढी हुन्छ । त्यस्तै चिसो मौसममा सुख्खा हावा चल्छ । सुख्खा तथा चिसो हावा सास फेर्ने नलीलाई मन पर्दैन । त्यसैले पहिले नै दम भएकालाई चिसो र सुख्खा हावाले झन् समस्या हुनसक्छ ।

दम कस्तो रोग हो ? कुन उमेरकालाई यो समस्या बढी देखिन्छ ?

दम सामान्य रोग हो । फोक्सोको हरेक रोगलाई दम भन्ने गरिन्छ । फोक्सोका रोग अनेकथरि हुन्छन् । बिरामीलगायत सबैले स्याँ–स्याँ हुनुलाई दम भन्छन् । यो रोग नभै लक्षण हो । दम रोगअन्तर्गत छाताभित्र सीओपीडी, क्रनिक ब्रोन्काइटिस, आजमा (मौसमी खोकी), इन्टे«स्टिसियल लंग्ज डिजिज, टिबी र निमोनिया (संक्रामक रोग) आदि पर्छन् । जुन उपचारपछि निको हुन्छ ।

दम जुनसुकै उमेरमा पनि देखिन सक्छ । दम स्मोकिङसम्बन्धी रोग भएकाले धूम्रपान गर्ने पुरुषमा बढी पाइएको छ । नेपाली महिलामा गाउँघरमा खाना पकाउँदा प्रयोग गरिने दाउरा तथा गुईंठाबाट आउने धूँवाका कारण पनि यो देखिएको छ । कालो हावा फोक्सोमा पुग्दा चुरोट नखाने महिलामा पनि यो रोग लाग्न सक्छ । समयमै उपचार नपाएर पनि यो रोग देखा पर्न सक्छ । यसैगरी, चिकित्सकको सम्पर्कमा आउनुपर्ने, भर्ना हुनुपर्ने उच्च जोखिम समूह (हाइ रिस्क ग्रुप) र पुरानो दम, मुटुको रोग र दीर्घ रोग भएकामा पनि यस्तो समस्या बढी देखिने गरेको छ । यस्ता मानिसलाई भाइरसले एट्याक गरेमा कडा हुन्छ । सामान्य मानिसलाई फ्लु लागेमा रुघाखोकी लागेर ज्वरो आउँछ र ४,५ दिनमा ठीक हुन्छ । कोभिडले सिरियस भएका बिरामी निको हुँदा फोक्सो सुकेको हुन्छ, यसले ‘फाइब्रोसिस’ हुन्छ । यसबाट दागले फोक्सोमा दीर्घरोग गराउन सक्छ ।

जाडोमा दम र फोक्सोका रोगीले कस्तो सावधानी अपनाउनुपर्छ ?

दम र फोक्सोका रोगीलाई ‘इन्फ्लुयन्जा’ र ‘निमोनिया भ्याक्सिन’ लगाउन आवश्यक छ । ‘इन्फ्लुयन्जा भ्याक्सिन’ वर्षैपिच्छे लगाउनु प्रभावकारी हुन्छ । दसैं–तिहारपछि ‘भ्याक्सिन’ लगाउनुपर्छ । ‘न्युमोकोको ब्याक्टेरिया’ ले निमोनिया गराउने भएकाले ‘निमोनिया भ्याक्सिन’ लगाउनु प्रभावकारी हुन्छ । यसैगरी दम, मुट, मिर्गौला, कलेजो, धूम्रपान गर्ने, मधुमेह, रोग प्रतिरोधक क्षमता कम हुने र ६५ वर्ष उमेर नाघेकालाई निमोनियाको भ्याक्सिन लगाउनुपर्छ । जुन दुई किसिमका हुन्छन् । एकथरि जीवनमा एकपटक लगाउने र अर्को ५÷५ वर्षका फरकमा लगाउने हुन्छ ।  

भ्याक्सिन कत्तिको प्रभावकारी हुन्छ ?

‘भ्याक्सिन’ लगाएपछि रोगै नलाग्ने भन्ने होइन । ‘भ्याक्सिन’ लगाएकाको तुलनामा नलगाएकामा रोग लाग्ने सम्भावना बढी हुन्छ । रोग लागिहाले पनि ‘भ्याक्सिन’ का कारण जटिल समस्या र ज्यान जाने जोखिम भने कम हुन्छ ।

दम र फोक्सोका रोगीले के गर्नुपर्छ ?

नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । मधुमेह तथा उच्च रक्तचापमा औषधि खाएजस्तै हो इन्हेलर तान्नु पनि । ‘इन्हेलर’ तानेपछि बानी पर्छ भन्ने धारणा धेरै बिरामीमा पाइएको छ । रोग लागेको छ भने औषधि खाने बानी बसाल्नुपर्छ । ‘इन्हेलर’ तान्यो, निको भएपछि बन्द गरेमा पुनः रोग बल्झन्छ र बिरामीले बानी लागेको रहेछ भनेर बुझ्छन् । जुन गलत हो, यो धारणा परिवर्तन गर्नुपर्छ । पहिले हामीकहाँ ‘इन्हेलर’ त्यति आउँदैनथ्यो । विदेशमा सबैभन्दा पहिले दमको उपचारका लागि ‘इन्हेलर’ प्रयोग गर्छन् । उमेर र रोगको प्रकृतिअनुसार ‘इन्हेलर’ प्रयोग गर्नुपर्ने हुन्छ । बच्चामा पनि रुघाखोकी लाग्ने, घ्यारघ्यार हुने र दमको समस्या छ भने ‘इन्हेलर’ दिनुपर्ने हुनसक्छ । सानो बच्चादेखि ठूलासम्मकालई पनि दम रोग छ भने ‘स्टेज’ अनुसारको ‘इन्हेलर’ सुरु गर्नुपर्छ । ‘स्टेज’ अनुसार औषधिको ‘डोज’ भने फरक हुनसक्छ ।

फोक्सो कसरी स्वस्थ राख्न सकिन्छ ?

रोग लागेकाले नियमित उपचार गराउनुपर्छ । फोक्सोका बिरामीले ३÷४ महिना वा चिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ । किनभने जहिले पनि औषधिएउटै मात्रामा हुँदैन । सुधार भए–नभएको हेरेर औषधिको मात्रा थपघट गर्नुपर्ने हुन्छ । धूम्रपान नगरी स्वस्थ जीवनशैली अपनाउनुुपर्छ । रोग लागेको छैन भने पनि जोखिम घटाउन धूम्रपान गर्नुहुँदैन । धूम्रपान गर्नेको नजिक बस्दा पनि असर गर्छ । सक्रिय जीवनशैली बिताउनुपर्छ । दूषित हावाबाट बच्न सक्नुपर्छ । मर्निङ वाकमा निस्कदा प्रदूषणयुक्त बाटोभन्दा भित्री बाटो रोज्नुपर्छ । घरभित्रकै हावाले पनि असर गरिरहेको हुनसक्छ । खाना पकाउँदा दाउरा र गुइँठा प्रयोग गर्दा त्यसबाट निस्कने धूवाँले असर गर्न सक्छ । ढ्यामढुम्म ढोका लगाएर आगो ताप्नुहुँदैन । मास्कको प्रयोग नियमित गर्नुपर्छ । सवारी साधनको धूवाँले असर गर्ने भएकाले सरकारले पनि नागरिकको ज्यानलाई महत्वपूर्ण मानेर प्रदूषणमुक्त गराउन पहल गर्नुपर्छ ।

खानपानमा कस्तो सावधानी अपनाउनुपर्छ ?

दम तथा फोक्सोका रोगीले खासै खाना बार्नुपर्दैन । विदेशतिर दमका रोगीलाई आइसक्रिम, जेली दिन्छन् । नेपालमा भने चिसो खानु हुँदैन भन्ने सोच छ । कसैकसैलाई चिसो निल्दा घाँटी खसखस भएको कारणले खोकी लागेको भएपनि चिसोले भएको होइन । साधारण अर्थमा जाडोमा तातो भएमा आफूलाई सजिलो हुन्छ, त्यसैले तातो खाएमा सहज हुने हो । फोक्सोको रोग कुनै खानाले बढाउँदैन । केरा, दही, दूध यी तीन कुरा खानुहुँदैन, खोकी लाग्छ भन्ने धारणा धेरै बिरामीको छ । यसले खोकी बढाउँदैन । यसमा ‘भिटामिन’, ‘मिनरल्स’ हुन्छ, जुन शरीरका लागि आवश्यक हुन्छ । रंगीन फलफूल तथा सागपात नियमित खान सकिन्छ । गाजर, चुकन्दर, सुन्तला, स्याउ खान सकिन्छ । यस्ता फलफूलमा ‘भिटामिन’, ‘मिनरल्स’ र ‘एन्टिअक्सिडेन्ट’ को मात्रा धेरै हुन्छ । मांसाहारीले ठीक मात्रामा मासु खान सकिन्छ । अण्डा प्रोटिनको राम्रो स्रोत भएकाले नियमित रूपमा खान सकिन्छ । गेडागुडी, तोफु, नगेट खान हुन्छ । कतिपयमा चिल्लो खानेकुराले दमको रोग बढाउँछ भन्ने छ, जुन गलत हो । चिल्लो, मसालेदार खानाले ‘ग्यास्ट्राइटिस’ को समस्या भने हुनसक्छ । सबैले सकेसम्म स्वस्थ खाना खाने, प्रशोधित खाना (प्रोसेस्ड फुड), ‘क्यान जुस’, बाहिरको खाना धेरै खानुहुँदैन । उपचारका लागि आउने प्रायः बिरामीले भिटामिन दिनु भन्छन्, भिटामिन नै खानेकुरा हो । बिस्कुटमा चिनी, तेल र पीठोबाहेक केही हँुदैन । बिस्कुट खानु पनि स्वस्थकर होइन । ‘क्यान फ्रुट जुस’, हर्लिक्स, बर्नभिटा खानु पनि फाइदाजनक होइन । यसको साटो ओट्स, सुख्खा रोटी, सातु खान सकिन्छ ।

रोगबाट कसरी बच्न सकिन्छ ?

दीर्घ रोग लागेको छ भने दीर्घकालीन नै औषधि सेवन गर्नुपर्छ । कुनै जीवनभर नचाहिन पनि सक्छ, त्यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ । नियमित रूपमा ‘भ्याक्सिन’ लगाउनुपर्छ । धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । नियमित रूपमा व्यायाम गर्नुपर्छ । उमेर बढ्दै जाँदा ‘मसल मास’ घटदै जान्छ, फलस्वरूप हिँड्दा श्वासप्रश्वासमा गाह्रो हुनसक्छ । त्यसैले सक्रिय हुनु आवश्यक छ । स्वस्थ जीवनशैलीका लागि खाना र व्यायाम एकदमै आवश्यक छ । अहिलेको स्वस्थ जीवनले बुढेसकालमा फाइदा पु¥याउँछ । यो भनेको ‘पैसा फिक्स डिपोजिट’ गरेजस्तै हो । पहिले चलाउन पाइ“दैन, पछि चलाउँदा फाइदा हुन्छ ।   

प्रसंग बदलौ, कामको सिलसिलामा महिला भएकै कारण कुनै विभेद भोग्नुप¥यो कि ?

सिंगापुरमा पुरुषभन्दा महिला चिकित्सक बढी भएकाले भेदभावको सामना गर्नुपरेन । नेपाल फर्किएपछि भने महिला भएकैले मसँग उपचार गर्न कम बिरामी किन आए होलान् भनेर बुझ्न महिनौं लाग्यो । त्यसो त म नयाँ भएकाले झट्ट विश्वास नगरेका होलान् । महिला र पुरुष एउटै शिक्षा, उमेर भएपनि महिलालाई अघि बढ्न पुरुषको दुई÷तीन गुणा बढी बुझाउनुपर्छ । बढी मेहनत गर्नुपर्छ । तर, पछिल्लो समय भने मेरो उपचारप्रति विश्वास गरी धेरै बिरामी आउने गरेका छन् ।  

आफूले उपचार गरेका बिरामी निको हुँदा कस्तो महसुस हुन्छ ?

एउटा चिकित्सकका लागि सबैभन्दा ठूलो उपहार बिरामी निको हुनु हो । कोभिडको समयमा सिरियस भएर आएका बिरामी १ महिनापछि हिँडेर घर गएको देख्दा लागेको खुसीका लागि कुनै शब्द नै छैन । यतिबेला कामको थकान सबै मेटिन्छ । अहिले पनि उपचारपछि निको भएका बिरामीले टाउकोमा हात राखी आशीर्वाद दिएर जानुहुन्छ ।

भविष्यको योजना के छ ?

मेडिकल प्रोफेसनलाई निरन्तरता दिन्छु । देशै छोडर विदेसिन्न, तालिम तथा छोटो समयका लागि भने जान सक्छु । माइन्ड र बडी स्फूर्त रहन समय मिलाएर हिमाल चढ्छु ।

 Image