इल्याको ‘मिसर’ नियात्रा
फाल्गुन २४, २०७९
राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार इल्या भट्टराईद्वारा लिखित नियात्रा ‘मिसर’ को लोकार्पण भएको छ । कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा गीताले इल्याको नियात्रामा व्यापक दृष्टिकोण समेटिएको बताउँदै पुस्तकमा अनुभूतिको गहिराइ भेटिने बताइन् । उनले पुस्तकमा जीवन दर्शनको उचाइ परिपक्व रूपमा पस्किएको समेत बताइन् । इजिप्टको प्राचीन परिवेश ‘मिसर’ मा भेटिने उनको भनाइ थियो । यसैगरी, नियात्राकार जयले इल्याको पुस्तकले आउने समयमा इतिहास लेख्न मद्दत गर्ने बताए । उनले नियात्रा अनौपचारिक रूपमा इतिहास नै भएको बताए । नियात्राको सिद्धान्तसम्बन्धी पुस्तकसमेत लेखेका जयले विश्वको नियात्रा लेखन परम्पराको चर्चा गर्दै भने, ‘कुनै पनि भ्रमणलाई लिपिबद्ध गर्ने हो भने त्यसले इतिहासस“गै भूगोल, संस्कृति एवं समाजलाई स्पष्ट देखाउँछ ।’
पुस्तककी लेखिका इल्याले मिश्रलाई ‘मिसर’ भन्ने गरिएको बताउँदै उक्त शब्दलाई नै कृतिको शीर्षक बनाएको उल्लेख गरिन् ।
उनले यात्राको भोकले साहित्य पढ्ने र लेख्ने रुचि जगाएको बताउँदै यात्राकै भोकले यो र यस्ता अरू पनि कृति जन्मिएको बताइन् । ‘अक्षर क्रिएसन्स’ को प्रकाशन रहेको इल्याको यो पाँचांै नियात्रा हो । कृतिको आवरण डिजाइन चित्रकार अनामिका गौतमले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्