Successfully Copied

असार महिनाको नारी अंकलाई प्राप्त भएका चिठी

मेरो जीवन स्तम्भमा प्रस्तुत भएकी आयुषा लामा गलालको तस्बिर सार्‍है आकर्षक लाग्यो ।

गत महिनाको मेरो जीवन स्तम्भमा प्रस्तुत भएकी आयुषा लामा गलालको तस्बिर सार्‍है आकर्षक लाग्यो ।

निर्मला सैंजु, खोटाङ (हाल : काठमाडौं)

गत महिनाको नारीमा प्रकाशित ‘कर्णालीलाई नियाल्दा’ शीर्षकको लेखले कर्णालीको वास्तविकतालाई धेरै हदसम्म उजागर गरेको छ । लेखका लागि रेनुका पौडेललाई धन्यवाद । आगामी दिनमा पनि यस्तै लेखहरू पढ्न पाइयोस् ।

संगीता रोकाया, बानेश्वर

गत महिनाको मेकओभरमा सुकुमाया तामाङलाई संगीता गुरुङले गरिदिएको मेकअप सुहाएको छ तर मेकओभरअघि र पछिको सिलसिला वा तालमेल अस्पष्ट एवं अमिल्दो देखिन्छ । यस्ता कुरामा नारीले ध्यान पुर्‍याउनुपर्छ ।  

गंगा तामाङ, बालाजु

नारीले समेट्न खोजेका हरेक कुरा उपयोगी छन् । यसले अझ नयाँ स्तम्भ थपेर आफूलाई आकर्षक बनाउनु आवश्यक छ ।

कल्पना धिताल, काभ्रे

नारीले देश–विदेशमा रहेर उदाहरणीय काम गर्ने नेपाली महिलाका विषयमा पनि जानकारी प्रदान गरोस् ।

ज्ञानु विष्ट, मकवानपुर

गत महिना नारीमा प्रकाशित सेलिब्रेटी र तिनका सन्तानका विषयमा केही जानकारी समेत दिइएको भए अझ राम्रो हुने थियो ।

कविता लिम्बू, काठमाडौं

कथा ‘छोरी’ ले मन छोयो । सुन्दर कथाका लागि कथाकार सानु शर्मालाई धन्यवाद । नारीले कथाबाहेक गजल, कविता, निबन्ध आदिलाई पनि नियमित स्थान दिने हो भने सुनमा सुगन्ध हुने थियो ।

विनीता गैरे, वनस्थली, काठमाडौं

गत महिना नारी फेसनमा आएकी शिक्षा संग्रौलाको प्रतिभा ईष्र्यालाग्दो छ । उनको क्षमता एवं सौन्दर्य दुवै प्रशंसायोग्य छ । म उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

सपना बस्ती, चावहिल

नारी टिप्स तथा प्रश्नोत्तरका विषयमा अझ विविधीकरण आवश्यक छ ।

प्रतिमा हाडा, पुतलीसडक, काठमाडौं

 Image