Successfully Copied

चितवन तास महल

सिनामंगलबाट केही अघि गएपछि चितवन तास महल पुगिन्छ । पार्किङको राम्रो सुविधा भएको यो स्थानमा पार्टी, विवाहजस्ता विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ ।

आउटलेट : बानेश्वर

विशेषता : रमाइलो वातावरणमा तासको स्वाद ।

सिनामंगलबाट केही अघि गएपछि चितवन तास महल पुगिन्छ । पार्किङको राम्रो सुविधा भएको यो स्थानमा पार्टी, विवाहजस्ता विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ । फराकिलो तथा निकै रमाइलो यो महलका परिकारहरू पनि मुखमा पानी आउने किसिमका छन् । चितवनको तास जोकोहीलाई मनपर्छ । तासबाहेक यहाँ अरु परिकार पनि तयार गरिन्छ । दक्ष तथा अनुभवी कुकले तयार गरेका यहाँका सबै परिकारले ग्राहकहरूलाई सन्तुष्ट बनाउने यसका संचालक सञ्जय पाण्डे बताउँछन् । भर्खरै खुले पनि विशिष्ट स्वादका कारण यहाँ ग्राहकको राम्रो चहलपहल छ । यहाँ ताजा तथा स्वस्थकर सामग्रीहरू प्रयोग गरी परिकार तयार गरिन्छ । ओपन कन्सेप्टमा निर्माण भएकाले यहाँ बस्दा निकै रमाइलो तथा सहज अनुभव हुन्छ । अर्डरअनुसार यहाँ होम डेलिभरीको पनि व्यवस्था छ ।

बजारमा नयाँ : रिभिया हेयर कलर

हिजोआज हेयर कलरको फेसन छ ।सौखिनहरू विविध रंगले आफ्नो केश रंगाउँछन् । यसैलाई मध्यनजर गर्दै रिभियाले १५ रंगको सेड्स बजारमा उतारेको छ । रिभियाको कलर लामो समयसम्म टिक्छ । यसले केशलाई कुनै प्रकारको नकारात्मक असर पुर्‍याउँदैन । यो हेयर कलर प्रयोग गरेपछि केश बाक्लो, चम्किलो तथा राम्रो देखिन्छ । यसले केशको पनि रक्षा गर्छ । यसमा रहेको सिल्क प्रोटिनले केशलाई टुक्रिनबाट जोगाउँछ भने केशलाई नरमसमेत बनाउँछ । यसलाई प्रयोग गर्न पनि सजिलो छ । यो जथाभावी चुहिँदैन । यसको प्याक भित्र ५० एमएल कलर ट्युब, ५० एमएल एक्टिभेट, २० एमएल कन्डिसन बाम तथा पन्जा उपलब्ध हुन्छ ।

एयरहोस्टेज ट्रेनिङ सेन्टर

आउटलेट : नयाँ बानेश्वर

विशेषता : स्वदेशी तथा विदेशी एयरलाइन्समा कार्यरत धेरै एयरहोस्टेज उत्पादक संस्था ।

नयाँ बानेश्वर स्थित एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युट नेपालकै पहिलो एयरहोस्टेज तालिम दिने संस्था हो । ट्ेरनिङ सेन्टरकी निर्देशक कमलेश पाण्डेका अनुसार यो संस्थाले साढे ३ महिनाको कोर्समा स्वीमिङलगायत प्रयोगात्मक तालिम फिल्डमै पुगेर दिन्छ । यो संस्थाले एयरहोस्टेज बन्न आवश्यक मापदण्ड पुग्ने गरी गुणस्तरीय तालिम प्रदान गर्दै आएको छ । एयरहोस्टेज तालिम लिएर बैंकिङ, टेलिकम, इन्स्युरेन्सजस्ता कस्टमर सर्भिस रिलेटेड तथा हस्पिटालिटी सर्भिसका अन्य माध्यममा काम गर्नेहरूको संख्या पनि उत्तिकै छ । यस्तै एनएमबी बैंकमा पेड इन्टर्न गर्ने अवसर प्राप्त हुने पाण्डेले बताइन् । एयरहोस्टेज बन्न नसकेको अवस्थामा ग्राउन्ड होस्टेज अर्थात् एयरलाइन्सको अफिस स्टाफका रूपमा पनि काम गर्न सकिन्छ । फ्लाइट स्टेवार्डका रूपमा पुरुषहरूले पनि रोजगारीको अवसर पाउने भएकाले उनीहरूका लागि पनि तालिमको व्यवस्था गरिएको पाण्डेको भनाइ छ  ।

जिन्जर स्याम्पु

धेरैलाई चायाँ पर्ने, केश टुक्रिएर झर्ने वा हाँगा फाट्ने समस्याले सताएको पाइन्छ । यो समस्याबाट राहत प्रदान गर्न नेसनल हब्र्सको आयुर्वेदिक जिन्जर स्याम्पु बजारमा आएको छ । यसमा अदुवा, अमला, कागती, बदाम, एलोभेरा तथा निम आदि प्राकृतिक जडीबुटीयुक्त तत्व छन् जसले केशलाई स्वस्थ, सुन्दर, मुलायम एवं बलियो बनाउँछन् । यो विविध प्राकृतिक गुणयुक्त स्याम्पुमा कन्डिसनर पनि समावेश छ जसले कन्डिसनर प्रयोग गरिरहनुपर्ने झन्झटबाट पनि मुक्ति दिलाउँछ । यसको प्रयोगबाट प्राप्त हुने ताजापनले हरपल चुस्त–दुरुस्त एवं तन्दुरुस्त रहन मद्दत पुर्‍याउँछ ।

 Image