Successfully Copied

यो समय बालबालिकाहरुको लागि

प्रोफेसनल जिन्दगीमा ध्यान दिएपछि पेरेन्टिङको पालो आउँछ । बच्चा आमा तथा बुवा दुवैको समय अर्थात् दुवैसँग बस्न चाहन्छन् । अहिलेको व्यस्त जीवनशैलीमा आमा तथा बुवा दुवै कामकाजी हुन्छन् । ब

प्रोफेसनल जिन्दगीमा ध्यान दिएपछि पेरेन्टिङको पालो आउँछ । बच्चा आमा तथा बुवा दुवैको समय अर्थात् दुवैसँग बस्न चाहन्छन् । अहिलेको व्यस्त जीवनशैलीमा आमा तथा बुवा दुवै कामकाजी हुन्छन् । बच्चाले उनीहरूको केही समयमात्र सँगै बस्ने मौका पाउँछन् । आमा बुवासँग जति समय सँगै बस्न पाउँछन् त्यो नै उनीहरूका लागि गुणस्तरीय समय बन्न पुग्छ । बच्चाले आफ्नो छुट्टीको समयमा आमा बुवासँग संवाद गर्न तथा बढी घुलमिल हुन चाहन्छन् ।

घरमा आमा तथा बुवा कामकाजी हुँदा दुवै दिनभर दुवै काममा व्यस्त हुन्छन् । घर फर्किएपछि पनि आमा खाना पकाउने तथा अन्य काममा व्यस्त हुिन्छन् । बुवा पनि टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्न तथा अन्य काममै व्यस्त हुँदा बच्चालाई समय दिन भ्याउँदैनन् । २४ सै घण्टा बच्चाको साथमा रहनु संभव हुदैन । तर आफ्नो दिनचर्यामा थोरै मात्र परिवर्तन गरेमा केही समय बच्चाको साथमा बिताउनुपर्छ ।

ब्रेकफास्ट सँगै गर्नुपर्छ

बिहानको नास्ता बच्चाको साथमा गर्नुपर्छ । विदाको दिन छ भने डाइनिङ टेबलमा बच्चाको दिनभरको कार्यक्रम तय गर्नुपर्छ । बच्चालाई जे मा रुचि छ त्यही गर्न दिनुपर्छ । साँझको समयमा कुनै मनोरन्जन कार्यक्रम तय गरिदिनुपर्छ । यसो गरेमा बच्चा दिनभर उत्साहित रहन्छ ।

घरेलु कार्ममा सहयोग लिनुपर्छ

बच्चाको छुट्टीको दिनमा उनको सहयोग लिनुपर्छ । बच्चासँग काम गर्नु तथा कुरा गर्नुको मज्जा नै बेग्लै हुन्छ । बच्चालाई चिया, स्यान्डविच, जुस बनाउन सिकाउनुपर्छ । घरको सेटिङ परिवर्तन गर्न, डस्टिङ तथा अन्य कार्यमा उसको सहयोग लिनुपर्छ । यसो गरेमा बच्चाको घरेलु कार्यप्रति सम्मानको भावना पैदा हुन्छ । साथै तपाईं पनि उसको साथमा धेरै समय बिताउन सक्नुहुन्छ ।

बेड टाइम फन

दिनहुँ टेलिभिजन हेर्नु, खाना खानु, बाहिर जानु बोर हुन्छ । बच्चाको लागि यो बानी परिवर्तन गर्नुपर्छ । बच्चाको कहानी सुन्ने सोख छ कि ? संगीत सुन्ने इच्छ छ कि? चेस खेल्न रुचाउँछ कि ? रातको खाना तथा सुत्ने समयको बीचमा डेढ घण्टाको अन्तरालमा बच्चाको रुचि बुझेर त्यही अनुसार कार्य गर्नुपर्छ । बच्चाको कमिक्स बुक पढ्दा तपाईंलाई पनि मज्जा आउँछ ।

फेमिलि आउटिङ

शनिबार विदा हुने भएकाले यो दिन आउटिङका लागि राख्नुपर्छ । घरमै केही खानेकुरा बनाएर फुटबल, गितार तथा अन्य मनोरन्जनका सामग्री लिएर पिकनिक स्पर्टमा जान सकिन्छ ।  यसैगरी रेस्टुरेन्टमा गएर खाना खाने, तथा चलचित्र हेर्न जान पनि सकिन्छ । बच्चालाई फन पार्क तथा चिडियाखानामा घुमाउन लगेमा पनि उनीहरूले मनोरन्जन लिन सक्छन् । यसबाट उनीहरूलाई मज्जा आउनुका साथै ताजापन पनि महसुस हुन्छ ।

साथीलाई घर बोलाउनु

बच्चाको साथीलाई आफ्नो साथी बनाउनु जरुरी हुन्छ । उनीहरूलाई कहिलेकाही घरमा बोलाउनुपर्छ । उनीहरू बाहिरको नयाँ दुनियाँको बारेमा अपडेट हुन्छन् । यसैले उनीहरूलाई बोलाउँदा बाहिरको दुनियाँमा के भइरहेको छ भन्ने कुरा ज्ञान हुन्छ । बजारमा कुन मोबाइल आयो ? फेसनमा के भित्रिएको छ ? ट्विटरमा के नयाँ ट्विट आयो तथा कुन सफ्टवेयरको प्रयोग गर्दा अफिसको काम सहज हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

समय व्यवस्थापन

समय व्यवस्थापनले पेरेन्टिङमा खास महत्व राख्छ । एकल परिवारमा दुइवटा बच्चा भएमा समय बाड्नुपर्छ श्रीमान्ले सानो बच्चालाई बाहिर घुमाउन लैजानुपर्छ । श्रीमतीले ठूलो बच्चाको होमवर्क गर्न मद्दत पुर्‍याउनुपर्छ । घरेलु काम पनि बाँडेर गरेमा बच्चालाई समय दिन सकिन्छ । बच्चा ठूलो भएमा बिहान सबेरै उठाएर मर्निङ वाकमा लैजानुपर्छ । यसो गर्दा पनि केही समय उसको साथमा बिताउन सकिन्छ । साथै बिहानको ताजा र शुद्ध हावा तथा अक्सिजन पनि प्राप्त हुन्छ ।

 Image