Successfully Copied

मासिक लाखौंको चप्पल बेच्ने सुष्मा

त्यही चप्पल लगाएर उनी मन्दिर गइन् । त्यतिबेला साउनको व्रत बसेकी थिइन् । उनको चप्पल देख्नेजति सबैले मनपराए । धेरैले कहाँ किन्नुभयो भनेर सोधे । उनी भन्छिन्, ‘मैले आफै बनाएको भन्दा छक्क परे । त्यही मन्दिरमा चप्पल लगाएर भिडियो बनाएर टिकटकमा अपलोड गरिदिएँ


पाँच वर्षअघि गोरखा बजार घुम्न गएकी सुष्मा श्रेष्ठको आँखामा एउटा चप्पल पर्‍यो । उनलाई त्यो चप्पल एकदमै मनपर्‍यो र किनिन् । उनलाईयस्तै चप्पल बनाउन मन लाग्यो । गोरखामै चप्पल बनाउने तालिम लिइन् ।
पोखरामा चप्पल बनाउन चाहिने आवश्यक सामग्री खोज्न थालिन् । कहाँ पाउँछ, के–के चाहिन्छ भन्ने उनलाई थाहै थिएन । बल्लतल्ल सामान पाइन् । उनले यसअघि कहिल्यै चप्पल बनाएको देखेकी थिइनन् । घरमा ल्याएर युट्युबमा हेर्दै चप्पल बनाइन् । पहिलो चप्पल नै राम्रो बन्यो । उनलाई असाध्यै मनपर्‍यो ।

त्यही चप्पल लगाएर उनी मन्दिर गइन् । त्यतिबेला साउनको व्रत बसेकी थिइन् । उनको चप्पल देख्नेजति सबैले मनपराए । धेरैले कहाँ किन्नुभयो भनेर सोधे । उनी भन्छिन्, ‘मैले आफै बनाएको भन्दा छक्क परे । त्यही मन्दिरमा चप्पल लगाएर भिडियो बनाएर टिकटकमा अपलोड गरिदिएँ । घर आएर हेर्दा ३० हजार भ्युज पुगिसकेछ ।’
धेरैले मनपराएपछि यसमै व्यवसाय बनाउने सोच्न थालिन् । किनभने उनलाई पहिलेदेखि केही न केही गर्नुपर्छ भन्ने थियो । उच्च शिक्षाको पढाइ सकेपछि जागिरको सिलसिलामा पोखरा आएकी थिइन् । भनेजस्तो जागिर नपाउने पाए पनि पैसा थोरै हुने भएकाले आफै केही गर्नुपर्छ भन्ने लाग्थ्यो । तर उनीसँग पर्याप्त पैसा थिएन । उनी भन्छिन्, ‘चप्पल बनाउन प्रयोग हुने कच्चापदार्थ निकै महँगो पर्छ । थोरै–थोरै पैसा जम्मा गर्दै १–२ जोर चप्पल बनाउने सामान ल्याएँ । त्यही चप्पल बेचेको पैसा जम्मा पार्दै बढाउँदै लगें ।’

यसरी अलिअलि गर्दै उनको व्यापार बढ्दै गयो । अहिले दिन बिराएर ३० जोर चप्पल बनाउँछिन् । एकदिन सोल र लेदर काट्छिन् अर्को दिन टाँस्ने र सिउने काम गर्छिन् । उनी भन्छिन्, ‘महिनामा चार–पाँच सय जोर चप्पल बनाउँछु ।’ एक जोर चप्पलको मूल्य ४ सयदेखि १४ सय रुपैयाँसम्म पर्छ । ‘अरेन्ज ह्यान्डमेन्ड स्लिपर्स’ नामको इन्स्ट्राग्राम पेजबाट अर्डर लिन्छिन् । अर्डर धेरै आउँदा राति ३–४ बजेसम्म पनि बनाउँछिन् । अहिले उनले मासिक पाँच लाखसम्म आम्दानी गर्छिन् । 

 Image