Successfully Copied

कृषिमा महिला

कृषिप्रधान देश नेपालमा कृषि क्षेत्रको अवस्था उतिसारो राम्रो छैन । निर्वाहमुखी कृषि प्रणाली छाडेर बिस्तारै व्यावसायिक बन्ने बाटोमा लागिरहेको यो क्षेत्रमा थुप्रै चुनौती छन् । अझ यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था समग्र कृषि क्षेत्रझैं अन्योलग्रस्त छ । कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या

कृषिप्रधान देश नेपालमा कृषि क्षेत्रको अवस्था उतिसारो राम्रो छैन । निर्वाहमुखी कृषि प्रणाली छाडेर बिस्तारै व्यावसायिक बन्ने बाटोमा लागिरहेको यो क्षेत्रमा थुप्रै चुनौती छन् । अझ यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था समग्र कृषि क्षेत्रझैं अन्योलग्रस्त छ । कृषि पेसा अँगालेर बसेका महिलाहरूको संख्या तथा कष्ट पुरुषको तुलनामा ठूलो छ । नारीको जन्म हारेको कर्म भन्ने उखान उनीहरूमै लागू हुन्छ । महिलाहरू आफूले गरेको परिश्रमको उचित सम्मान एवं प्रतिफल प्राप्त गर्नबाट वञ्चित छन् । देशका कतिपय भू-भागमा समान कामका लागि समान ज्याला छैन । कतिपय अवस्थामा महिलाहरूले पहिलेभन्दा बढी मानसिक दबाब झेलिरहेका छन् । यति हुँदाहुँदै पनि उनीहरूको समस्या कतैबाट सम्बोधन हुन सकेको छैन । विदेश जाने होडमा पहिले पुरुष मात्र सामेल हुन्थे भने अहिले त्यसमा महिलाहरू पनि थपिएका छन् जसका कारण देशको थुप्रै र्ऊवर जमिन बाँझो भएको छ । महिलाहरूलाई देशमै उचित वातावरण बनाइदिएर कृषि क्षेत्रमा लगाउन सकियो भने महिलाहरूको मात्र होइन देशकै आर्थिक स्थितिमा सकारात्मक परिवर्तन देखापर्ने निश्चित छ ।

वीरजा थापा, चितवन

समान अधिकारको प्रश्न

हिजोआज महिलाहरू कुनै पनि कुरामा पुरुषभन्दा कम छैनन् । पुरुषले गर्ने सबै काम महिलाले गरेकै छन् । यद्यपि महिलालाई हेर्ने पुरुष दृष्टिकोण भने पहिलेजस्तै छ । अहिले पनि महिलालाई उपभोग्य सामान मानिन्छ । महिलामा निहित प्रतिभा, क्षमता, व्यक्तित्व एवं सिर्जनशीलताजस्ता महत्वपूर्ण पक्षलाई बेवास्ता गरेर शारीरिक सौन्दर्यका आधारमा मूल्यांकन गरिन्छ । यसरी समाजमा उपभोक्तावादी चिन्तनले प्रश्रय पाइरहँदासम्म महिलाले पुरुषसरह हैसियत प्राप्त गर्न सक्दैनन् । जतिसुकै समान अधिकारको कुरा गरे पनि त्यो व्यवहारमा उत्रँदैन भने त्यसको कुनै अर्थ हुँदैन । यसका लागि महिला स्वयंले सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिकजस्ता महिला अधिकारका विरुद्ध खडा भएको पर्खाल भत्काउनुपर्छ ।

भवानी सापकोटा, हेटौंडा

नारीको नयाँ इतिहास

म विगत दस वर्षदेखि नारीको नियमित पाठक हुँ । महिलाका लागि निकै उपयोगी यो पत्रिकाले लामो यात्रा पूरा गरेर सफलताको इतिहास बनाइसकेको छ । नेपालको परिप्रेक्ष्यमा महिलासम्बन्धी पत्रिकाले एक दशकभन्दा लामो समय सफलतापूर्वक पार गर्नु सामान्य कुरा होइन । यसका लागि नारीका प्रकाशक, सम्पादकीय एवं प्राविधिक टिम सबैको विशेष प्रयासले काम गरेको छ । यो अवधिमा नारीमा कतिपय नयाँ स्तम्भ थपिएका छन् । त्यसैले पनि यसको प्रगति सकारात्मक रूपले अघि बढिरहेको हो । सदैव पाठकको अपेक्षाअनुरूप चल्ने भएकैले नारी १४ वर्ष प्रवेशको सुखद् अवसर आत्मसात् गर्न सफल भएको हो । आगामी दिनमा यो पत्रिका अझ सशक्त रूपले अघि बढोस् र नयाँ इतिहास कोर्दै जाओस्-हार्दिक शुभकामना ।

श्रुति प्रधान, लाजिम्पाट

निरन्तरता आवश्यक

सार्क सम्मेलन आयोजनाको अवसरमा अहिले काठमाडौं सिंगारिएको छ । सडकहरू सफा छन्, चारैतिर रंगरोगन गरिएको छ, जताततै झलमल्ल पारिएको छ । यसको तयारीका लागि द्रुत गतिमा काम अघि बढाइएको देख्दा गरे के हुँदैन भन्ने उक्ति चरितार्थ भएको पाएँ । के यस्ता कामलाई निरन्तरता दिएर हामीले नेपाली गौरवलाई उजिल्याउन सक्दैनौं ? हामी सबै मिलेर यसैगरी काम गर्ने हो भने हाम्रो सहर सफा एवं सुन्दर हुन धेरै समय लाग्ने छैन । त्यसका लागि मात्र निरन्तरताको खाँचो छ ।

सिर्जना घिमिरे, बानेश्वर

नघटेको महिला हिंसा

देशका विभिन्न भू-भागमा हरेक उमेर समूहका महिलामाथि भएका अन्याय, अत्याचार, बलात्कार एवं हिंसाका घटना सुन्नु र पढ्नुपर्दा एकदमै नरमाइलो लाग्छ । यी कुराहरू हेर्दा हाम्रो देशमा न त कानुन छ, न त कानुन पालना गराउने निकाय छ भन्ने लाग्छ । यहाँ विधिको शासन छैन, सुशासनको अभावमा महिलाहरू अन्याय एवं थिचोमिचो मात्र होइन पाशविक दुव्र्यवहार एवं हत्या-हिंसा भोग्न बाध्य छन् । सहर, गाउँ सबैतिरका महिला असुरक्षित छन् । सजाय नपाई उम्किएका अपराधीहरूको मनोबल बढ्दो छ भने आम जनता एवं पीडित वर्गमा त्रास सिर्जना भएको छ । यस्तो अवस्थामा पनि सरोकारवाला निकायहरू कानमा तेल हालेर बसिरहेका छन्, प्रतिकारमा उत्रन सकेका छैनन् । यस्तो किन ? अपराध नियन्त्रण गर्ने कानुन छ भने अपराधीहरूले सजाय पाउनैपर्छ ।

वर्षा वादे श्रेष्ठ, भक्तपुर

सडक दुर्घटनाको त्रास

नेपालमा बर्सेनि सडक दुर्घटना हुन्छन् जसमा सयौं यात्रुले ज्यान गुमाउँछन् । अझ केही समययता त यस्ता दुर्घटनाका समाचारले दिनहुँजसो पत्रपत्रिकाका पानाहरू रंगाइरहेका छन् । सयौं नेपालीको आँसु बगाउने यस्ता दुर्घटना सामान्य लापरबाहीका कारण पनि निम्तिरहेका छन् । सडकको दुरवस्था, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु, सहचालक वा सहयोगीले सवारी चलाउनेजस्ता कारणले यात्रुले ज्यान गुमाउनु परिरहेको छ । अब यात्रा गर्नुअघि झस्किनुपर्ने अवस्था सिर्जना भएको छ । यसरी आफ्ना नागरिकको ज्यान अनाहकमा गुमाउन दिनु राज्यको पनि कमजोरी हो । सम्बन्धित निकायले यस्ता घटना रोक्न प्रभावकारी कदम चाल्नु आवश्यक छ ।

शर्मिला अर्याल, मनमैंजु

सामाजिक काममा लागेर उदाहरणीय बनेका आम नेपाली महिलाका विषयमा नारीले अझ बढी जानकारी दिनुपर्‍यो ।

विनीता चौलागाईं, ग्वार्को

गत महिनाको नारी कभर सार्‍है आकर्षक लाग्यो ।

सुमिता श्रेष्ठ, बालाजु

नारी आन्दोलन कता गैरहेको छ, यस विषयमा नारी अधिकारकर्मीहरूले ध्यान पुर्‍याउनैपर्छ । (नारी आन्दोलन कसका विरुद्ध, नारी कात्तिक)

पल्लवी शर्मा, त्रिपुरेश्वर

नारीमा प्रकाशन हुने परिकारसम्बन्धी जानकारी गृहिणीहरूका लागि निकै उपयोगी छ ।

विनीता राई, वनस्थली

गतांकको नारीमा प्रकाशित सुदेष्णा श्रेष्ठको एक दिन प्रेरणादायी छ ।

सविता श्रेष्ठ, गोंगबु

सफलतापूर्वक १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नारीलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।

शैलजा कार्की, चितवन

गएको अंकको नारीमा प्रकाशित रेश्मा तिमल्सिनाको मेकओभर राम्रो लाग्यो ।

रिना बानियाँ, बानियाँटार

विदेश घुम्नुअघि राम्रोसँग स्वदेश घुमौं, पर्यटन व्यवसायलाई टेवा पुर्‍याऔं । (विदेशको रोमाञ्चक भ्रमण, नारी कात्तिक)

गौरी नेपाल, चापागाउँ

 Image