गन्तव्य

घुम्दै खाना चाख्दै

भौगोलिक बनावटअनुसार खानेकुरामा विविधता पाइन्छ । कुन ठाउँमा कस्तो खालको खानाको उत्पादन हुन्छ भन्ने कुरा त्यहाँको मौसमअनुरूप हुन्छ । अर्को कुरा त्यहाँ बसोबास गर्ने जातजातिअनुसार त्यस ठाउँको खानाको स्वादमा फरक पार्छ । त्यसैले खाना संस्कृतिसँग पनि जोडिएको हुन्छ ।नेपालको रैथाने खाना विश्वमा चिनाउने अभियानमा लागेका सेफ तारा रायमाझी अहिले गाउँगाउँमा गएर रैथाने परिकार के–कस्ता रहेछन् भनेर खोज्दैछन् । ‘सबै खानेकुरापुरानै हो’ उनी भन्छन्, ‘मौसमअनुसार, भूगोलअनुसार पाइने खानेकुरालाई विभिन्न जातजातिले आफ्नै स्वादअनुसार पकाएर खाने रहेछन् र जातिअनुसार नै एउटा खानेकुराको नाम पनि फरक पाएँ ।’नेपाल विभिन्न समुदायको बसोबास भएको थलो हो । यहाँ विभिन्न समुदायअनुसार थरीथरीका खानेकुरा पाइन्छ । चियाका लागि इलाम, सुकुटीका लागि धनकुटा, कालो सुँगुरका लागि धरान, चुकौनीका लागि पाल्पा, बरमाझिँयाको पेडा, नेपालगञ्जको चाट र राबडी, हिलेको तोङ्बा, भक्तपुरको जुजुधौ, मलेखुको माछा, चितवनको तास प्रसिद्ध मानिन्छ । त्यस्तै, ट्राउट माछा खान ककनी पुग्ने गर्छन्, एयरपोर्ट छेउछाउ सेकुवाका लागि चिनिन्छ ।नेपालमा खानाकै लागि चिनिएका धेरै ठाउँ छन्, जहाँ खानकै लागि भनेर यात्रा गरिन्छ ।दाङको पहिचान बदिया भालेदाङको लोकप्रिय परिकारका रूपमा चिनिएको बदिया भालेको मासु स्वादिष्ट मानिन्छ । यो विशेष प्रकारको भाले हो । जब चल्लाबाट भाले र पोथी छुट्टिने बेला हुन्छ त्यति नै बेला भालेको पेटबाट चिरेर अण्डकोष निकालिन्छ । चल्ला लगभग तीन महिनाको भएपछि बदियाका लागि उपयुक्त मानिन्छ ।बदिया बनाएको चारदेखि पाँच महिनामाभालेको मासु खानका लागि तयार हुन्छ । यसरी बन्ध्याकरण गरेको भाले बास्दैन, जसले गर्दा मासुको उत्पादन थप बढ्छ । थारु समुदायमा अत्यधिक प्रचलनमा रहेको भालेलाई बदिया बनाउने चलन अहिले त्यहाँका स्थानीयले अपनाएका छन् । यसको मूल्य सामान्य भालेको भन्दा महँगो पर्छ । यसरी पालिएको भालेको मासु निकै स्वादिलो र भिन्न हुने बताउँछन्, रेस्टुरेन्ट व्यवसायी थमनबहादुर भण्डारी । स्थानीय खानालाई ब्रान्डिङ गर्ने सोचले उनले आफ्नो रेस्टुरेन्टमा यसको परिकार बनाएर बेच्न थालेको बताए ।जलेश्वरको लिट्टी चोखालिट्टी चोखा विहारको सिग्नेचर डिस हो । यो परिकार जलेश्वरमा प्रसिद्ध छ, जुन निकै स्वादिष्ट र पौष्टिक हुन्छ । लिट्टी र चोखा दुई परिकार मिलाएर खाइने यो खाना जलेश्वर आसपासको क्षेत्रमा लोकप्रिय छ र उत्तिकै स्वास्थ्यवर्द्धक पनि छ । लिट्टीका लागि आटाको पिठोमा मसला मिसाएर गोलो बनाइन्छ । चोखाका लागि उसिनेको आलुमा तेल, हरियो खुर्सानी, प्याज, लसुन आदि मिसाइन्छ । यसमा तोरीको तेल प्रयोग गरिने भएकाले यसको स्वाद र सुगन्ध विशिष्ट हुन्छ ।भैरहवाको फालुदाफालुदा गर्मीको पेय पदार्थ हो । गर्मीमा शीतलता प्रदान गर्नका लागि फालुदा निकै उपयोगी मानिन्छ । यो परिकार विशेषगरी तराईमा लोकप्रिय मानिन्छ । फालुदाको जग इरानलाई मानिन्छ । जहाँको एक ‘फलोदेह’ मिठाईं लोकप्रिय थियो । मध्यएसिया र राजवंशीले यो मिठाईं १६ औं शताब्दीमा भारतमा भित्र्याएका थिए । फालुदा वा रबडी फालुदा नुडल्सबाट बनेको चिसो परिकार भारत हुँदै नेपाल आएको हो ।यसलाई ‘नुडल्स भएको आइसक्रिम’ पनि भनिन्छ । फालुदा बनाउनका लागि दूध, तुलसीको बीज, सेबई, राबडी, ड्राईफ्रुट्सको प्रयोग गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फालुदामा कुल्फीको साटो भेनिला आइसक्रिमको पनि प्रयोग गरेको पाइन्छ ।ट्राउट माछाका लागि ककनीककनी ट्राउट माछाले लोकप्रिय छ । रेन्वो ट्राउट चिसो र बगेको सफा पानीमा हुर्कने भएकाले यसको स्वाद निकै मीठो हुन्छ । काठमाडौंमा गर्मी बढेसँगै ककनीमा माछा खान जानेको संख्या पनि बढ्ने गर्छ । प्रायः गर्मी छल्नका लागि मात्र नभएर ट्राउट माछा खानकै लागि ककनी पुग्ने गरेको ग्रिन भिलेज रिसोर्ट एण्ड ट्राउट फार्मका संस्थापक विपुल शाक्य बताउँछन् । कोभिड–१९ले ट्राउट व्यवसायमा असर पारे पनि यसको बजार अझै खस्केको छैन । जिउँदो हजार रुपैंयाँ प्रतिकिलोग्राम मूल्य पर्ने ट्राउट माछा पकाएर १५ सय रुपैंयाँ केजीमा बेचिन्छ ।काठमाडौंबाट ककनी पुग्न २३ किलोमिर बाटो छिचोल्नुपर्छ । बालाजु माछापोखरी हुँदै बाइपासबाट ककनी पुग्न सकिन्छ । नुवाकोट जिल्लामा अवस्थित ककनीबाट सूर्योदय र सूर्यास्तको लोभलाग्दो दृश्य देख्न सकिन्छ । साथै त्यहाँबाट सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, लमजुङ, माछापुच्छ्रेलगायत दर्जन बढी हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । हाइकिङका लागि पनि ककनी प्रख्यात मानिन्छ । त्यहाँ थुप्रै घुम्ने ठाउँ छन् । मोमोरियल पार्क, ऐतिहासिक महत्व बोकेको बसन्ती दरबार, स्काउट भवन तारकेश्वर झरना, तारकेश्वर महादेव, पाँच माने आदि ठाउँ घुम्न सकिन्छ ।लाफिङको केन्द्र बौद्धखासगरी युवायुवतीहरूबीच लोकप्रिय छ, लाफिङ । हुन त काठमाडौंका विभिन्न ठाउँमा लाफिङको स्वाद चाख्न पाइन्छ । तर बौद्ध लाफिङकै लागि चिनिएको छ । लाफिङ चिसो नुडल्स हो । लसुन र टिमुरको मिश्रित फ्लेवर आउने लाफिङ अमिलो र पिरो परिकार हो । तिब्बती परिकार मानिने लाफिङ खासमा चिनियाँ परिकार हो । चिनियाँ शब्द लिङ अर्थात् पिरो र फेन अर्थात् नुडल्स । मैदा वा चनाको पिठोलाई मुछेर स्टिम गरी गोलो आकारमा काटिन्छ । त्यसमा नुन, खुर्सानी, भेनेगर, लसुन, टिमुर मिसाइन्छ । लाफिङ सुख्खा वा झोल दुवैमा खान सकिन्छ । यो परिकार किशोर–किशोरीबीच लोकप्रिय छ ।पाटनढोकाको कोन पिज्जा‘क्याफे दि पाटन’ सन् १९८३ मा विदेशी ग्राहकलाई लक्षित गरेर सुरु गरिएको संस्थापक प्रतीक शाक्य बताउँछन् । किनभने त्यतिबेला उनीहरूकै लागि भनेर राजधानीमा त्यति रेस्टुरेन्ट खुलेका थिएनन् । पुरातात्विक महत्व बोकेको पाटनमा घुम्नकै लागि भनेर विदेशीहरू आउँथे । विदेशी ग्राहकलाई लक्षित गरिए पनि विदेशी र स्वदेशी ग्राहकबीच राम्रो सन्तुलन मिलाएको शाक्य जिकिर गर्छन् । तर जब ०७२ सालमा भूकम्प गयो, त्यसपछि व्यवसायमा ठूलो धक्का व्यहोरे । त्यसयता उनले नेपाली युवाहरूको रुचि, आवश्यकता र उनीहरू के चाहन्छन्, उनीहरू रेस्टुरेन्ट जाँदा के खोज्छन् ? भन्ने कुराको अध्ययन गरे । त्यही परिवर्तनको उत्पादन थियो, कोन पिज्जा ।एक अलग किसिमको प्याकेज बनाउने सोच भएकाले परिचित र सबैको प्रिय खाना पिज्जालाई फरक र स्टाइलिस तरिकाले पेस गरियो । तर यसका लागि चुनौती धेरै थिए । किनभने कोनमा चीज टपिङ गर्दा कोन टुट्ने गर्थ्यो । अहिले कोन पिज्जा खानेको भीड धान्नै नसकिने हुन्छ । आइसक्रिमको जस्तो कोनमा पाइने यो पिज्जा पाटनढोकामा प्रसिद्ध छ ।

भाद्र ९, २०७८

-- पुरै पढ्नुहोस् --

घुम्नैपर्ने नयाँ ठाउँ

भौगोलिक हिसाबले आकर्षक, प्राकृतिक दृष्टिले रमणीय, ऐतिहासिक कोणले महत्वपूर्ण ठाउँहरूमा अहिले आगन्तुकहरूको भीड लाग्न थालेको छ ।

सुजाता मुखिया, चैत्र १०, २०७७

-- पुरै पढ्नुहोस् --

साहसिक यात्राका लागि पदमार्ग

उच्च हिमाली यात्राका लागि नेपालमा यस्ता ‘ट्रेकिङ रुट’ हरू छन्, जहाँ हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्नुको नौलो अनुभव बटुल्न सकिन्छ ।

सुजाता मुखिया, फाल्गुन १०, २०७७

-- पुरै पढ्नुहोस् --

इलामका नयाँ गन्तव्य

इलामको उत्तरी भेगतर्फ लाग्दा एकपछि अर्को पर्यटकीय गन्तव्य फेला पर्छन्–माइपोखरी, टोड्के झरना, सन्दकपुर, छिन्टापु । यी गन्तव्यहरूको प्रवेश बिन्दुमा छ, कोठीडाँडा । जसबीरे भञ्ज्याङको शिरमा अवस्थित यो डाँडा इलामको नयाँ पर्यटकीय गन्तव्य हो, जहाँबाट इलामका अधिकांश भाग अवलोकन गर्न सकिन्छ ।

सुजाता मुखिया, माघ ८, २०७७

-- पुरै पढ्नुहोस् --

घुमफिरका लागि होमस्टे

कोरोना महामारीले लामो समय थलिएको होमस्टे व्यवसाय अहिले केही सामान्य भएपछि फेरि जुरमुराउन थालेको छ ।

प्रकृति दाहाल, मंसिर ११, २०७७

-- पुरै पढ्नुहोस् --

नेपालमै घुमफिर

नेपालका हिमाली भेग तथा नदीको किनारमा बेग्लै रमाइलो हुन्छ । अहिले धेरैजसो परिवारसहित नगरकोट, सुकुटे बीच, गोरखा बीच, त्रिशूली बढी जान्छन् ।

सुजाता मुखिया, माघ १३, २०७६

-- पुरै पढ्नुहोस् --

खप्तड :  प्रकृतिको उपहार

सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेकौं विविधता बोकेको छ । पर्यटन पत्रकार अमृत भादगाउँले भन्छन्–‘प्राकृतिक, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय तवरले छुट्टै अस्तित्व बोकेको सुदूरपश्चिमको श्रीपेच हो ।’ उनी थप्छन्–‘२ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा पर्ने खप्तड जैविक विविधताको राजधानी हो ।’

वसन्तप्रताप सिंह, विद्या राईपुस ९, २०७६

-- पुरै पढ्नुहोस् --

विदेशमा हनिमुन

मंसिरदेखि जेठसम्मलाई नै हनिमुनको सिजन मानिन्छ । हरेक जोडी विवाहपछिको हनिमुनका लागि एक्साइटेड पाइन्छन् । हनिमुनका लागि हाम्रै देशमा धेरै ठाउँ रमणीय छन् । यद्यपि कतिपय नवविवाहित जोडीको चाहना विदेश घुमघाम हुन्छ । सही र कम खर्चमा घुमघाम हुने स्थानको जानकारी नहुँदा आफ्नो इच्छा मार्नुपर्ने अवस्था पनि आउँछ ।

नारी संवाददाता , मंसिर ९, २०७६

-- पुरै पढ्नुहोस् --

रमाइलो र रिफ्रेसमेन्टका लागि आउटिङ 

एक जमाना थियो, कुनै चाडपर्व, पूजा, संस्कार आउन लागे हातका औंला गन्न थालिन्थ्यो, तर अहिले समयअनुसार यी सबै पर्वको महत्व पनि परिवर्तन भएको छ । शिक्षा एवं सञ्चारको विकास तथा बदलिँदो सोच अनि ग्लोबराइजेसनसँगै संस्कार र संस्कृति पनि फेरिएको छ । सस्तो र सहज पहुँचका कारण भोज तथा उपहारप्रति धेरैलाई चासो छैन ।

नारी संवाददाता , कार्तिक ७, २०७६

-- पुरै पढ्नुहोस् --

मौसम चाडपर्वको  ट्रेन्ड घुमफिरको

चितवनको सौराह गएकै हो, पोखरा पनि घुमेकै हो । काठमाडौं, ललितपुर र भक्तपुरको त कुनाकाप्चा पुगिएको छ । यसपटक अलि नयाँ ठाउँ घुम्ने हो कि ? नयाँ परिवेश, नयाँ हावापानी, नयाँ रहनसहन तथा नयाँ खानपानसँग साक्षात्कार गर्ने पो हो कि ? शरद ऋतुको आगमनसँगै घुमघाममा निस्कनेहरू ह्वात्तै बढ्छन् । नयाँ ठाउँ तथा नयाँ परिवेशको अनुभूति गर्न यो उपयुक्त मौसम पनि हो ।

सुजाता मुखिया, आश्विन ९, २०७६

-- पुरै पढ्नुहोस् --

मौसम घुमफिरको, सयर विदेशको

शरद ऋतुको सुन्दर मौसम । त्यसमाथि चाडपर्वको रौनक अनि फुर्सदिलो समय । यस्तो मौकामा घुमफिर गर्दा विछट्टै रमाइलो हुन्छ । त्यसैले त अहिले नेपालीहरूले घुमफिरका लागि यही मौसम रोज्न थालेका छन् । गर्मी सकिएर वायुमण्डलमा चिसो हावा चल्न थालेको यो मौसममा हिलो र झरी झेल्नुपर्दैन । त्यसैले घुमफिरका सौखिनहरूलाई यही मौसम बढी अनुकूल हुन्छ ।

सुजाता मुखिया, भाद्र २५, २०७६

-- पुरै पढ्नुहोस् --