Successfully Copied

‘डग सो’ को रौनक

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको  थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

सोमा २ सय ७५ वटा कुकुरले भाग लिएका थिए । उनीहरूको  हिँडाइ, दाँत, सरसफाइलगायत मापदण्ड बनाएर निर्णय गरिएको थियो । यी सबैबारे जानकार भएका विशेषज्ञ कोमल धाना निर्णायक भूमिका थिए । उनी भारतबाट आएको आयोजकले जनाएको छ ।  

के नाइन क्लब, बुलेट डड ब्रीड र पोजेटिभ पेट सोलुसनले संयुक्तरूपमा कुकुर प्रदर्शनी आयोजना गरेका थिए । कार्यक्रमबाट उठेकोमध्ये केही निश्चित रकम सामुदायिक कुकुर संरक्षणमा खर्चिने आयोजकले बताए । प्रतिस्पर्धामा रोटवेलर जातको कुकुर प्रथम, जर्मन सेफर्ड दोस्रो र गोल्डेन रिट्रिभर तेस्रो भएको थियो ।

त्यसबाहेक हरेक जातबीचका कुकुरहरूको छुट्टै प्रतिस्पर्धा भएको थियो । विजयी कुकुरहरूलाई कप, मेडल, प्रमाणपत्र, मीठा खानेकुरा प्रदान गरिएको थियो ।

 Image