Successfully Copied

‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’

खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।

खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ । ‘वे फ्रि नेपाल’ का संस्थापक रौनक बोहोराले वर्षौंदेखि माइग्रेन, कब्जियत र उच्चरक्तचापको पीडा भोगिरहेका थिए । उनी २० वर्षको उमेरबाटै उच्चरक्तचापको औषधि सेवन गरिरहेका थिए । औषधि सेवन गरून्जेल ठीक हुने, औषधि छोडेपछि फेरि सताउने भएकाले उनी चिन्तित थिए । कसैले ‘यो खानुहुन्छ’ ‘त्यो खानुहुँदैन’ कसैले ‘यो खानुपर्छ’ ‘त्यो खानुपर्दैन’ भन्ने कुराको उनी वर्षौंदेखि पालना गरिरहेका थिए । 

जब उनले लामो समय अध्ययन गरे, तब ‘स्वस्थ आहार’ नै सर्वोत्तम औषधि हो भन्ने तथ्य बुझे । त्यसपछि उनको ‘डाइट चार्ट’ बदलियो, उनले जीवनशैली परिवर्तन गरे । आफूले भोगेको दुःख अरुले भोग्नु नपरोस् भनेर उनले स्वस्थवर्द्धक खानेकुरा बजारमा ल्याए । 

यो कस्तो प्रकारको उत्पादन हो ?

यो नेपालमै उत्पादित दैनिक प्रयोग हुने स्वस्थ, प्राकृतिक र शत प्रतिशत ‘ग्लुटन फ्रि’ उत्पादन हो, जुन बजारमा सजिलै उपलब्ध छैन । त्यसका अतिरिक्त ‘सुगर फ्रि’, ‘भिगन डाइट’, ‘किटो डाइट’ लगायतका खाद्यवस्तु शरीरको तौल व्यवस्थापन गर्ने खाद्यवस्तु पाइन्छन् । यी उच्च गुणस्तर एवं पौष्टिक तत्वले भरिपूर्ण छन् । खाद्य विभागबाट स्वीकृत हाम्रो कम्पनीका आटा, ओट्स, नुडल्स, चिया, कफी, स्न्याक्सहरू बजारमा उपलब्ध छन् । कम्पनीको ‘ग्लुटन फ्रि’ मैदा, ‘ब्रेड’, ‘कुकिज’ पनि छिट्टै बजारमा आउँदैछन् । 

यी खाद्यवस्तुको बजारमा माग कस्तो छ ?

सोचेभन्दा धेरै राम्रो छ । ‘ग्लुटन फ्रि’ धेरै बिक्री भइरहेको छ । यसबाट उपभोक्ताहरू स्वास्थ्यप्रति सचेत भएको स्पष्ट हुन्छ । 

यी खाद्यवस्तु कसले प्रयोग गर्छन् ?

दीर्घरोगबाट पीडित भएकाले यसको बढी प्रयोग गरिरहेका छन् । यस्ता रोगीले यी खाद्यवस्तु प्रयोग गरेमा चाँडै निको हुने सम्भावना रहन्छ । 

कहाँ किन्न पाइन्छ ?

सेलवेज, सेल्सबेरी, ब्लुबर्डमार्ट, दराज, बिगमार्ट आदिमा पाउन सकिन्छ । 

रौनक बोहोरा, संस्थापक, वेफ्रि नेपाल 

 Image