Successfully Copied

बाथरुम डेकोर

सम्पूर्ण घरमा बाथरुम नै त्यस्तो एउटा निर्देशित स्थान हो, जहाँ हामी अत्यन्त निजी क्षण बिताउँछौं । अत: यो विशेष स्थानलाई अझ सुन्दर बनाउनु आवश्यक छ ।

सम्पूर्ण घरमा बाथरुम नै त्यस्तो एउटा निर्देशित स्थान हो, जहाँ हामी अत्यन्त निजी क्षण बिताउँछौं । अत: यो विशेष स्थानलाई अझ सुन्दर बनाउनु आवश्यक छ ।

स्पेस मेनेजमेन्ट

–बाथरुम सानो छ भने बाथरुम एसेसरिजको छनोटमा अत्यन्त ध्यान पुर्‍याउनुपर्छ ।

–बाथ टबमा सानो बाथ सावर प्रयोग गर्नुपर्छ ।

–बाथरुममा सिन्क वा बेसिन राख्नु उचित मानिँदैन, यसबाट स्थानको बचावट हुन्छ ।

–भुइँ र भित्ताका लागि अलग–अलग कलर छनोट गर्नुुहुँदैन । यसबाट बाथरुम सानो देखिन्छ । सिंगल तथा लाइट कलर प्रयोग गर्दा ठाउँ ठूलो देखिन्छ ।

–स–साना टायल प्रयोग गर्दा पनि ठाउँ ठूलो देखिन्छ ।

–सेल्फ, क्याबिनेट्स र बेनिटी टप जडान गर्दा ती सबै सामग्री भर्टिकल लाइनमा कमभन्दा कम हुन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । कारण यसबाट बाथरुमको हाइट देखिए पनि फ्लोर एरिया सानो देखिन्छ ।

–बाथरुममा उक्त युनिट्स समानान्तर लाइनमा लगाउनुपर्छ । यसबाट बाथरुम ठूलो देखिन्छ ।

–फ्लोरदेखि सिलिङसम्म छुने ठूलो ऐनाले पनि कोठाको उचाइ बढाउँछ ।

–प्रोफेसनल कलर, टेक्सचर तथा प्याटर्नलाई यसरी प्रयोग गर्नुपर्छ कि त्यसले ठाउँ ठूलो देखियोस् ।

टाइल्स

–टाइल्सको छनोट त्यसको टेक्सचर हेरेर गर्नुपर्छ । चम्किलो, ग्लेन्ड, पोलिस्ड टाइल्स आकर्षक देखिन्छ र सहज रूपमा सफा पनि हुन्छ । यद्यपि यो चिप्लो हुने भएकाले यसलाई फ्लोरको साटो भित्तामा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–बाथरुमका लागि सेरामिक टाइल्स विविधता र टिकाउपनका कारण सबैभन्दा बढी रुचाइन्छ ।

–टाइल्सको छनोट तिनको नमी सोस्न सक्ने क्षमताअनुसार गर्नुपर्छ ।

–प्राकृतिक स्टोन्स जस्तै मार्बल, ग्रेन्जइट वा स्लेट पनि प्रयोग गर्न सकिन्छ । यसमा दाग लाग्दैन र टिकाउ पनि हुन्छ । प्राकृतिक स्टोन्सलाई लामो स्लेबका रूपमा वा टाइल्सको आकारमा काटेर लगाउन सकिन्छ ।

रंग

–बाथरुमका लागि यस्तो रंग छनोट गर्नुपर्छ, जुन सुन्दर हुनुका साथै टिकाउ पनि होस् ।

–साधारण पेन्ट लगाउँदा भित्ताको कमी–कमजोरी लुक्छ, तर सफा गर्न गाह्रो हुन्छ ।

–बाथरुमको भित्ताका लागि ग्लस वा सेमिग्लस पेन्ट बेस्ट च्वाइस हो ।

–बाथरुमको भित्ताको मुनिबाट आधा दूरीसम्म आफ्नो रोजाइको टाइल्स लगाउनुपर्छ । यसो गर्दा नुहाउँदा उड्ने पानीले भित्ता खराब हुँदैन । टाइल्सलाई केही दिनको अन्तरालमा सफा गरिरहनुपर्छ ।

बाथ टब

–बाथ टब साधारणतया २ सय लिटरदेखि १ हजार लिटरसम्मको क्षमतामा पाइन्छ । अत: आफ्नो बाथरुमको साइजको हिसाबबाट बाथ टब छनोट गर्नुपर्छ ।

–फाइबर ग्लास बाथ टब कम मूल्यमा पाइन्छ, तर त्यसको साटो गुणस्तरीय एक्रेलिक बाथ टब छनोट गर्नुपर्छ जुन बढी राम्रो र टिकाउ पनि हुन्छ । यसको रंग फिक्का हुँदैन ।

–बाथ टबमा तातोपानी राख्ने हो भने ‘इन लाइन हिटर’ युक्त अप्सन छनोट गर्नुपर्छ, जसले बाथ टबमा तापमान तबसम्म कायम राख्छ जबसम्म आफू बाथ टबमा बसिन्छ ।

–बाथ टबमा सिंगल स्पिड पम्पको साटो मल्टी स्पिट पम्पको विकल्प छनोट गर्नुपर्छ ।

सेफ्टी रुल्स

–बाथरुममा चिप्लिएर लडे चोटपटक लाग्छ । बाथरुममा बाथ टब छ भने त्यसमा जाँदा वा निस्कँदा चोट लाग्न सक्छ ।

–दुर्घटनाको जोखिम कम गर्न बाथरुममा विशिष्ट स्थानमा बार लगाउनुपर्छ । त्यही बारलाई समातेर हिँड्ने वा उठ्ने काम गरे लड्ने वा चिप्लने सम्भावना कम हुन्छ ।

–टेम्प्रेचर कन्ट्रोल वाटर हिटर वा गिजर जडान गर्नुपर्छ । साधारणतया गिजरको तापक्रम ६५ डिग्रीमा सेट हुन्छ । यसले गर्दा स–साना बालबालिकालाई पानीले पोल्न सक्छ । त्यसैले गिजरको तापमान ४८ डिग्रीमा सेट गर्नुपर्छ ।

–बाथ टब वा सावरमा टेम्प्रेचर वा प्रेसर रेगुलेटेड भल्भ लगाउनुपर्छ, यसबाट पानीको तापक्रममा अचानक परिवर्तन आउन पाउँदैन ।

–औषधि वा क्लिनिङ प्रोडक्ट्स बाथरुममा राख्नुहुँदैन । यदि राख्नु नै छ भने सबैभन्दा माथिल्लो क्याबिनेटमा ताला लगाएर राख्नुपर्छ जसले गर्दा बालबालिकाको हात त्यहाँसम्म पुग्न सक्दैनन् ।

–बाथरुमको इलेक्ट्रिकल वायरिङ र अर्थिङ ठीक तरिकाले गराउनुपर्छ रं समय–समयमा चेक  गरिरहनुपर्छ ।

साबर

–साबरमा धेरै विकल्प उपलब्ध छन् । पहिलेको सिंगल फिक्स्ड वाल साबरबाहेक आजभोलि केसेड, एरिएटेड, वाइड कवरेज, सफ्ट र मसाज टाइप साबर पनि उपलब्ध छन् जसबाट क्लिनिङ र मसाज दुवै हुन्छ ।

–फिक्स्ड वाल साबर एउटै उचाइमा भए बालबालिकालाई नुहाउँदा कठिन हुन्छ । आजभोलि ‘एड्जस्टेबल साबर’ पाइन्छ, जसलाई तलमाथि गर्न सकिन्छ ।

–मार्केटमा नयाँ खालको इन्टिग्रेटेड थर्मोस्टेटिक साबर प्यानल पनि उपलब्ध छ जसमा एउटै युनिटले थुप्रै काम गर्छ । उदाहरणका लागि वर्षामा थोपा–थोपा आउने, थुप्रै बडी स्प्रे हुन्छ र मसाजरको काम गर्छ । यिनको स्प्रे प्याटर्न र पानीको भोल्युम एडजस्ट गर्न सकिन्छ । यिनलाई सफ्ट स्प्रे वा मसाजरका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

–बाथरुमको दुर्गन्ध र ओस बाहिर पठाउने सबैभन्दा राम्रो उपाय हो झ्याल खोल्नु । यसबाट हावाको आवतजावत राम्रो हुन्छ ।

–बाथरुममा एडजस्ट फ्यान लगाउनुपर्छ । बाथरुमको आकारअनुसार एडजस्ट फ्यानको साइज छनोट गर्नुपर्छ ।

–आजभोलि अटोमेटिक एडजस्ट फ्यान पनि उपलब्ध हुन थालेको छ । यस्तो एडजस्ट फ्यान बाथरुममा नमीको मात्रा बढी भए चल्छ र नमी कम भए आफैं बन्द हुन्छ ।

–एडजस्ट फ्यानको ठूलो आवाजबाट जोगिन लो वाइड

 Image