Successfully Copied

आरबोन्नीलाई ‘मिस युनिभर्स’

अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।

अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो । अमेरिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेको यो नवौं अवसर हो । विश्वका ८४ जना सुन्दरीको सहभागिता रहेको प्रतियोगितामा भेनेजुएलाकी अमान्डा डुडामेल ‘फस्र्ट रनर्स अप’ तथा डोमिनिकन रिपब्लिककी आन्ड्रिना मार्टिनेज् ‘सेकेन्ड रनर्स’ चयन भइन् । प्रतियोगिताको ‘स्पेशल अवार्ड’ तर्फ मिस कन्जिनियालिटीमा चिलीकी सोफिया डेपासियर तथा माल्टाकी म्याक्सिन फोरमोसा विजेता भएकी थिइन् । थाइल्यान्डकी एना सुएनगामइआमलाई ‘सोसल इम्प्याक्ट अवार्ड’ र युक्रेनकी भिक्टोरिया अपानासेन्कोलाई ‘स्पिरिट अफ कार्निभल अवार्ड’ प्रदान गरिएको थियो ।

२८ वर्षीया आरबोन्नी पेसाले मोडल, फेसन डिजाइनर एवं सिलाई प्रशिक्षक हुन् । उनी ‘मिस अमेरिका’ बनेकी प्रथम फिलिपिनो अमेरिकी हुन् । उनी ‘मिस युएसए २०२२’ की विजेता हुन् भने २०२१ मा उनी मिस ‘टेक्सास युएसए’ प्रतियोगितामा ‘फस्र्ट रनर्स अप’ बनेकी थिइन् । ‘मिस युनिभर्स २०२२’ मा नेपालका तर्फबाट ‘मिस युनिभर्स नेपाल २०२२’ की विजेता सोफिया भुजेल सहभागी थिइन् ।

 Image