जाडोमा तातो सुप
पुस १९, २०७९ जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ । सुप घरमै बनाएर खान सकिन्छ । त्यस्तै, बजारमा पाइने प्याक गरेको सुपको प्रयोग पनि गर्न सकिन्छ । यो मौसममा शरीरलाई तताउने परिकार खानुपर्छ, जुन स्वादिष्ट र स्वस्थकर पनि हुनुपर्छ ।
सुपको सुरुवात बिरामीहरूलाई तागत दिने, पोषणयुक्त र सजिलै पच्ने खानाका रूपमा भएको हो । यसमा प्रशस्तमात्रामा पौष्टिक तत्व पाइन्छ । यसलाई खाना खानुभन्दा अगाडि खाँदा भोक जगाउँछ । नेपालमा चाइनिज, इन्डियन, कन्टिनेटललगायतका सूप धेरै मनपराइन्छ । ती मध्ये ‘हट एण्ड सावर’ र ‘तोमियम सूप’ बढी लोकप्रिय छन् । सामान्य सागसब्जी वा मासुको सुप बनाएर पनि खान सकिन्छ । सूपतातो र चिसो गरी दुई किसिमका हुन्छ । विश्वभरमा चिसो सूप त्यतिकै प्रख्यात छन् । ‘भिसिश्वास’ र ‘गाजापाचो’ सूप चिसो सर्भ गरिने बिश्व प्रसिद्ध सूप हुन । ‘क्रिमी’, ‘पीउरी’, ‘ब्रोथ’, ‘कन्जुमी’, ‘भेलुते’, ‘बिक्स’, ‘ब्लोन’, ‘क्लियर’, ‘कन्क्की’, ‘चौडर’, ‘पोटेज’, ‘कन्डेन्स’ (गाढा) आदि सूपकै नाम हुन् । सूप पकाउँदा यसको पौष्टिक तत्व नष्ट नहोस् भन्नेमा विशेष ध्यान दिनुपर्छ । एक पटक सुप पिउँदा २४० मिलिलिटर सर्भ गरिन्छ, यसमा १२५–१५० सम्म क्यालोरी हुनैपर्छ ।
कुर्ती सुप (गहतको झोल)
सामग्री :
विधि : एक रात पहिले नै वा ६ देखि ८ घन्टा गहतलाई भिजाउने र नर्मल रुम टेम्पेचरमा छाडिदिने । राम्ररी भिजेपछि ढुंगा वा कुनै छेस्का केलाएर एक साइडमा राख्ने । दुई लिटरको प्रेसर कुकर तताएर तोरीको तेलमा जिरा फुराउने र चप जिजर गार्लिक हाल्दिने । गोल्डन ब्राउन हुनासाथ हरियो खुर्सानी, भिजाएर केलाएको गहत हाली चलाउने । आँचलाई केही मत्थर पारेर अन्य मसला र स्वादअनुसार नुन हाल्दिने । १० देखि १२ मिनेट भुटेपछि काटेको टमाटर हालेर चलाउने र एक छिनमा एक लिटरजति पानी हालेर ४ वा ५ सिठी लगाउने । अन्त्यमा आवश्यकतानुसार बाक्लो वा पातलो खाने अन्दाज गरी तातो पानी हाली उमाल्ने र काटेको धनियाँ छरेर तात्तातो सर्भ गर्ने ।
ज्वानो डन्डुको सुप
सामग्री :
विधि : बाक्लो कराहीमा घिउ हालेर खर्याउने र ज्वानो हालिदिने । खैरो हुनासाथ चप गरेको लसुन–अदुवा हालिदिने । गोल्डन ब्राउन हुनासाथ तातो चामलको पीठो हालेर मज्जाले भुट्ने, पानी खनाउने र पुनः उम्लिन दिने । नुन–मरिच हालेर राम्ररी चलाउने । अन्त्यमा काटेको डन्डु हालेर निकाल्ने र तात्तातो सर्भ गर्ने ।
गुन्द्रुक भटमासको मिलन (हिमालयन सुप)
सामग्री :
विधि : बाक्लो कराही तताएर भटमासलाई पाक्ने गरी थोरै तेल हाली भुटेर एक साइड लागाउने । तेल हालेर कराई पुनः तताउने र हरियो खुर्सानी, अदुवा–लसुन हाली भुट्ने । केही ब्राउन हुनासाथ प्याज हाली भुट्ने र नुन मसला हाली सानो आँचमा पकाउने । केही बेरमा भिजाएको गुन्द्रुक, भुटेको भटमास हाली चलाउने र तातोपानी आवश्यकतानुसार हालेर उमाल्ने । अन्त्यमा काटेको धनियाँ, हरियो लसुन र टिम्मुरको धूलो हाली तात्तातो सुप सर्भ गर्ने ।
खसीको खुट्टी सुप
सामग्री :
विधि : पहिले प्रेसर कुकरमा तोरीको तेल तताएर त्यसमा मेथी फुराउने । अनि अदुवा, लसुन, तेज पात एवं प्याज राखेर केही समय भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने । त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्ने । प्रेसरमा ७ वा ८ सिठी लागेपछि आगोबाट बाहिर निकाल्ने । त्यसमा धनियाँ राखेपछि खसीको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।
पञ्चमेलको कुवा
सामग्री :
विधि : मिक्स गेडागुडीलाई एक दिन बेलुका नै भिजाउने र बिहान छान्ने । राम्ररी केलाएर एक साइड लगाउने । प्रेसरमा तोरीको तेल हालेर सुकेको खुर्सानी, होल गरम मसला, अदुवा, लसुन र हिङ फुराउने । केही बेरमा गेडागुडी हालेर चलाउने । मसला र सिजिनिङ हाली पुन स्लो आँचमा चलाउने । अर्को साइडमा उमालेको पानी हालेर ४ वा ५ सिठी लगाएर पकाउने र अन्त्यमा सुप बाउलमा हालेर तात्तातो सर्भ गर्ने ।
- आरबी बूढाथोकी सु–सेफ, दि सोल्टी होटल
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्