बहुउपयोगी बियाँ

  • अनारको बियाँ

झरना नहकी

भाद्र १३, २०७२ अनारको बियाँ भिटामिन सी, पोटासियम एवं फाइबरयुक्त हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । मुटुरोग, मोटोपन तथा क्यान्सरबाट जोगिन सहयोग गर्छ । 

कसरी प्रयोग गर्ने ?

अनारको बियाँलाई दहीमा राखेर मसला प्रयोग गरी सलादका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई अरू खाद्य पदार्थमा पनि प्रयोग गरी खान सकिन्छ । 

तिल 

बियाँहरूमध्ये तिललाई पौष्टिकताले भरिएको बियाँ मानिन्छ । यो कपर, म्याग्नेसियम, प्रोटिन, क्याल्सियम, आइरन, जिंक, थाइमिन, सेलेनियम तथा फाइबरको राम्रो स्रोत हो । यसले मधुमेह, उच्च रक्तचाप, पाचन एवं छालासम्बन्धी समस्या, मुटुरोग, क्यान्सर तथा एलर्जीबाट सुरक्षा प्रदान गर्छ । 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>