मोडलिङमा अभिषेकको आगमन
चैत्र १२, २०७२
नेपाली मोडलिङ क्षेत्रको दायारा जति फरकाकिलो हुँदै गइरहेको छ उति नै नयाँ र क्षमतावान् युवापुस्ताको आमगन भइरहेको छ । यसकै एक उदाहरण हुन् काठमाडौं नारायणस्थानका २१ वर्षर्ीय अभिषेक वुडथापा, नेपाली ग्ल्यामर क्षेत्रमा मोडलिङमार्फत उदाएका छन् । इन्जिनियरिङमा डिप्लोमा गर्दै गरेका अभिषेकको मोडलिङमै करियर बनाउने योजना छ । ५.९ इन्च अग्ला कदका अभिषेक प्राकृतिक रुपमै आकर्षक र मेहनती भएका कारण पहिलो भिडियोमा नै लोकप्रियता कमाउन पनि सफल भए । सुमन सरगमको पलपलप छायो बोलको आधुनिक गीतको भिडियोमा अभिनय गरेका वुडथापासँग र्याम्पको राम्रो अनुभव पनि छ । यही क्षेत्रलाई अंगालेर जाने योजना बनाएका वुडथापाको मोडलिङ करियर निरन्तर रुपमा अगाडि बढ्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्