Successfully Copied

जीवनसाथी छनोट गर्दा

हिन्दू समाजमा नाता तय गर्नुअघि केटा तथा केटीको कुण्डली मिलाउने चलन छ । कम्तीमा पनि २० गुण मिले कुरा अघि बढाइन्छ तर गुण मिल्दैमा नाता पछिसम्म राम्रो र सफल हुन्छ भन्ने छैन ।

कस्तो जन्मकुण्डली मान्य ?

हिन्दू समाजमा नाता तय गर्नुअघि केटा तथा केटीको कुण्डली मिलाउने चलन छ । कम्तीमा पनि २० गुण मिले कुरा अघि बढाइन्छ तर गुण मिल्दैमा नाता पछिसम्म राम्रो र सफल हुन्छ भन्ने छैन । जोडीका लागि गुण मात्र नभएर स्वभाव बढी महत्वपूर्ण हुन्छ । जोडीमा एउटा आगो र अर्को पानी भए सम्बन्ध समझदारीपूर्वक अघि बढ्छ । दुवै पानी भए सम्बन्ध अझ राम्रो हुन्छ तर दुवै आगो अर्थात् रिसाहा भए जीवन नरक बन्छ । किनभने सम्झौता दुवैलाई मान्य हुँदैन । जे होस् कुण्डलीभन्दा पनि स्वभाव तथा बानी–व्यहोरा राम्रो हुनु जरुरी हुन्छ । 

आयस्रोत

अहिले केटाकेटी दुवै कामकाजी हुन्छन् । नेपाली समाजमा अझै पनि केटीभन्दा केटा बढी पढेलेखेको तथा राम्रो जागिरे हुनुपर्छ भन्ने मान्यता रहिआएको छ । आफ्नो सुरक्षित भविष्यका लागि हुने श्रीमान्को जागिर तथा पढाइ कस्तो छ बुझ्नु जरुरी छ । सरकारी तथा प्राइभेट कहाँ काम गर्ने हो त्यो पनि थाहा पाउनु जरुरी हुन्छ । 

उमेरमा अन्तर 

कतिपय अवस्थामा श्रीमान्–श्रीमतीको उमेरमा अन्तर हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा लिइँदैन । कतिपयले यसलाई गम्भीर रूपमा पनि लिने गरेका छन् । कम्तीमा पनि ३ देखि ५ वर्षको अन्तर मान्य हुनुपर्छ । कतिपयको त १० वर्षको अन्तर पनि हुन्छ । केटाकेटीमा उमेरको अन्तर बढी नभए स्वभाव तथा आपसी तालमेल राम्रो हुन्छ । महिला तथा पुरुष शारीरिक रूपमा पनि स्वस्थ हुनु जरुरी हुन्छ ।

विवाह मनोरञ्जन होइन जिम्मेवारी 

विवाह स्वच्छन्दता, यौन स्वतन्त्रता तथा मनोरञ्जनको लाइसेन्स मानिन्छ । यद्यपि एउटा कुरा राम्रोसँग बुझ्नुपर्छ विवाह जिम्मेवारी हो । यसलाई जीवनको अन्त्यसम्म निर्वाह गर्नुपर्छ । विवाहको सात फेरोपछि जीवन वयस्क हुन्छ । यस्तो विन्दुमा पुगेपछि जीवनमा गम्भीरता आउँछ । त्यसैले विवाहलाई मनोरञ्जनका रूपमा होइन जिम्मेवारीका रूपमा लिनुपर्छ ।

पारिवारिक सजगता

जीवनसाथीलाई जीवनभर साथ दिनु तथा साथ रहनुपर्छ । विवाहपछि जीवनसाथीको पारिवारिक संस्कार के छ, रीतिरिवाज के छ, सोच कस्तो छ सबै कुरा जान्नु जरुरी छ । 

जीवनसाथी कत्तिको स्वस्थ 

विवाहजस्तो गम्भीर विषयमा भावी दम्पतीको स्वास्थ्य कस्तो छ ? जानकारी राख्नुपर्छ ।  विदेशतिर विवाहपूर्व रगत, एचआइभी तथा अन्य परीक्षण गराउने चलन पनि छ । यसो भए वैवाहिक जीवन निर्वाध रूपमा अघि बढ्छ र स्वस्थ वैवाहिक जीवन बिताउन सकिन्छ ।  

जीवनशैली कस्तो छ ? 

कतिपय मानिसमा धूम्रपान तथा मध्यपान गर्ने बानी हुन्छ । यस्तै अन्य कुराको पनि बानी हुन्छ । अरू महिलाका बारेमा के सोच्छ ? आफूभन्दा ठूलालाई इज्जत गर्छ कि गर्दैन ? आफ्नो करिअरप्रति कत्तिको गम्भीर छ ? भावी सन्ततिका बारेमा के सोच्छ ? यी सबै कुरा सुन्दा असहज लागे पनि यो गम्भीर विषय हो । 

समझदार छ कि छैन ? 

विवाहपछि कतिपय श्रीमान्–श्रीमतीको पहिले गर्लफ्रेन्ड वा ब्वाईफ्रेन्ड भए ती कुरा बिर्सेर नयाँ जीवन सुमधुर ढंगमा अघि बढाउनुपर्छ । श्रीमान्ले श्रीमतीको रुचि तथा श्रीमतीले श्रीमान्को रुचि बुझेर अघि बढे जीवन सुखी हुन्छ ।

 Image