Successfully Copied

जडीबुटीमा बढ्दो आकर्षण

हामीसँग दुई थरीका उत्पादन छन् । एउटा सुगन्धित तेल (अन्य उत्पादनका लागि इन्पुटका रूपमा काम गर्छ) र अर्को उपभोग्य उत्पादन (सञ्चो, सञ्चो बाम, हिमालयन मसाज आयल, प्रोसेस्ड सिलाजित आदि) छन् । हाम्रा यी सबै उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगिरहेका छन् । 

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका उत्पादनहरू के–के छन् ?

हामीसँग दुई थरीका उत्पादन छन् । एउटा सुगन्धित तेल (अन्य उत्पादनका लागि इन्पुटका रूपमा काम गर्छ) र अर्को उपभोग्य उत्पादन (सञ्चो, सञ्चो बाम, हिमालयन मसाज आयल, प्रोसेस्ड सिलाजित आदि) छन् । हाम्रा यी सबै उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगिरहेका छन् । 

नेपालमा जडीबुटी औषधि प्रयोगकर्ताको अवस्था कस्तो छ ?

‘इमरजेन्सी’ का लागि ‘क्विक ट्रिटमेन्ट’ मा जानुपर्ने हुन्छ । तर, कोभिडपछि स्वास्थ्यका सन्दर्भमा सोच्ने तरिकामा परिवर्तन आएको छ । जडीबुटीजन्य उत्पादनतर्फ पछिल्लो समय धेरै आकर्षण बढेको छ । हाम्रा उत्पादनहरूमा रोग प्रतिरोधात्मक क्षमता बढाउने, इम्युनिटी बुस्टरको काम गर्ने, साइड इफेक्ट कम हुने गुण छ । त्यसैले पनि हाम्रा जडीबुटी उत्पादनतर्फ धेरैको रुचि बढ्दो छ । 

कम्पनीका उत्पादनको बजारीकरण नीति कस्तो छ ?

बजारीकरणको नीतिअन्तर्गत हामी विभिन्न वितरकमार्फत बजारमा पुगिरहेका छौं । कम्पनीमै आएर पनि हाम्रा उत्पादनहरू खरिद गर्ने व्यक्तिहरू धेरै छन् । कम्पनीको कार्यालयमै हाम्रा उत्पादनहरू सुलभ मूल्यमा पाइने भएकाले दिनहुँ ग्राहकहरूको लाइन लागिरहेको हुन्छ । सुगन्धित तेल किन्ने ग्राहकहरू बढी मात्रामा कम्पनीमै आउँछन् । 

जडीबुटी उत्पादनका अवसर र चुनौतीहरू के–कस्ता छन् ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको आकर्षण बढ्दै गएकाले यस्ता उत्पादनको अवसर छ भन्न सकिन्छ । अर्को कुरा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने सोचको विकास पनि हाम्रा लागि अवसर हो । सरकारी उत्पादन भएकाले निजी उत्पादन कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा मूल्यलगायत द्रुत पूर्तिका कुराहरू हाम्रा लागि चुनौती हुन् । 

निर्णायक तहमा महिलालाई कस्तो चुनौती छ ?

०३८ मा स्थापना भएको यो कम्पनीमा म प्रथम महिला महाप्रबन्धक हुँ । निर्णायक तहमा महिलाले काम गर्दा, त्यहाँ बस्ने व्यक्ति स्वयंमा पनि धेरै कुरा निर्भर रहन्छ । मैले त्यति धेरै विभेद र चुनौती महसुस गर्न परेको छैन । मेरो संस्थामा महिलामैत्री वातावरण छ । विभिन्न डिर्पाटमेन्ट हेडहरू पनि महिला नै भएकाले हाम्रो राम्रो ‘टिम बोन्डिङ’ छ । म जनकपुरभन्दा परको मिथिला बिहारी गाउँबाट आएकी महिला हुँ, जहाँ त्यतिबेला महिलाका लागि उच्च शिक्षामा पहुँच थिएन । मेरो बुवा नै पहिलो व्यक्ति हुनुहुन्छ, जसले छोरीलाई पढाउनुभयो । म कलेज टपर हुँ, कलेजकै संगठन र विभिन्न संघ–संस्थामा टिममा बसेर काम गरेकी छु । ‘टिम विल्डअप’ राम्ररी गर्न सकियो भने सकारात्मक ‘रेस्पोन्स’ आउँछ भन्ने मेरो अनुभवले बताउँछ । ‘एक्स्सेप्टेन्स इन्भाइरोमेन्ट’ आफैं बनाउने हो भन्ने लाग्छ । 

- संगीता यादव

महाप्रबन्धक, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड

 Image