जोन्टा क्लबद्वारा १२ महिला सम्मानित
फाल्गुन २१, २०७९ अन्तर्राष्ट्रिय महिला दिवस र रोज डे का अवसरमा जोन्टा क्लब काठमाडौंले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका १२ महिलाहरूलाई योगदानसम्मान तथा अवार्ड प्रदान गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच उनीहरुलाई क्लबले सम्मान गरेको हो । सम्मान हुनेहरुमा धाविका मिरा राई (राजकुमारी हेलेन शाह इन्स्पीरेशनल अवार्ड,) मुस्कान खातुन (अमर राणा गेम चेन्जर अवार्ड), सुष्मा तामाङ र सोनिका ढकाल ( रत्नादेवी ओमन इन स्पोर्टस अवार्ड), विभूषा पाठक र समीक्षा खड्का (ज्योति छात्रवृत्ति अवार्ड) र अञ्जी पोखरेल, कलबिना श्रेष्ठ इन्द्रकला छात्रवृत्ति अवार्ड) रहेका छन् ।
त्यसैगरी डान्सर सीता सुवेदी,महिला निशा चौलागाई, सुनिरा रेग्मी (एरो स्पेश) र पिंकी शितल गुरूङ सम्मानित भएका हुन् ।
क्लबले हरेक बर्ष समाजमा योगदान गरेका महिलाहरुलाई सम्मान गर्दै आइरहेको र यसरी सम्मान गर्न पाउदा थप जिम्मेवारी बढेको क्लबकी अध्यक्ष आभा शाहले बताइन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्