सिप्रदीको ‘नेक्सन इभी वुमन ड्राइभ द नेसन’
फाल्गुन ३०, २०७९
टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय सवारीमा महिलाको पहुँच बढाउन र आत्मनिर्भर बनाउन ‘नेक्सन इभी वुमन ड्राइभ द नेसन’ कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुले टाटाका विद्युतीय सवारी साधन ‘नेक्सन इभी’ चलाउँदै थापाथलीस्थित कम्पनीको कार्यालयबाट ललितपुरको बागडोल हु“दै नैकापस्थित सिप्रदीको प्रशिक्षण केन्द्रसम्म यात्रा गरेका थिए ।
कम्पनीका अनुसार यात्राको उद्देश्य नारीबाटै परिवर्तन सम्भव हुने भएकाले वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न उनीहरुको भूमिका महत्व भएको सन्देश संचार गर्नु रहेको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नारी दिवसको अवसर गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई कम्पनीले ‘इन्डोर प्लान्ट’ उपहार स्वरुप प्रदान गरेको थियो । बागडोलस्थित ‘सर्भिस सेन्टर’ का उपप्रबन्धक दिग्विजय आचार्यले ‘इभी’ गाडीको ब्याट्रीको आयु बढाउन र गाडीको सुरक्षाबारे जानकारी समेत दिएका थिए । कम्पनीको ‘नेक्सन इभी’ पछिल्लो समय सर्वाधिक बिक्री हुने मोडल हो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्