डा.अरुणाको ‘श्वेत लिली’

नारी संवाददाता

फाल्गुन २८, २०७९

काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अरुणा कार्कीको आत्मवृत्तान्त ‘श्वेत लिली’ लोकार्पण भएको छ । पुस्तकमा रेडियो थेरापीका बाछिटा, क्यान्सरको चपेटा, आफैं डाक्टर आफैं बिमारीलगायत १० वटा शीर्षकमा लेखकले आफ्नो अनुभव समेटेकी छन् । फूललाई स्याहार नपुग्दा जसरी ओइलाउँछ, त्यसरी नै रोगीलाई बढी स्याहारको आवश्यकता पर्ने सन्देश लेखकले आफ्नो आत्मवृत्तान्तमार्फत दिन खोजेकी छन् ।

क्यान्सरलाई जितेकी अरुणाले उपचारका क्रममा छोरीबाट उपहारका रूपमा पाएको लिली फूलको महत्वलाई बडो मार्मिक शैलीमा पुस्तकमा पस्केकी छन् ।

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, डा. शशि आचार्य, साहित्यकार सुलोचना मानन्धर, भरत प्रधान र सुम्निमा तुलाधरले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए । शशिले ‘आफैं डाक्टर, आफैं बिरामी’ हुँदाका अनुभव र भोगाइहरू ‘श्वेत लिली’ मा समेटिएकोपुस्तक सकारात्मक सन्देश दिने खालको भएको बताइन् । मदनकृष्णले यो पुस्तकले क्यान्सर रोगीका लागि बा“च्ने प्रेरणा प्रदान गर्ने बताए । आफूलाई क्यान्सर लागेपछिको खाली समयमा पुस्तकका बारेमा सोचेको बताउँदै अरुणाले पुस्तकले रोगीलाई बा“च्ने प्रेरणा दिए आफू धन्य हुने बताइन् । जीवन यात्रामा विभिन्न रोगको पीडा भएपनि सकारात्मक सोच र समयमै उपचार पाए रोगलाई जितिने विषयवस्तु पुस्तकमा उल्लेख भएको सुलोचनाले बताइन् । पुस्तक लोकार्पण कार्यक्रममा डा. अरुणाकी जेठी छोरी रंगकर्मी आकांक्षा कार्कीले कविता वाचन गरेकी थिइन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>