Successfully Copied

चराचुरुङ्गीले ब्युँझाइदिन्छन् सिद्धार्थ भिलासा वनवास

स्वदेशी तथा विदेशी पाहुनाले जस्तो स्वाद चाख्न चाहन्छन्, त्यस्तै चखाउन आफूहरू तयार रहेको रिसोर्टका जेनरल म्यानेजर प्रकाश न्यौपाने बताउँछन् । जंगलभित्र बसेर कन्टिनेन्टल,चाइनिज,इन्डियन र नेपाली खानाको स्वाद लिन पाइनेछ ।

शब्द/तस्बिर - विमल खतिवडा

चितवनको पर्यटकीय नगरी सौराहाको गैंडाचोकबाट पूर्वतर्फ साढे दुई किलोमिटर दूरी छिचोल्नासाथ पुगिने ठाउँ हो, कुमरोज । त्यहाँ पक्की सडकबाट बायाँ मोडिँदा एउटा जंगल देखिन्छ । जुन जंगलमा पुग्दा चराहरूको चिरबिर आवाजले लठ्ठ पार्छ । रुखबिरुवाले घेरिएको ठाउँभित्र खपटाका छाना भएका स–साना घर देखिन्छन् । घरहरूको बीचमा ठूलो पोखरी छ । जहाँ माछा टिप्न र पानीमा भिज्न चराहरूबीच भइरहेको प्रतिस्पर्धात्मक दृश्यले रोमाञ्चित पार्छ । जुन ठाउँ हो, सिद्धार्थ भिलासा वनवास रिसोर्ट ।

यो रिसोर्ट तयार पार्न संरक्षणविद् वासु ढुंगानालाई दशक बढी लाग्यो । कारण पहिला मान्छे बस्ने भवन बनाएनन्, चरा बस्ने वासस्थान तयार पारे । अर्थात् यो ठाउँमा तोरी, धानलगायतका अन्नबाली हुन्थे । तर उनले वातावरणमैत्री रिसोर्ट बनाउने सोच अघि सारेर साढे तीन बिघा जग्गा किने । जसमध्ये एक बिघा जग्गामा पोखरी बनाए । पोखरी बनाउन थालेपछि नै चराहरूको आहाराका रूपमा माछाका भुरा राख्न थाले । रुखबिरुवा रोपे । त्यसलाई राम्रोसँग संरक्षण गरी हुर्काए, बढाए । जग्गा किन्ने क्रममा जग्गा धनीले आफूले हुर्काएका सिमलका रुख काट्ने अडान कसे । तर ढुंगानाले रुख काट्न दिएनन् । अहिले तिनै सिमलका रुखमा चराहरूको झुण्ड देख्न सकिन्छ । अहिले त्यहाँ चराचुरुङ्गीले मनपराउने ५० भन्दा बढी प्रजातिका फलफूल लगाइएको छ । ‘खानेकुरा भएपछि कुनैपनि समयमा कुनै पनि प्राणी आउँछन् र खान्छन् भन्ने हो,’ वासु भन्छन्, ‘त्यसो त चराको वासस्थानका लागि भनेर फलफूलसहित दुई सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको छु ।’ रिसोर्टमै बसेर चराको गुँड देख्न पाइन्छ । त्यति मात्र होइन, यहाँ रात बिताउन आउनेहरू बिहानीपख चराको आवाज सुनेर ब्युँझन्छन् र उज्यालो भएको पत्तो पाउँछन् । रिसोर्टमा तराईको विविधता र परम्परालाई समेटेर काठ, खपटा,माटोझैं लिपिएको छ । मार्बल प्रयोग गरिएको छैन । पैदल हिँड्नदेखि टेबलसम्म आकर्षक ढुंगा कुँदेर राखिएको छ ।
‘रिसोर्टमा पुराना पुस्ताले प्रयोग गर्ने फर्निचरका सामानहरू प्रयोग गरिएको छ,’ उनी भन्छन्, ‘प्रत्येक भवन रुखमुनि र एकतला मात्र छन्, ३४ कोठाममध्ये १० वटा अपाङ्गमैत्री बनाएका छौं ।’ जग्गासहित रिसोर्टमा ४५ करोड रुपैयाँ लगानी भएको उनले सुनाए । रिसोर्ट एकान्त र शान्त ठाउँमा छ । जहाँ आउनेहरू प्रकृतिसँग मन्त्रमुग्ध बन्छन् । रिसोर्ट व्यवस्थापनको जिम्मा सिद्धार्थ ग्रुपले लिएको छ । पहिलो चरणमा ५२ जना दरबन्दी कायम भएकोमा ४४ जनालाई रोजगारी दिइएको छ । अन्य दरबन्दी पूरा गर्ने क्रममा रहेको ढुंगानाले सुनाए । दुई वर्षभित्र कुल रोजगारमा ५० प्रतिशत महिला पुर्‍याउने तयारी छ । वन्यजन्तुबाट प्रभावित परिवारलाई रोजगारीको पहिलो प्राथमिकतामा राखिएको छ ।
स्वदेशी तथा विदेशी पाहुनाले जस्तो स्वाद चाख्न चाहन्छन्, त्यस्तै चखाउन आफूहरू तयार रहेको रिसोर्टका जेनरल म्यानेजर प्रकाश न्यौपाने बताउँछन् । जंगलभित्र बसेर कन्टिनेन्टल,चाइनिज,इन्डियन र नेपाली खानाको स्वाद लिन पाइनेछ । ‘नेपाली पाहुनाकालागि लोकल कुखुरा, हाँस, फापर, कोदाको रोटीको स्वाद चखाउन सकिन्छ,’ उनी भन्छन्, ‘विदेशी पाहुनाका लागि पनि उनीहरूको मागअनुसारको स्वाद दिन तयार छौं ।’
यो रिसोर्ट पूर्णरूपमा २०८० असोजबाट सञ्चालनमा आएको हो । नेपालीलाई प्रतिजोडी बिएण्डबी (बेड एन्ड ब्रेकफास्ट) एक रातको १० हजार रुपैयाँ पर्छ । दुई रात बास, कल्चर, लन्च, डिनर, ब्रेकफास्ट र जंगल सफारीसहित भए प्रतिव्यक्ति २१ हजार रुपैंयाँ नेपालीका लागि लाग्नेछ । अहिले पर्यटकको सिजन छ । रिसोर्टमा नेपाली र विदेशी पर्यटकको भीडभाड देख्न सकिन्छ । नजिकै रहेको ढुंग्रे खोलामा देखिने गैंडाले सबैलाई लोभ्याउँछ । एकपटक शान्त वातावरणमा आएर रम्नेहरूले दोस्रो पटक रिसोर्टलाई गन्तब्य बनाउन बिर्सदैनन् ।

‘खानेकुरा भएपछि कुनैपनि समयमा कुनै पनि प्राणी आउँछन् र खान्छन् भन्ने हो,’ वासु भन्छन्, ‘त्यसो त चराको वासस्थानका लागि भनेर फलफूलसहित दुई सयभन्दा बढी प्रजातिका बिरुवा रोपेको छु ।’ रिसोर्टमै बसेर चराको गुँड देख्न पाइन्छ । त्यति मात्र होइन, यहाँ रात बिताउन आउनेहरू बिहानीपख चराको आवाज सुनेर ब्युँझन्छन् र उज्यालो भएको पत्तो पाउँछन् । रिसोर्टमा तराईको विविधता र परम्परालाई समेटेर काठ, खपटा,माटोझैं लिपिएको छ । मार्बल प्रयोग गरिएको छैन । पैदल हिँड्नदेखि टेबलसम्म आकर्षक ढुंगा कुँदेर राखिएको छ ।

 Image