Successfully Copied

‘सिनियर्स’ लाई ६८ रुपैंयाँमा पढाउने निशा

आमालाई प्रेरणाको स्रोत मान्ने निशा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । आफैले पढेको र हजुरबुवाले धेरै योगदान पु¥याएको विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरू र विद्यालयलाई सहयोग गर्दै आएकी छन् ।



दिनेश यादव

काभ्रेको तत्कालीन महेन्द्रज्योति गाविस–७ (हाल बनेपा नगरपालिका–१२) स्थित बास्डोलमा ३७ वर्षअघि बालशिक्षिका निशा थापाको जन्म भएको हो । बुवा पुष्करबहादुर थापा नेपाल बैंकका कर्मचारी र आमा शारदा थापा शिक्षक÷समाजसेवी भएकाले उनको बाल्यकाल सहज रह्यो । गाउँ–ठाउँमा जन्मे÷हुर्केकी बालशिक्षिका उनी सहरिया वातावरणबारे खासै जानकार थिइनन् । छोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने आमाबुवाको चाहनाले उनको प्राराम्भिक शिक्षा सहरमा भएको हो । अभिभावकले दुःख गरेरै भए पनि अंग्रेजी माध्यममा पढाइ हुने एउटा निजी विद्यालयमा कक्षा–६ सम्म पठाए । त्यसपछि उनको भर्ना स्थानीय कुशादेवी माविमा भयो । पढाइमा अब्बल भएकीले उनी कक्षा सात नपढीकनै एकैपटक आठ कक्षा भर्ना भएकी थिइन्। उनलाई घरबाट जंगलको बाटो हुदैँ छ–सात वटा घुम्ती पार गरेर विद्यालय आउजाउ गर्न दुई घन्टा लाग्थ्यो ।

‘पारिवारिक पृष्ठभूमि नराम्रो पनि नाईं । हामी कस्तो ठाउँमा हुर्कियौं भने आफ्ना सन्तानलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने सोच भएको तर विद्यालय नजिक नाईं, ’ ललितपुर स्थित युरोकिड्स इमाडोलकी प्रिन्सिपल निशाले अतीत सम्झिँदै भनिन्, ‘टाढाको स्कुल, त्यसमा पनि जंगलको बाटो, दुई घन्टा हिँड्नुपर्ने, स्कुलबाट घर पुग्दापुग्दै रात परिसक्ने । बिहान पनि सकालै दौडिनुपर्ने अवस्था थियो ।’ उनले घरबाट बिहानको खानाले ताकत दिन छाडेपछि बाटोमा पर्ने चिहान डाँडाका ऐसेलु, काफल चुत्रो र थाकलले केही राहत दिने गरेको बताइन । ‘स्कूल जान हिडेका हामी कहिलेकाँही त ती सामग्री÷कन्दमूल खाँदै बस्दा स्कूल पनि गइएन । स्कूलको बाटैमा पर्ने विरवल बाजेको घर, उनका बारीका काक्रो र नास्पाती, भोगटे र निबुआ, विरवलनी आमैले भुटेर राखिदिएको मकैभटमास,नुनखुर्सानी अझै पनि मुखैमा झुनिन्छ ’ उनले भनिन्, ‘ त्यो हाम्रा लागि रमाइलो दुख नै थियो । ’प्रवेशिका परीक्षा दिँदा हेडमास्टरको रेखदेखमा उहाँकै घरको तल रेन्टमा बसेर मेहनत गरें ।’

उनले ०५८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । ०५९–६० मा प्रथम श्रेणीमा आइएड उत्तीर्ण गरेलगत्तै उनको विवाह भयो । विवाहपछि काठमाडौंको डिल्लीबजारस्थित कन्या क्याम्पस ज्वाइन गरिन् । तर, त्यसैबीच ‘प्रिग्नेन्सी पिरियड’ सुरु भएपछि उनले आफ्नो पढाइ रोक्नुप¥यो । ‘बाबुको जन्म भयो, उसैको पालनपोषनमा लाग्दा आईएड उत्तीर्ण गरेको करिब चार वर्षपछि फेरि मैले पढाइ सुचारु गरें’ निशाले भनिन्, ‘सानोठिमी क्याम्पसमा स्नातक (बीएड) ज्वाइन गरें । क्याम्पस भर्ना मात्र भएँ । घरै बसेर ०६८ मा बीएड गरेकी हुँ ।’ उनी आफ्नो पढाइलाई निरन्तरता दिन सानोठिमीक्याम्पसमै एमएडमा भर्ना भइन् । तर, सानो दुर्घटनामा परेपछि उनको पढाइ फेरि रोकियो । पछि फेरि पढाइलाई निरन्तरता दिन उनी स्नातकोत्तर भर्ना भइन् ।

निशा स्पष्टवक्ता र नढाट्ने स्वभावकी छन् । आफ्ना बाल्यकालका तीतामीठा अनुभव निर्धक्कसँग फुकाउँछिन् । उनले जीवन संघर्षबारे भनिन्, ‘मानिसको जीवन न हो, संघर्ष थोरै–बढी कसले पो गरेको छैन र ?’ उनले जीवनमा संघर्ष गर्ने शिक्षा आफूले आमाबाट पाएको बताइन् । ‘ममीलाई देखेर दुःख पर्दा सहनु नै ठूलो कुरो रहेछ, ममीबाटै यो सिकेकी हुँ । ममीले छोराछोरीका लागि गर्ने दुःख मैले सानैदेखि देखेकी थिए“, फेरि सानो उमेरमै म पनि आमा बनें’ उनले भनिन्, ‘२१ वर्षमा पहिलो सन्तानका रूपमा छोरा, त्यसपछि छोरी पाएँ । म २३ वर्षकै उमेरमा दुई सन्तानकी आमा बनिसकेकी थिएँ । बाबु ११ र नानु ९ कक्षामा पढ्दैछन् ।’
प्रवेशिका परीक्षा उत्तीर्ण भएलगत्तै काठमाडौंको एउटा विद्यालयमा शिक्षिका भई यो क्षेत्रमा प्रवेश गरेको उनले बताइन् । ०५९ मा शिक्षा क्षेत्रमा प्रवेश गरी उनी विभिन्न विद्यालयमा १८ वर्षजति शिक्षण पेसामै आबद्ध रहिन् । पछि उनी नयाँ काम सिक्ने हुटहुटीका कारण वायुसेवामा तीन महिना र ‘मेडिकल टर्मिनलजिस्ट’ का रूपमा १२ महिनाजति काम गरिन् । युरोकिड्स इमाडोलकी प्रिन्सिपल निशा यो क्षेत्रमा आउनुअघि १० वर्ष जति घर नजिकैको महेन्द्रग्राम माविमा बालशिक्षिकाका रूपमा काम गरिन् ।


‘युरोकिड्समा आउनुअघि बच्चाबच्ची साना थिए, हुर्काउनु–बढाउनुप¥यो । घर नजिकैको विद्यालयमा बालशिक्षिकाका रूपमा काम गरें’ उनले भनिन्, ‘युरोकिड्स’मा आउन मलाई बालशिक्षिका भई वर्षौं काम गरेको अनुभवले हौसाएको हो । बच्चाहरूसँग सामान्य शिक्षिकाका रूपमा बिताउँदा नै मेरो लक्ष्य यो बन्न पुग्यो । शिक्षण पेसालाई नछोडौं भन्ने भयो ।’ त्यसपछि जीवनको लक्ष्य बनाउने गरी‘युरोकिड्स’ मा नाम निस्किएपछि इमाडोलस्थित ‘युरोकिड्स’ सेन्टरको जिम्मेवारी बहन गर्न उनी पुगिन । यो क्षेत्रमा आउन हौंसला प्रदान गर्ने परिवार तथा साथीभाईप्रति आफू सधैं कृतज्ञ रहेको उनले बताइन । ‘झन्डै वर्षयता युरोकिड्समा सक्रिय छु ’ उनले भनिन् ।

उनका अनुसार विश्वभरका १२ सय भन्दा बढी ‘प्रि–स्कूल’ एउटै पाठ्यक्रम भएकाले विदेशी पढाइको अनुभव नेपालमै पनि गर्न सकिन्छ । ‘नेपालमा नेपालीबाहेक अन्य सबै त्यही पाठ्यक्रमअन्तर्गतका विषयवस्तु सिकाइन्छ’ उनले भनिन् । यसमा बच्चाहरूको केयरिङ, खानपिन एकदमै राम्रो भएकाले धेरैको रुचि रहने गरेको समेत बताइन् । ‘मेरो विचारमा युरोकिड्सको बेफाइदा खासै देखिँदैन । अलिकति हामीलाई स्थापित हुनका लागि फि स्ट्रक्चरले केही कठिन भएको मात्र हो तर राम्रो कुरालाई अलिक महँगो त पर्छ नै । सिक्ने प्रक्रिया खर्चिलो हुनु स्वाभाविकै हो’ उनले भनिन् ।

आमालाई प्रेरणाको स्रोत मान्ने निशा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । आफैले पढेको र हजुरबुवाले धेरै योगदान पु¥याएको विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरू र विद्यालयलाई सहयोग गर्दै आएकी छन् । आफूले पढेको विद्यालयका तत्कालीन ‘हेडसर’ रामप्रसाद अधिकारीलाई आफ्नो ‘रोलमोडेल’ भएको बताउने उनी हरेक गुरुपूर्णिमा धुलिखेलस्थित हेडसरको घरमा भेट्न अझै पनि जाने गर्छिन् । ‘हेडसर’ को कुरो आउनेबित्तिकै उनी स्कुले जीवनलाई सम्झिने मुडमा पुग्छिन् । ‘कक्षा ८ मा हुँदा १० कक्षाका दादादिदीलाई ग्रामर (मेरो बोर्डिङ स्कुल बेस भएर) टिउसन पढाउँथें । उहाँहरूले ग्रामर सिकाइदिनु न भनेपछि मैले पढाउन थालेकी थिएँ’ निशाले भनिन्, ‘उहाँहरूले आमाबुवाबाट खाजाका लागि पाउनुभएको दुई रुपंैयाँमध्ये एक रुपैंयाँ मलाई दिनुहुन्थ्यो । मेरो जीवनको पहिलो कमाइ भनेको ६८ रुपैंयाँ हो ।’

शिक्षण पेसामै आबद्ध रही यही क्षेत्रमा कसैको रोलमोडेल बन्ने लक्ष्य लिएकी उनी आफ्नो पारिवारिक जीवन राम्रो र सुखी–सम्पन्न रहेको प्रतिक्रिया दिइन् । ‘यो क्षेत्रमा आउन मेरा श्रीमान्को एकदमै सहयोग र अतुलनीय योगदान छ’ उनले भनिन् । निशाले आफ्नो जीवनमा प्रेरित गरिरहने व्यक्तित्वका रूपमा भगवान् बुढाथोकी (श्रीमान्) र भाइ किशोरजंग थापा (अस्ट्रेलिया)लाई लिएकी छन् । उनी जीवनलाई निरन्तर सिकाइको एउटा प्रक्रिया ठान्छिन् । आफ्नो अतीतलाई सम्झदै भनिन्, ‘स्नातक पढ्दाताका बच्चा सानो भएकाले कलेज जान नपाई घरमै बसेर पढ्नुपर्ने मेरा बाध्यता थियो । तर, मैले स्नातक उत्तीर्ण गरें । जीवनमा कहिलेकाही“ विषम परिस्थितिमा हार मान्दा संधै तल परिन्छ । सिक्दै र सिकाउँदै जाने हो भने जीवनमा सफल अवश्य भइन्छ ।’

 Image