सुनिताको ‘उमेर पुग्यो बैशा चढ्यो कति बसौ माईत यो साल त शिवजी जुराईदेउन साईत’

नारी संवाददाता

भाद्र १४, २०७३

पूर्वेली गायीका सुनिता कट्वालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । इटहरीलाई कर्मथलो बनाउदै गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैशा चढ्यो कति बसौ माईत यो साल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याएकी हुन् । बलराम समालको संगीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कट्वालले बताइन् ।

गत बर्ष देखी तीजका गीतमा बजारमा ल्याउन थालेमी गायीकाले गत बर्षका गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताइन् । न्यू बज्जु क्रिएसनको छायाकंन र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयोग्राफी गरेकी छिन् । उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो । 

पप आधुनिक बिधाका गीत गाउने गायीका कट्वाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउँछिन् ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>