Successfully Copied

समर होम डेकोर

गर्मी मौसममा होम डेकोरको विशेष महत्व हुन्छ । केही सरल एवं सहज उपाय अपनाएर गर्मी मौसममा होम डेकोरलाई अझ आकर्षक बनाउन सकिन्छ ।

गर्मी मौसममा होम डेकोरको विशेष महत्व हुन्छ । केही सरल एवं सहज उपाय अपनाएर गर्मी मौसममा होम डेकोरलाई अझ आकर्षक बनाउन सकिन्छ ।

-    झ्यालबाट डार्क पर्दा हटाएर त्यसको साटो लाइट एवं ब्राइट कलरको पर्दा प्रयोग गर्नुपर्छ । यसले उज्यालो र हावा आउँछ ।

-    गर्मीका लागि लाइट ब्लु, एलो तथा क्रिम कलर्स परफेक्ट मानिन्छ । यी कलर इच्छाअनुसार सोफा वा सिरानीको कभरमा पनि प्रयोग गर्न सकिन्छ । यो मौसमका लागि कटन तथा लिनेन फेबि्रक्स उपयुक्त हुन्छन् ।

-    शीतल हावा आओस् भन्ने हेतुले ढोकामा प्लेन र लाइट कलरको ड्रेपरी प्रयोग गर्नुपर्छ ।

-    रंगका माध्यमबाट घरलाई नयाँ लुक प्रदान गर्ने हो भने लाइट एलो, स्काइ, ब्लु, अफ ह्वाइट उपयुक्त हुन्छन् । यदि सम्पूर्ण घर पेन्ट गर्ने हो भने कुनै एउटा भित्तालाई लाइट कलरले पेन्ट गरी घरमा ब्राइटनेस ल्याउन सकिन्छ ।

-    घरलाई फ्रेस लुक प्रदान गर्न सुन्दर एवं सुगन्धित फूलभन्दा राम्रो विकल्प सम्भवत: अरू नहोला । लिभिङ रूमबाहेक शयनकक्षमा पनि एउटा सुन्दर एवं आकर्षक बुके राखेर फ्रेस लुक प्राप्त गर्न सकिन्छ ।

-    घरको फर्निचरको उचित व्यवस्थापन गर्नुपर्छ । हेभी खालका फर्निचर एवं काउचको साटो लाइटवेट फर्निचरले घर सजाउनुपर्छ । अनावश्यक फर्निचरलाई स्टोरमा थन्क्याउनु उपयुक्त हुन्छ ।

-    भित्तामा थुप्रै आर्टवर्क झुन्डाउनुको साटो दुई-तीनवटा राम्रा एवं सुन्दर खालका पेन्टिङ राख्नु उपयुक्त हुन्छ ।

-    ह्याङ्गिङ मेट पि्रन्ट्स पोस्ट कार्डस वा फ्लोरल प्लेट्सबाट भित्तालाई डिजाइनर लुक प्रदान गर्न सकिन्छ ।

-    भित्ता, छत र इन्डोर प्लान्ट्समा ह्याङ्गिङ सिल्क फ्लावर्स लगाएर केही अलग लुक सिर्जना गर्न सकिन्छ ।

-    कुलिङ इफेक्ट दिन ह्याङ्गिङ ल्याम्प, टेबल ल्याम्प वा फ्लोर ल्याम्पले घर सजाउनुपर्छ ।

-    फर्निचरलाई समरअनुरूप फ्रेस लुक प्रदान गर्न काठका कुर्ची तथा टेबलमा पेस्टल कलरको ग्लसी पेन्ट गर्नुपर्छ ।

-    बेडरुममा धेरै परिवर्तन नगर्ने हो भने ब्राइट कलरको बेडसीट र सिरानीका माध्यमबाट फ्रेस लुक प्राप्त गर्न सकिन्छ ।

-    इन्डोर प्लान्ट्स नराख्ने हो भने झ्यालमा केही हर्बल प्लान्ट्स राख्नुपर्छ । घरमा प्रवेश गर्ने हावालाई त्यसले फ्रेस र हर्बल फ्रेसरेन्स प्रदान गर्छ ।

-    समरमा घरलाई कुल र सिम्पल लुक प्रदान गर्न ओछ्याइएको गलैंचा हटाउन सकिन्छ । त्यसको ठाउँमा सोफाका साथमा सानो कार्पेट हालेर कोठालाई रिफ्रेस गर्न सकिन्छ ।

-    लिभिङ रूममा फ्रेस फिल ल्याउन सेन्टर टेबलमा एउटा क्रिस्टल वासमा केही कागती, सुन्तला र मौसम राख्नु उपयुक्त हुन्छ ।

-    ढोकामा समर फिल ल्याउने हो भने आफ्नो मेल बक्सलाई ब्राइट कलरले पेन्ट गरी म्याचिङ कलरको डोरमेट राखी पूर्णता प्रदान गर्नुपर्छ ।

-    लिभिङ रूमको हेभी डेकोरेटिभ पिस हटाएर जाडो मौसमका लागि स्टोर गर्नुपर्छ । त्यसको ठाउँमा केही आकर्षक र चम्किलो आर्ट पिस राख्नुपर्छ ।

-    एलो लाइटको साटो ह्वाइट लाइट प्रयोग गर्नुपर्छ । एलो लाइटबाट गर्मी महसुस हुन्छ, भने ह्वाइट लाइट्सले कुलिङ इफेक्ट प्रदान गर्छ ।

-    डार्क ल्याम्प सेड्सका ठाउँमा लाइट ल्याम्प सेड्समार्फत घरमा ब्राइटनेस ल्याउनुपर्छ ।

-    गार्डेनमा लाइट कलरको केन फर्निचर राख्नुपर्छ । गार्डेनमा खेल्ने बालबालिकालाई घामबाट जोगाउन ठूलो आकारको छाता प्रयोग गर्न सकिन्छ ।

कुल डेकोर आइडियाज

-    सूर्यको चर्को घाम र गर्मीलाई आफ्नो घरमा आउनबाट रोक्न झ्यालमा पर्दा, रिफ्लेक्टिभ फि्लम्स, सन कन्ट्रोल फि्लम्स, विन्डो सेड्स आदि लगाउन सकिन्छ । पर्दामा अस्तर लगाउनुपर्छ यसले सूर्यको तापलाई रोक्छ ।

-    बढी गर्मीमा अर्थात् १२-३ बजेसम्म झ्याल बन्द गरेर राख्नुपर्छ जसले सूर्यको घाम कोठामा आउन पाउँदैन ।

-    आइरन, ड्रायर, वासिङ मेसिन आदि दिउँसो प्रयोग गर्नु हुँदैन कारण त्यसबाट धेरै तातो निस्कन्छ । यी सामग्रीको प्रयोग बिहान वा साँझतिर गर्नुपर्छ ।

-    दिउँसो आवश्यकता नहुँदा टिभी, कम्प्युटर, पि्रन्टर आदि बन्द राख्नुपर्छ । तिनलाई अनप्लग राख्नु उपयुक्त हुन्छ ।

-    धेरै गर्मी हुने ठाउँमा सिलिङ फ्यान वा टेबुल फ्यान प्रयोग गर्नुपर्छ ।

-    टेबुल फ्यानअगाडि एउटा भाँडामा एक टुक्रा बरफ राखेर घरलाई कुलिङ इफेक्ट प्रदान गर्न सकिन्छ ।

-    बढी उज्यालो दिने ट्युबलाइट्स, हेलोजेन, बल्ब आदिको ठाउँमा एलइडी वा सिएफएल बल्ब प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ राति एरोमा क्यान्डल बालेर घरमा आनन्दमय वातावरण सिर्जना गर्न सकिन्छ ।

 Image