Successfully Copied

‘इन्स्टापिल फेसियल’ के हो ? 

छालामा देखापर्ने विभिन्न समस्यालाई साधारण ‘फेसियल’ ले मात्र हटाउन वा समाधान गर्न नसकेको अवस्थामा प्रयोग गरिने विशेष यौगिकयुक्त रसायन नै ‘इन्स्टापिल’ हो ।

‘इन्स्टापिल’ के हो ?
छालामा देखापर्ने विभिन्न समस्यालाई साधारण ‘फेसियल’ ले मात्र हटाउन वा समाधान गर्न नसकेको अवस्थामा प्रयोग गरिने विशेष यौगिकयुक्त रसायन नै ‘इन्स्टापिल’ हो । यसमा ग्लाइकोलिक एसिड, ग्लिसरिन, ब्युटालिन ग्लाइकोल, पाइपर मिथासियम लिफलगायत विभिन्न जडीबुटीयुक्त वनस्पतिका जरा र डाँठ समावेश गरिएको हुन्छ । साथै यसमा ‘सोडियम बेन्जोएट’ लाई पनि मिसाइएको हुन्छ । 

साधारण ‘फेसियल’ र ‘इन्स्टापिल’ मा के फरक छ ?
साधारण ‘फेसियल’ ले भन्दा ‘इन्स्टापिल’ को प्रयोगले मुहारमा तत्कालै ‘ग्लो’ आउँछ । यसमा भएका यौगिकहरूले छालाको समस्याको चाँडै समाधान गर्छन् । 

‘इन्स्टापिल’ कसरी गर्न सकिन्छ ?
‘रेगुलर फेसियल स्टेप’ भित्र ‘स्क्रब’ पछि ‘इन्स्टापिल’ गर्न सकिन्छ । अनुहार सफा गरिसकेपछि यसको मात्रै प्रयोग गर्दा पनि फरक पर्दैन । हेर्दा ठ्याक्कै सिरिन्ज जस्तो देखिने भाँडाभित्र भएको ‘इन्स्टापिल जेली’ लाई अनुहार एवं साइजअनुसार मात्रा मिलाएर सफा कन्टेनरमा खन्याउने र ब्रसको सहायताले ‘फेसियल डिरेक्सन फलो’ गर्दै निधारबाट सुरु गरी चिउँडोसम्म लगाउन सकिन्छ । १० देखि १५ मिनेटपछि उही प्रकृया फेरि दोहोर्‍याउनुपर्छ । अनुहारमा धेरै समस्या छ भने तेस्रो पटक पनि थप्न सकिन्छ । तर, सामान्यतया दुई पटक लगाएर १५ मिनेटपछि पुछ्दा परिणाम आइहाल्छ । 

‘इन्स्टापिल’ कति समयको अन्तरालमा गर्दा ठीक हुन्छ ? के यसको ‘साइड इफेक्ट’ पनि छ ?
‘इन्स्टापिल लो कन्सिस्टेन्सी’ मा बनेको हुँदा सातामा एकपटक प्रयोग गर्दा हुन्छ । प्रयोग गर्ने क्रममा प्रकृया नमिल्दा वा प्रयोग गर्न नजान्दा मात्र यसको ‘साइड इफेक्ट्स’ हुन सक्छ । 

- रुस्का वैद्य श्रेष्ठ
सौन्दर्यविज्ञ, आइटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर, नक्साल

 

 Image