Successfully Copied

बहुगुणकारी सिस्नु

हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीलगायतका क्षेत्रमा सिस्नु पाइन्छ । सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन् ।

हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीलगायतका क्षेत्रमा सिस्नु पाइन्छ । सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन् ।

यसको महत्व धेरैलाई थाहा नभएको पनि हुनसक्छ । यो बहुगुणकारी हो । यसलाई सागका रूपमा प्रयोग गर्न सकिन्छ । पहिले गरिबले मात्र प्रयोग गर्ने सागका रूपमा सिस्नुलाई हेरिन्थ्यो । पछिल्लो समय यसको साग खानेहरू बढेका छन् । त्यसैले त हाल यो सहरका ठूला–ठूला डिपार्टमेन्ट स्टोर, तारे होटल, रेस्टुराँहरूमा महँगो खानाको परिकारमध्येमा पर्न थालेको छ।

खेती र स्याहार गर्न नपर्ने भएकाले यसको व्यावसायिक रूपमा बजार प्रवर्धन गर्न सके धेरै आम्दानी गर्न सकिन्छ । खासगरी विदेशमा यसको माग बढी भएकाले सिस्नुको धूलो बनाई त्यता निर्यात गर्न सकिन्छ । सिस्नुको धूलोलाई दाल, ढिंडो, सुप बनाएर खान सकिन्छ । हरियो सिस्नुको मुन्टा तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ । सिस्नुमा १२ सय आईयू भिटामिन ‘ए’ र अत्यधिक मात्रामा भिटामिन ‘सी’ पाइन्छ। यो ‘आइरन’, ‘फर्मिक एसिड’को राम्रो स्रोत हो । सिस्नुमा गुणस्तरीय औषधीय गुण छ । सिस्नु पोषिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले पनि यसको माग बढेको हो । सिस्नुलाई झोल बनाएर खानासँगै प्रयोग गर्न सकिन्छ । उमालेर खान पनि सकिन्छ । सिस्नुको १० ग्राम धूलोलाई दुईसय मिलिलिटर तातोपानीमा भिजाई रातभरि छोडिदिने र बिहान खाली पेटमा खानुपर्छ ।

भित्री अंगको सफाइका लागि सिस्नुको प्रयोग गर्न सकिन्छ । सातामा एकपटक सिस्नु खानुपर्छ । यसले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जान्छन् र दिसाको थैलो सफा हुन्छ । यसले रोगहरूसँग लड्ने क्षमता पनि बढ्छ ।

सिस्नुबाट हुने फाइदा र उपयोग

–सिस्नुको नियमित प्रयोगले मिर्गाैलामा हुने समस्याबाट बच्न सकिन्छ । त्यस्तै, पिसाब पोल्ने, दम, बाथ, रक्तअल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।  

–महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्चरक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीका लागि पनि सिस्नु उपयोगी मानिन्छ ।

–पुरुषको शुक्रकिट उत्पादन, भाँचिएका एवं मर्केका हाडलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउनमा पनि सिस्नु सहयोगी हुनसक्छ । ढाड, घु“डा र जोर्नी दुख्ने जस्ता रोगमा यसको पाउडर उपयोगी हुन्छ ।

–सिस्नुमा भिटामिन तथा खनिज तत्वहरू पोटासियम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले यो शाकाहारीहरूका लागि उत्तम खाद्य पनि हो ।

–सिस्नुको मेहन्दी बनाएर केशमा लगाउँदा केश झर्नबाट रोक्छ भने केशको चायाँ पनि हटाउँछ ।

–सिस्नु मानव स्वास्थ्यका लागि मात्र नभई जीवजन्तुका लागि पनि बहुउपयोगी छ । सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने अनुसन्धानहरूले देखाएका छन् । सिस्नुलाई दानाका रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रा समेत उल्लेख्य वृद्धि हुने शोधबाट प्रमाणित भैसकेको छ ।

 Image