Successfully Copied

केशब स्थापितकाे नजरमा नेपाली महिला

नेपाली नारी भन्ना साथ मेरो आँखा अधि हुम्लामा भेटका ५ फिट ९ इन्च अग्ली हम्ली महिलाहरु आउँछन् । जो घाकरमा ५० , ६० किलो ओखर राखेर कुटेर आफ्नो दिन गुजार्छ । सबै भन्दा महंगो तेल ओखरकै हुन्छ तर हाम्रो हुम्ली महिलाहरुले कुटेर निकाल्ने

केशब स्थापित

नेपाली नारीको छवी

नेपाली नारी भन्ना साथ मेरो आँखा अधि हुम्लामा भेटका ५ फिट ९ इन्च अग्ली हम्ली महिलाहरु आउँछन् । जो घाकरमा ५० , ६० किलो ओखर राखेर कुटेर आफ्नो दिन गुजार्छ । सबै भन्दा महंगो तेल ओखरकै हुन्छ तर हाम्रो हुम्ली महिलाहरुले कुटेर निकाल्ने ती तेलहरु टुकी बाल्न प्रयोग गर्छन् । उनीहरुको मेहनत र उज्यालोमा बस्न गर्ने मेहनतलाई म हरपल सम्झी रहन्छु । साथै नेपाली महिला भन्ना साथ म बर्दियाका राणा थारुहरु कल्पिन्छु । अग्ला, ठूला आँखा, लामो कपाल भएका ती महिलाहरु अलिकति टेक्निक दिएर सिंगार्ने जान्यो भने ऐश्वर्या रायलाई नै उछिन्न सक्छन् । त्यस्तै राई, लिम्बु महिलाहरु सम्झँदा ब्रुसलीका दिदी, बहिनीहरु झैं लाग्छ । अरु देशमा एकै अनुहारका महिलाहरु देखिन्छन् भने हाम्रो देशमा भने जातीय कम्पोजले गर्दा सुन्दर कलरफुल फुलहरु जस्तै लाग्छ ।

जीवनमा आमा र श्रीमतीको भुमिका

युवा अवस्थामा कम्युनिष्ट पार्टीमा हिड्दा गर्ल फ्रेण्ड, साथीहरुले छोडे पनि आमाले हरेक पल राजनितीमा लाग्ने प्रेरणा मात्र होइन सपोर्टे पनि गर्नुभयो । एउटा घटना म कहिले भुल्न सक्दिन, जुन दिन मेरो बुबा वित्नु भएको थियो , त्यही दिन शान्ती पार्क बनाउन नदिन हस्तक्षेप भइ रहेको थियो । यस्तो दुखद दिनमा पनि आमाले मेरो अर्काे ३ छोराहरु छन्, ति आफ्नो कर्म गर्ने जाउ भनि पठाउनु भयो । यस्तै प्रेरणाहरु मेरो लागि आमाले दिइ रहनु भयो । त्यस्तै श्रीमती त मेरो कामको उर्जा नै हो । उनले कहिले धेरै पैसा कमाउ , यो क्षेत्र त्याग भनिनन् । उनी धेरै दानी, कहिले त माग्न आउनेलाई मेरो लगाइ रहेको जुता, पाइन्ट पनि दिएर पठाउछिन् । मेरो लागि त उनले नयाँ जीवन दिएकी हुन् । मेरो गर्ल फ्रेण्डले छोडेर झुण्डिएर मरु जस्तो भएको बेला मैले शोभालाइृ भेटकी हुँ । मैले उनलाइृ मलाई यस्तो यस्तो भयो तिमीसंगै विहे गरौं कि क्या हो भन्दा साथ दिएकी पात्र हुन् । उनले मलाइृ हरेक पल तपाईंले देश हाक्छ भन्ने आशा दिलाउँछिन् ।

महिलाहरुको कमजोरी

म त खोई केही पनि कमजोरी नै देख्दिन ।

महिलाहरुका बलिया पक्ष

उनीहरुको एक नजरले नै पुरुषहरु मैन झैं पग्लिन्छ । महिलाहरुको सबै ठाउँमा इनर्जी छ । उनीहरु चाहेको खण्डमा घर, परिवार, देश मा उथलपुथल मच्चाउन पनि सक्छन् । उनीहरुको सोच्ने शक्ति र निर्णय शक्ति बलिया पक्ष हुन् ।

महिलाहरुको सुन्दरता

सुन्दरता भनेको नाप्ने कुरा होइन । बाहिरी रुपमा सुन्दरता त जरुरी नै छ साथमा भित्री आनी बानी, बोली चाली र व्यवहार राम्रो भयो भने त्यही महिला मेरो लागि सुन्दर महिला हुन् ।

सुन्दर महिला

स्नेहा राणा जो मेरो लागि विश्व सुन्दरी नै हुन् । उनी जति सुन्दर महिला न त भेटको छु, न देखेको नै छु ।

बोल्ड महिला

मेरो नजरमा बोल्ड महिलाहरु धेरै छन् । जस्तै अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, सरिता गीरी  ।

प्रभावित महिला

सरिता गिरी जसको आवान मात्र सुन्दा पनि जलतरंग बजे जस्तो लाग्छ । उसलाई भेटेको हरेक पल्ट सैलुट गरौं झैं लाग्छ ।

महिलाका डर लाग्दो पक्ष

मेरो विचारमा महिलाहरु डर लाग्दा हुँदैंन , प्रेम मात्र उत्पन्न गर्छन् ।

नेपाली महिलालाई सुझाब

अवसरहरु धेरै छन् तर आफैले बाहिर आउने आँट गर्नु पर्छ । ३३ प््तिशतको आरक्षणमा होइन ५० प्रतिशत बराबरी हुने गरि काम गरि आउनु पऱ्यो । ग्रामिण भेकमा त सरकार, एनजीओ, आइएनजीओहरुले उनीहरुलाई बाहिर काम गर्ने बाटो देखाइ दिनु पर्छ र त्यही अनुशार आफ्नो क्षमतालाई प्रदर्शन गर्ने संकोच मान्नु हुँदैंन ।  

 Image