वर्षालाई प्रश्न
पुस २०, २०७९ अघिल्लो वैशाखमा विवाह बन्धनमा बाँधिएकी वर्षा शिवाकोटी श्रीमान् आशिष गेलालसँगको सम्बन्ध चिसिएपछि चर्चामा छिन् । आशिष अमेरिका बस्छन् । विवाहपछि वर्षा पनि अमेरिका पुगिन् । तर, उनी छोटो समयमै नेपाल फर्किइन् । सम्बन्धबारे मौन बसेकी उनी स्टाटस पोस्ट गर्दै भनेकी छन्, ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ विवाह गरेर फिल्म छोड्ने सोच बनाएकी वर्षा अब भने फिल्ममै करिअर बलियो बनाउने दौडमा छिन् । वर्षाले अभिनय गरेका ‘मनसँग मन’, ‘परदेशी २’ लगायतका केही फिल्म प्रदर्शनको तयारीमा छन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्