Successfully Copied

वीर अस्पतालमा स्नायुरोगका लागि नयाँ उपचार प्रविधि

वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’, ‘भेगल नर्भ स्टिमुलेसन’ तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ ।


काठमाडौं । वीर अस्पतालले ‘डिप ब्रेन स्टुम्युलेसन’, ‘भेगल नर्भ स्टिमुलेसन’ तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउने भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति जारी गर्दै औषधिले सञ्चो नभएको स्नायुरोगको बिरामीहरुको लागि यस प्रविधिबाट उपचार गरिने बताएको छ ।
न्युरोसर्जरी विभागका विभागिय प्रमुख तथा न्युरोसर्जन प्रा. डा. राजीव झाका अनुसार परम्परागत उपचार विधिबाट प्रभावकारी नतिजा नआएका बिरामीको लागि यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनी भन्छन्, ‘पार्किन्सन, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा परम्परागत उपचार विधिबाट सन्तोषजनक उपचार हुन नसकेकाले ब्याट्रीबाट विद्युतीय तरंग दिएर चल्ने डिप ब्रेन स्टुम्युलेसन, भेगल नर्भ स्टिमुलेसन तथा अन्य उपचार विधि ल्याउन लागिएको हो ।’
यो प्रक्रियाका लागि विरामीहरुको छनोट यहि १८ गतेसम्म गरिसक्नुपर्नेछ । छनोटको लागि न्युरो सर्जरी विभागको चौथो तल्लामा रहेको न्युरो सर्जरी विभागमा सम्पर्क गनुपर्ने छ । 

 Image