Successfully Copied

राजदूत लोरेन्जोले उद्घाटन गरिन् ‘कलाशाला’

युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।


युरोपियन युनियन(ईयु)का राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।

राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’मा लोरेन्जोले कार्यशालाको उद्घाटन गरेकी थिइन्् । कार्यशाला उद्घाटन र कला अवलोकन गर्दै उनले कला मार्फत् नै फरक देश, फरक संस्कृति र फरक धारका मानिसबिच एक–अर्कामा एकता सम्भव भएको बताइन् । ‘सांस्कृतिक विविधताबीच कलाले एकता ल्याउँछ,’ उनले भनिन्, ‘कलाकारहरुका लागि कला प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।’ कला नै सबै देश, संस्कृति र मानिसलाई जोड्ने केन्द्रका रुपमा रहेको उनले सुनाइन् । कार्यशालामा सहभागी भारतका कलाकार प्रवीण कर्माकारले कार्यशालाले कला, संस्कृति र सांस्कृतिक सम्पदाको आदानप्रदान र थाहा पाउन सकिने बताए । यसबाट हामीले कलाबारे एक–अर्कामा सिक्न समेत पाउने उनको भनाइ छ । चैत ५ गतेसम्म जारी रहने ‘कलाशाला’ शीर्षक कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान लगायत देशका १ सय भन्दा बढी कलाकार सहभागी छन् । कलाकारहरुले कला मार्फत् नै प्रकृति, धर्म, संस्कृति, समाज, मानव लगायतका विषयलाई उजागर गरेका छन् । कलालाई वाटर, एक्रेलिक, प्रिन्ट, पेन एण्ड इन्क, पेन्सिल, डिजिटल आर्ट, मूर्तिकला लगायतका मध्यममा प्रस्तुत गरिएका छन् ।
३ गते बिहान ८ बजे कलाकारहरुसग पाटन दरवार क्षेत्रमा भ्रमणपछि दिउासो १ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा गएको आकार सेन्टरकी अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् । त्यसैगरी ४ गते कलाकारहरुले पशुपतिनाथ दर्शन गरेका थिए । ‘होटेल एयरपोर्ट’ मा कला प्रदर्शनी भने जारी नै रहनेछ । ४ गते नै समापन समारोह पछि ५ गते कलाकारहरुको बिदाइ हुनेछ ।

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एच.आई.भी.शिक्षा सदन’लाई प्रदान गरिने भएको छ ।
कलाको बिस्तार र विकासका लागि सबैजना कलाकारहरु एकै हुनुपर्ने सन्देश लिएर कार्यशाला शुरु गरिएको भट्टराईले बताइन् । यसमा कलाका लागि चाहिने एकता र सिर्जनात्मक पक्षको विकास हुने उनको धारणा छ ।
कार्यशालालाई ‘इन आर्ट वर्ल्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको थियो ।

 Image