Successfully Copied

‘स्किन एजिङ’ को कारण र निवारण

हर्मोनल विशेषगरी महिलाको महिनावारी सुकेपछि (मेनापज) एस्ट्रोजन हर्मोनको मात्रा कम हुने भएकाले छाला लुज हु्ँदा ‘स्किन एजिङ’ बढ्छ । घामको सीधा असरले गर्दा पनि यो देखिन सक्छ ।



डा.प्रमेश कोइराला

 उमेर बढ्दै गएपछि शरीरमा देखिने परिवर्तन नै ‘स्किन एजिङ’ हो । छालाको कोषिकामा आउने परिवर्तनका कारण शरीरमा प्राकृतिक रूपमै यो हुन्छ । यो खासगरी आन्तरिक र बाह्य गरी दुई कारणले हुन्छ । छालाको रंगमा पनि यो भर पर्छ । ‘ट्रपिकल एरिया’ मा बस्ने मानिसहरूमा यो देखा पर्छ । यसको साझा कारण भनेको घाम नै हो । जातिअनुसार छालाको प्रकृति पनि फरक–फरक हुनसक्छ । हर्मोनल विशेषगरी महिलाको महिनावारी सुकेपछि (मेनापज) एस्ट्रोजन हर्मोनको मात्रा कम हुने भएकाले छाला लुज हु्ँदा ‘स्किन एजिङ’ बढ्छ । घामको सीधा असरले गर्दा पनि यो देखिन सक्छ । जति गोरो अनुहार हुन्छ त्यति बढी यसको असर हुन्छ । घाममा हुने अल्ट्राभ्वाइलेट किरण ‘ए’ तथा ‘बी’ ले असर पर्छ ।

यसैगरी, मोटोपनमा छालाको तल बोसो जम्छ जसले गर्दा मानिस आफ्नो उमेरभन्दा पाको देखिन सक्छ । मोटोपनले शरीरको ‘मेटाबोलिज्म’लाई नै सुस्त बनाउँछ र छालामा भएको बोसोले छालालाई आवश्यक ‘न्युट्रियन्ट्स’ तथा ‘एन्टिअक्सिडेन्ट्स’को कमी गराउ“छ । ‘स्ट्रोजन हर्मन’ को कमीका कारण र खानपिनको कारणले पनि ‘स्किन एजिङ’ देखा पर्छ । आफ्नो छालाको प्रकृतिअनुसार सौन्दर्य सामग्री नलगाउँदा छाला सुख्खा हुने तथा ‘स्किन एजिङ’ बढ्ने हुन सक्छ । धूम्रपान वा मद्यपानले गुलिया जंकफुडहरूका कारण पनि हो । रोगप्रतिरोधक क्षमता कमजोर हुने मानसिक कारणले गर्दा हो ।

‘स्किन एजिङ’ कम गर्नका लागि ‘पीएच ब्यालेन्स’ भएको ‘सन्सक्रिम मोस्चराइजर’ लगाउनुपर्छ । ‘फेसवास’ वा ‘क्लिन्जिङ’ गरेर छालालाई उपयुक्त क्रिमहरू लगाउनुपर्छ । बिहान–बेलुका क्रिम लगाउनुपर्छ । ‘हाइडोनिकल सिरम’हरू लगाउनुपर्छ । कम्तीमा ३० एसपीएफ भएको क्रिम लगाउनुपर्छ । घामबाट बच्न दिनमा दुई–तीन पटक ‘सन्सक्रिम’ लगाउनुपर्र्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाहमा औषधिजन्य तथा प्राविधिक उपचार, धेरै तातोपानी प्रयोग नगर्ने, धेरै तातोपानीको प्रयोगले पनि छिटो छाला चाउरिन्छ । छाला झोल्लिनबाट बचाउनका लागि बजारमा थुप्रै प्रविधि विकास भइरहेका छन् । कम उमेरदेखि बढी उमेरसम्मका लागि यी प्रविधि उपयुक्त छन् । नयाँ ट्रिटमेन्टका लािग हाइफो, माइक्रो निलिड रेडियो फ्रिवेक्सी पनि हो । यसमा माइक्रो निडल्सबाट छालालाई नया“ कोलाजन प्रदान गर्न र ‘स्किन टाइट’ गर्नमा मद्दत गर्छ ।

(डा.प्रमेश महाराजगञ्जस्थित ‘लेट मी इन’ मा ‘डर्मेटो कस्मेटोलोजिस्ट’ हुन्)

 Image