Successfully Copied

मोटरमा महिला

कार चढ्नु अब वैभवको मात्र नभएर आवश्यकताको विषय समेत भएको छ । बढ्दो विश्वव्यापीकरण, व्यवसायीकरण तथा विकेन्द्रीकरणका कारण मानिसहरूको

कार चढ्नु अब वैभवको मात्र नभएर आवश्यकताको विषय समेत भएको छ । बढ्दो विश्वव्यापीकरण, व्यवसायीकरण तथा विकेन्द्रीकरणका कारण मानिसहरूको सोचमा परिवर्तन आएको छ । हिजोसम्म घरका कुनाकाप्चा वा बैंकमा पैसा थुपार्नेहरू आज बैंकबाट कर्जा लिएर भए पनि मोटरबाइक तथा गाडी किन्न थालेका छन् । मेगा बैंककी अनुपमा भन्छिन्, टेलिभिजन, इन्टरनेटले मात्र होइन भ्याकेसन मनाउने, पढ्न वा कामका सिलसिलामा विदेश जाने क्रममा आएको वृद्धिका कारण पनि अहिलेका मानिसको सोच फराकिलो भएको हो । विदेश बसाइ वा भ्रमणबाट नेपाल र्फकनेहरू पैसाको सही परिचालन गर्न र त्यसको उपयोग सक्ने भएका छन् ।

सहज फाइनान्स तथा बैंकिङ सुविधा, महिलामा आएको व्यवसायिक क्रान्तिलगायत समय सापेक्ष परिवर्तनले महिलाहरू मोटरमा हुइँकिन सक्ने स्ट्याटसमा पुगेका छन् । आधा दशकअघिसम्म पनि पुरुषले मात्र हाँक्ने मोटरको स्टेयरिङमा अहिले महिलाहरूको हात पनि उत्तिकै सक्रिय भएको पाइन्छ । विशेषगरी बैंक, कर्पोरेट, निजामती एवं कुटनीतिक नियोग तथा एनजीओ, आईएनजीओका महिलाहरू मोटर चढ्नेमा अग्रपंक्तिमा छन् । मानव अधिकारका क्षेत्रमा काम गर्ने साधनाका अनुसार मोटरले महिलाको शान मात्र बढाएको छैन समय व्यवस्थापनमा समेत सघाएको छ । सम्भवत: यिनै कारणले अहिले गाडी उत्पादक कम्पनीहरूले महिला लक्षित साना, चिटिक्क परेका नयाँ मोडलका कारहरू विभिन्न कलरमा उपलब्ध गराएका छन् ।

दुगड ब्रदर्स एण्ड सन्स निशानको आधिकारिक बिक्रेता हो । लामो समयदेखि हाई क्लासका गाडी बिक्री गर्दै आएको यो कम्पनीले पछिल्लो समयमा महिलालाई लक्षित गरी ह्याचब्याकमा १२ सिसीको मार्च गाडी नेपाल भित्र्याएको छ । २८ लाख ५ं० हजार पर्ने निशान कम्पनीको मार्च कारमा सुरक्षाका लागि ४ वटा इयरब्याग, फराकिलो लेग स्पेश, प्रतिलिटर १५ किलोमिटर माइलेज तथा ब्रेकमा एबिएस, एबिडी र बिए सिस्टम आदि सुविधा रहेको दुगड ब्रदर्स एण्ड सन्सका सेल्स एक्ज्युकेटिभ अनिल गुरागाईं बताउँछन् । कालो, सेतो, रातो तथा हल्का हरियो रंगमा उपलब्ध मार्च अहिले महिलाद्वारा सर्वाधिक रुचाइएको कार भएको गुरागाईंको दाबी छ । त्यसैगरी निशानकै सन्नी आकर्षक लुक्स भएको कार हो । ३८ लाख ५० हजार पर्ने यो कार १५ सय सिसी क्षमतायुक्त इन्जिनद्वारा बनेको छ । बलिया, बढी टिकाउ तथा सजिला हुनु निशानका उत्पादनका विशेषता हुन् । निशानका गाडीका इन्जिन, गियरबक्स र डिफेन्स सेल जापानबाट आउने भए पनि यसको बडी भने भारतमा फिटिङ हुने भएकाले पाटपुर्जा सहजै उपलब्ध हुन्छन् । निशानले २० प्रतिशत डाउनपेमेन्टमा ८० प्रतिशत फाइनान्सको सुविधा मिलाइदिन्छ । जसको ब्याजदर ८ प्रतिशत मात्र छ । दसंै-तिहारका लागि निसान गाडीमा क्यास डिस्काउन्ट अफर पनि ल्याइएको छ ।

जिओ अटोमोबाइल्सले फोर्डका गाडी बिक्री गर्छ । फोर्डको १२ सय सिसीको फिगो महिला लक्षित कार हो । यसलाई नेपालको लंगेस्ट ह्याचब्याक पनि भनिन्छ । यो कारको आकार लामो हुनाले बस्न सहज, आल्मुनियम पाङ्ग्रायुक्त भएकाले बलियो र टिकाउका साथै उपयुक्त माइलेजयुक्त छ । सुविधा हेरेर १९ लाख ५० हजार देखि २४ लाखसम्म पर्ने फिगो ब्ल्यु, सिल्भर, चिल तथा ह्वाइट कलरमा उपलब्ध हुन्छ । फोर्डकै इको स्पोर्ट वर्ष २०७०/७१ मा सर्वाधिक बिक्री हुने सफल कार हो । यो एक वर्षको अवधिमा ७ सय वटा इको स्पोर्ट कार बिक्री भएको जिओ अटोमोबाइल्सका फिलिट सेल्स एक्ज्युकेटिभ नितेश जंग कुँवर बताउँछन् । मागअनुसार सप्लाइ दिन नसकेको बताइने यो कार महिलाका लागि पनि उत्तिकै उपयुक्त छ । ३० लाख ९० हजारदेखि ३९ लाख ९० हजारसम्म पर्ने इको स्पोर्टमा विभिन्न सुविधा छन् । २० देखि ३० प्रतिशत डाउनपेमेन्टमा फाइनान्सको सुविधा उपलब्ध हुने जिओ अटोमोबाइल्समा चाडपर्वका लागि नगद छुट अफर पनि छ ।

स्कोडाका गाडीहरू संसारभर बलिया र भरपर्दा गाडीमा दरिएका छन् । चेक रिपब्लिकको स्कोडा कारको नेपालस्थित आधिकारिक बिक्रेता बी.एम.डब्ल्यु इन्टरप्राइजेज हो । यो कम्पनीबाट सर्वाधिक बिक्री भैरहेको र्‍यापिड नेपाली महिलाले बढी नै रुचाएको कार हो । १६ सय सिसीको र्‍यापिडको मूल्य फुल र सेमी अप्सन सुविधा हेरी ३३ लाख २५ हजारदेखि ४२ लाख ९५ हजार रुपैयाँसम्म पर्छ । बी.एम.डब्ल्यु इन्टरप्राइजेजका चिफ जनरल म्यानेजर सुरज मानन्धर भन्छन्, हाम्रा गाडीहरू बलिया, विश्वासिला र लङ ड्राइभका लागि ग्राउन्ड क्लियरेन्सयुक्त तथा हेड लेग स्पेसियस छन् । सात वर्षभित्र ऋण चुक्ता गर्ने सर्तसहित ७ दशमलव ९९ प्रतिशत ब्याजमा जोकसैले पनि यी गाडी खरिद गर्न सक्छन् । चाडपर्व अफरअन्तर्गत ३ लाख ३३ हजार रुपैंयाँ नगद लिएर आउनेले स्कोडाका गाडी लान सक्छन् ।

लामो समयदेखि सुजुकीका गाडीको व्यवसाय गरिरहेको सिजी अटोमोवाइल्सले महिलाका लागि सहज हुने अल्टो, वागनआर तथा पछिल्लो समयमा भर्खरै नेपाल भित्रिएको सेलेरियोको बिक्रीमा तीव्रता ल्याएको छ । पाटपुर्जा सहजै उपलब्ध हुनु एवं सुलभ मूल्य सुजुकीका विशेषता हुन् । ८ सय सिसीको अल्टोको मूल्य १४ लाख ५९ हजारदेखि १६ लाख ९९ हजार पर्छ भने २ हजार सिसीको स्विफ्ट भिएक्स आइको मूल्य २७ लाख ७९ हजार रुपैंयाँ पर्छ । सिजी अटोमोइल्सकी इन्चार्ज अञ्जु श्रेष्ठ भन्छिन्-सुजुकीका प्राय: कार साना, चिटिक्क परेका तथा फेमिनाइन कलरका हुने हुँदा महिलाका लागि उपयुक्त र सहज छन् । श्रेष्ठका अनुसार सुजुकीको नौलो उत्पादन सेलेरिया अहिलेका प्रोफेसनल महिलाहरूले निकै रुचाएको कार हो । १ हजार सिसीको सेलेरिया भिएक्सआईको मूल्य २१ लाख ४९ हजार छ । यसैगरी सुजुकीकै ए स्टार र स्विफ्ट जेडएक्सआई पनि फिमेल ओरियन्टेड कारभित्रै पर्छन् । कोरियन ब्रान्ड हुन्डाईका इयोन, स्यान्ट्रो, आई टेन तथा आई ट्वान्टी सर्वाधिक चलेका कार हुन् । चित्ताकर्षक लुक्स, कलर संयोजन तथा कम्फर्टेबल भएका कारण हुन्डाईका उत्पादन लोकप्रिय छन् ।

 

स्मार्ट स्कुटर

आजको व्यावसायिक जमानामा सबै व्यस्त छन् । सबैलाई आफ्नो गन्तव्यसम्म पुग्ने हतार हुन्छ तर समय भने कम । समय व्यवस्थापन गर्न तथा आफ्नो स्ट्याटस वृद्धिका लागि पनि अहिले स्कुटर महिलाहरूको प्रिय सवारी भएको छ । व्यावसायिक महिलाहरूलाई अझै पनि घरपरिवार व्यवस्थापनको जिम्मेवारीले नछोडेको हुँदा स्कुटर उनीहरूको सर्वत्र काम भ्याउने सहज साधन बनेको छ । निजी बैंकमा कार्यरत अस्मि लामिछाने कार्यस्थल घरबाट निक्कै टाढा भएको र सानो छोरालाई पनि समय दिनुपर्ने भएकाले भर्खरै मात्र स्कुटर किनेको बताउँदै भन्छिन्-'दुई महिनाअघिसम्म सधैं अफिस पुग्न ढिला हुन्थ्यो त्यसमाथि पनि हाकिमको कचकच । त्यसैले न अफिसमा राम्रो परफर्मेन्स देखाउन सकिने न त घरमा समयमै पुग्न सकिने । जब मैले स्कुटर खरिद गरें त्यसपछि मेरो आधा समय बचेको छ । अफिसमा समयमै पुग्न मात्र होइन अन्य बाहिरी काम भ्याएर पनि बेलैमा घर पुग्न सक्ने भएकी छु ।' अस्मिजस्ता व्यावसायिक महिलाहरूका लागि स्कुटर वरदान साबित भएको ट्राभल एजेन्सीमा कार्यरत यशोदा बताउँछिन् । यशोदाका अनुसार काम विशेषले घर पुग्न ढिला भए पनि पहिले जस्तो मन डराउँदैन किनभने उनी अहिले डियो हाँक्छिन् । अफिसबाट घरको दूरी झन्डै १५ किलोमिटर भएको बताउने यशोदा पहिले घर पुग्दा सधैं बेलुकी ८ बज्थ्यो तर अहिले उनको काम र यात्रालाई स्कुटरले सहज मात्र बनाएको छैन परिवार र समाजमा उनको स्ट्याटससमेत बढेको छ ।

प्रोफेसनल महिलाहरूका लागि मात्र होइन गृहिणीहरूलाई समेत लक्षित गरी विभिन्न कम्पनीले विविध रंग, मोडल एवं सुविधासहितका स्कुटर बजारमा ल्याएका छन् । भिएस अटोमोबाइल्स (भिएस सुजुकी) ले रातो, नीलो, कालो, सेतो तथा सिल्भर गरी ५ रंगका सुजुकी लेट्स स्कुटर भर्खरै बजारमा उतारेको छ । डायनामिक स्टायलिङ, ब्राइट हेडल्याम्प, स्ट्रइकिङ ड्युल कलर मिटर कन्सोल, मोबाइल चार्जर, सेन्ट्रल लकिङ, ट्युबलेस टायर, एमएफ ब्याट्रीजस्ता सुविधा उक्त स्कुटरमा रहेको भिएस अटोमोबाइल्स (भिएस सुजुकी) की सेल्स एक्ज्युकेटिभ भारती पोखरेलले बताइन् । यो कम्पनीका स्वीस, एक्सेस तथा लेट्स स्कुटरको मूल्य क्रमश: १ लाख ७० हजार ९ सय, १ लाख ६७ हजार ९ सय तथा १ लाख ५९ हजार ९ सय रुपैंयाँ पर्छ ।

एसजी ग्लोबल प्रा.लि. महिन्द्रा टु ह्वीलरको आधिकारिक बिक्रेता हो । परिमार्जित मोडलमा आएका महिन्द्राका स्कुटर लोकप्रिय छन् । महिन्द्राको सर्वाधिक बिक्री हुने १ सय २५ सिसीको रोडियो आरजेडको मूल्य १ लाख ६९ हजार ९ सय छ भने १ सय २५ सिसीकै ड्युरो डिजेड र फ्लाइटको मूल्य क्रमश: १ लाख ५८ हजार ९ सय र १ लाख ४८ हजार ९ सय रुपैयाँ छ । महिन्द्राले २ दुना ४ अफरमा महिन्द्राको टु ह्वीलर खरिद गर्दा महिन्द्र फोर ह्वीलर सित्तैमा प्राप्त गर्न सकिने बम्पर अफर ल्याएको एस जी ग्लोबलका सेल्स एडभाइजर राम बोगटी बताउँछन् । यो योजनाअन्तर्गत टु ह्वीलर खरिद गर्नेले लक्की ड्रमा भाग लिन पाउँछन् जसको बम्पर प्राइज महिन्द्रा बोलेरो गाडी राखिएको छ । त्यतिमात्र होइन यही योजनामा ५ हजारदेखि १ लाखसम्म स्योर सट क्यास डिस्काउन्टको व्यवस्था, हरेक टेस्ट ड्राइभमा २ सय रुपैंयाँको रिचार्ज कार्ड तथा हरेक हप्ताको लक्की ड्रमा ३ जनालाई ५ ग्राम सुनको सिक्का पनि समावेश छ । बोगटीका अनुसार महिन्द्राका स्कुटरमा लार्ज स्टोरेज, हाइ ग्राउन्ड क्लेयरेन्स, ब्रोड हालोगेन हेडल्याम्प, पावरफुल इन्जिन फ्री इडिसनल लक्ड स्टोरेज, न्यू एडभान्स ड्युअल कर्भजस्ता सुविधा उपलब्ध छन् ।

हनी बेल इन्टरनेसनल टेकुले १ सय १० सिसीको सिआइटिआई एस स्कुटर बजारमा ल्याएको छ । १ लाख ७० हजार रुपैयाँ मूल्य तोकिएको यो स्कुटरमा चाडपर्वलाई लक्षित गरी २० हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ । रातो, नीलो, ग्रे तथा सेतो रंगमा उपलब्ध  कोरियन ब्रान्डका यी स्कुटर बलिया तथा तुलनात्मक रूपमा सुलभ मूल्यका समेत भएको कम्पनीको दाबी छ ।

एआइटी, टेकुले लामो समयदेखि एउटै मोडलका टिभिएस स्कुटरलाई निरन्तरता दिइरहेकोमा अहिले नयाँ मोडलको टिभिएस विगो बजारमा उतारेको छ । १ सय १० सिसीको विगोमा लार्ज अलो ह्वील, सहज सेन्टर स्ट्यान्ड, लिड टेल ल्याम्प विथ लाइटगाइड, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन आदि सुविधा भएको एआइटीका शोरुम इन्चार्ज सुरेश रायमाझी बताउँछन् । सिज अटोमोबाइल्सअन्तर्गतको एआइटी प्रा.लि. ले आकर्षक लुक्सको टिभिएस जुपिटर स्कुटर पनि हालसालै लन्च गरेको हो ।  मोर सेफ्टी, मोर स्टायल तथा मोर पावर स्लोगन राखिएको टिभिएस जुपिटरको माइलेज ६२ किलोमिटर प्रतिलिटर छ । भोल्कानो रेड, टिटानियम ग्रे, मिडनाइट ब्ल्याक तथा प्रिस्टाइन ह्वाइट गरी चार कलरमा उपलब्ध टिभिएस जुपिटरको मूल्य १ लाख ६४ हजार ९ सय रुपैंयाँ छ ।

सर्वाधिक रुचाइएका होन्डाका डियो र एभियटर पनि अहिले नयाँ मोडलमा आएका छन् । रातो, कालो, सेतो र पहेंलो रंगमा उलब्ध डियो तथा मरुन र ब्ल्याक कलरमा पाइने एभियटर धेरैले रुचाएका स्कुटर हुन् । मजबुत इन्जिनका साथ नयांँ आकारमा आएको डियो अहिले धेरैको रोजाइमा छ । यसको मूल्य १ लाख ६५ हजार ९ सय रुपैयाँ पर्छ ।

हिरो होन्डाको प्लेजरलाई सदाबहार स्कुटर मानिन्छ । हालसम्म पनि एकनासले बिक्री भैरहेको प्लेजर पनि अहिले नयाँ मोडलमा उपलब्ध छ । पुरानो मोडलमा भएका सुविधा परिमार्जित गरिएका छन् भने पेट्रोल खपत कम गर्नुका साथै यसको ग्राउन्ड क्लेयरेन्स पनि राम्रो छ ।

 Image