Successfully Copied

साधारण सभा तथा अधिवेशन सम्पन्न

नेपाल सौन्दर्यकला व्यवसायी संघको छैंटौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भयो।

नेपाल सौन्दर्यकला व्यवसायी संघको छैंटौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भयो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ५० जिल्लाबाट आएका ३ सयभन्दा बढी सौन्दर्यकर्मीको भेलामा अध्यक्ष, ५ विकास क्षेत्रबाट ५ जना उपाध्यक्ष तथा बाँकी क्षेत्रगत हिसाबले सदस्यहरूसहित २३ जनाको कार्यसमिति गठन गरियो। पहिलेझैं यसपटक पनि सामूहिक प्रतिबद्धता तथा समझदारीअनुसार निर्विरोध कार्यसमिति गठन भएको हो। मुख्यत: पछिल्लो समयमा देखिएको पार्लर खोल्ने भीडमा मापदण्ड कायम गर्न पहल गर्नुपर्ने, वाणिज्य मन्त्रालयद्वारा नक्कली प्रसाधनमा नियन्त्रण गरी गुणस्तरीय सौन्दर्य प्रसाधनमा जोड दिनुपर्ने, कर भ्याटलाई दायरामा ल्याउन निश्चित निकाय तोकिनुपर्ने, तालिमका लागि मापदण्ड तोक्नुपर्ने, सौन्दर्यलाई पाठ्यक्रमभित्र हेल्थ एण्ड ब्युटी विषयका रूपमा समावेश गरिनुपर्ने आदि विषयगत माग कार्यसमितिमा छलफलपछि पारित भएको सौन्दर्यकला व्यवसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठले बताइन्। अब छिट्टै यी मागहरूलाई लिएर सरकारी निकायसँग सहकार्यको थालनी तथा सौन्दर्यकलालाई उद्योगका रूपमा विकास गर्ने संघको योजना छ।

संचारकर्मीसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

गत महिना काठमाडौंमा आयोजित एक कार्यक्रममा मनोरञ्जक क्षेत्रमा महिलाहरू ओइरिने क्रम कम गर्न स्रोत क्षेत्रमै गएर रोकथाममूलक कार्य संचालन गर्नुपर्नेमा जोड दिइयो। ३० जुलाईको पहिलो बेचबिखनविरुद्धको विश्व दिवसका सन्दर्भमा सम्पन्न उक्त कार्यक्रम शक्ति समूहले आयोजना गरेको थियो। मानव बेचबिखनविरुद्ध तथा बाल संरक्षणसम्बन्धी अन्तक्रिर्या कार्यक्रममा गोरखापत्रकी सीता शर्माले सहरी क्षेत्रका किशोर-किशोरीहरू जोखिममा पर्न सक्ने भएकाले विभिन्न सरकारी तथा गैरसरकारी निकायले यस्ता क्षेत्रमा ठोस कार्यक्रम ल्याउनुपर्ने बताइन्। रेडियो नेपालका चन्द्र बानियाँले बेचबिखन प्रभावितका विषयमा नीति निर्माण तहलाई घचघच्याउने गरी प्रभावितको आवाज उठान गर्न अपिल गरे। गरिबी र अशिक्षा मात्र नभएर उच्च महत्वाकांक्षाले मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना बढाउने कुरा बताउँदै कमान्डर पोस्टका सम्पादक रामकुमार एलनले फरक-फरक जिल्ला र स्थानका बालबालिकाका फरक-फरक समस्या हुनसक्छन् भन्दै समस्या जस्तै फरक-फरक उपचारात्मक कार्यक्रम लागू गर्नुपर्ने कुरामा जोड दिए।

हिंसाविरुद्धको कानुन कडा बनाउन जोड

महिलाविरुद्ध हुने हिंसाविरुद्ध कडा प्रावधानसहितको कानुन ल्याउनुपर्नेमा सभासद्हरूले जोड दिएका छन्। गत महिना कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारको विवरण तयार गर्ने सम्बन्धमा बनेको विधेयकमाथि व्यवस्थापिका संसद्मा बोल्दै सभासदहरूले हिंसा सबै क्षेत्रमा हुने गरेकाले कडा कानुनको आवश्यकता औंल्याए। महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले महलिाविरुद्ध हुने सबै प्रकारका भेदभाव तथा दुव्र्यवहार उन्मूलन गर्न विधेयक ल्याइएको जानकारी दिइन्। विधेयकमा यौनजन्य आशयले शरीरको कुनै अंग छोए वा छुने प्रयास गरे, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरे, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरे यौन दुव्र्यवहार गरेको मानिने उल्लेख छ। यौन दुव्र्यवहार भएको ठहरिए तीन महिनासम्म कैद वा २५ हजार रुपैंयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ।

पुँजीमा अधिकार आवश्यक

गत महिना घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको महिला विभागले आयोजना गरेको एक कार्यक्रममा महिलाहरूले ठूल्ठूला उद्योगधन्दा एवं व्यवसायमा सक्रिय हुन पुँजीमा आफ्नो स्वामित्व बढाउनुपर्ने बताएका छन्। महिलाहरू दक्ष एवं क्षमतावान् बन्न उनीहरूलाई सम्पत्तिमाथिको अधिकार दिनुपर्ने सरोकारवालाहरूको तर्क थियो। उनीहरूले महिला उद्यमीको वृद्धि एवं महिलालाई स्वरोजगार बनाउन सरकारले विशेष कोष स्थापना गर्नुपर्ने कुरामा पनि जोड दिए।

लैङकि सशक्तीकरणका लागि २२ प्रतिशत बजेट

सरकारले आर्थिक वर्ष २०७१/०७२ मा लैङ्गकि समानता एवं सशक्तीकरणका लागि एक खर्ब ३५ ६५ करोड ५८ लाख रुपैंयाँ बजेट छुट्याएको छ जुन रकम कुल बजेटको २१ दशमलव ९३ प्रतिशत हो। नेपालमा महिला आर्थिक एवं सामाजिक रूपमा निकै कमजोर भएको भन्दै कानुनी तथा नीतिगत व्यवस्थाका पर्याप्त साधन एवं स्रोतको पहुँच बढाउन आर्थिक वर्ष २०६४/०६५ देखि लैङ्गकि उत्तरदायी बजेट जारी गर्न थालिएको हो।

बालविवाहमा नेपाल दसौं

बालविवाह बढी हुने विश्वभरका शीर्ष दश मुलुकमध्ये नेपाल दसौं स्थानमा परेको युनिसेफको विश्वव्यापी तथ्यांकमा उल्लेख छ। गत महिना बालविवाह र दाइजोविरोधी अभियानमा सक्रिय संस्था भोर नेपालले उक्त जानकारी दिएको हो।

मेहन्दी तालिम सम्पन्न

सुदूर पश्चिम व्युटिपार्लर एसोसिएसनको आयोजनामा गत महिना सुदूर पश्चिमका व्युटिसियनहरूलाई १० दिने मेहन्दी तालिम प्रदान गरियो। कुलदीप कुमारको प्रशिक्षणमा सम्पन्न उक्त तालिममा गृहिणी तथा सौन्दर्य पेसासँग आबद्ध कैलाली तथा कन्चनपुर जिल्लाका ७० जना प्रशिक्षार्थी सहभागी थिए। सुदुर पश्चिम व्युटिपार्लर एसोसिएसनले यसअघि ६ पटक यस्तो सेमिनार सञ्चालन गरिसकेको छ।

 Image