Successfully Copied

कश्मिराको बास्केटबल देखि गल्फसम्मको यात्रा

यो खेलमा धैर्य सँगै फोकस हुनुपर्ने उनको अनुभव छ ।


काठमाडौं गौशालाकी कश्मिरा शाहलाई सानैदेखि खेलकुदमा रुचि हो । उनी विद्यालयमा बाँस्केटबल, टिटी खेल्ने गर्थिन् । गल्फबारे पनि उनी चासो दिन्थिन् ।

छिमेकी आन्टी गल्फमा खेलमा काम गर्थिन् । उनलाई गल्फ खेल्नमा हौसला दिइन् । परिवारको पनि उनलाई साथ रह्यो । बास्केटबल खेल्ने उनका हातले गल्फको लठ्ठी समात्न थाल्यो । नेपाल गल्फ एसोसिएसनबाट जुनियर कम्पिटिसन हरेक शनिबार हुन्थ्यो । बाँस्केटबल छोडेर गल्फमै जाऊ भनेर उनका परिवारले उनलाई हौसाए । आफूले रुचाएको खेल खेल्न पाउँदा उनी दंग परिन् । बिस्तारै गल्फमा नै उनले आफूलाई अभ्यस्त बनाउँदै लान थालिन् । परिवार र एसोसिएसनको सहयोगले उनको गल्फमा हात बस्दै गयो । स्नातकमा अध्ययनरत उनी दैनिक गल्फ खेल्छिन् र विभिन्न प्रतियोगिता सहभागी भइसकेकी छन् ।

यो खेलमा धैर्य सँगै फोकस हुनुपर्ने उनको अनुभव छ । ‘यो खेललाई रिफरेसमेन्ट र लिजर गेम भनिन्छ, त्यसैले पनि यसका लागि योग, जिम र वर्कआउट आवश्यक छ’ उनले भनिन् । हरेक दिन उनी गल्फ खेल्न फिल्डमा पुग्छिन् । अन्य कुरामा खर्च गरेपनि खेलमैदानमा भने उनलाई खर्च गर्नुपर्दैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा सहभागी भइसकेकी उनले साउथ एसियन गेममा डबल गोलमेडल हात पारिसकेकी छन् । उनको यो खेलमा मेहनत र खर्च पनि उत्तिकै छ । सोहीअनुसार सरकारको चासो र लगानी नभएको उनी बताउँछिन् । खेलाडीहरूलाई आकर्षित गर्न मासिक भत्तादेखि पुरस्कारको व्यवस्था आवश्यक देखिन्छ ।

 उनले भनिन्, ‘जसरी फुटबल–क्रिकेटजस्ता खेलाडीहरूमा सरकारको लगानी र प्राथमिकता छ त्यसरी नै गल्फ खेलमा पनि राम्रो व्यवस्था भए खेलाडीहरू आकर्षित हुन सक्छन् ।’ एसोसिएसनले खेलाडीहरूलाई तालिम दिने उनीहरूलाई सहयोग गर्नेदेखि नया“ खेलाडीहरूलाई आकर्षण बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । यसमा सरकारको सहयोग पनि आवश्यक रहेको उनको भनाइ छ ।

 Image