Successfully Copied

पियर बडी सेप

यो बडी सेपमा शरीरको तल्लो भाग, शरीरको माथिल्लो भागको तुलनामा ठूलो हुन्छ । हिप्स पोर्सन सोल्डर्सभन्दा चौडा हुन्छ । यो बडी सेपमा हिप्सबाट ध्यान हटाएर पातलो कम्मरलाई उभार्नुपर्ने हुन्छ । आफ्नो सोल्डर्सलाई भोल्युम प्रदान गर्नुपर्छ र शरीरको तल्लो भागमा भोल्युम कम गर्नुपर्ने हुन्छ

यो बडी सेपमा शरीरको तल्लो भाग, शरीरको माथिल्लो भागको तुलनामा ठूलो हुन्छ । हिप्स पोर्सन सोल्डर्सभन्दा चौडा हुन्छ । यो बडी सेपमा हिप्सबाट ध्यान हटाएर पातलो कम्मरलाई उभार्नुपर्ने हुन्छ । आफ्नो सोल्डर्सलाई भोल्युम प्रदान गर्नुपर्छ र शरीरको तल्लो भागमा भोल्युम कम गर्नुपर्ने हुन्छ । यो बडी सेपले फेमिनेन लुक प्रदान गर्छ र पातलो कम्मर आकर्षणको केन्द्र बन्छ ।

के गर्ने–के नगर्ने ?

त्यस्ता पहिरन लगाउनु हुँदैन जसले शरीरको तल्लो भागतर्फ ध्यान आकर्षित गर्छ । जस्तै कार्गो पाइन्ट र प्रिन्टेट स्कर्ट । ए–लाइन स्कर्ट लगाउनुपर्छ । स्कर्ट वेस्ट लाइनभन्दा थोरै मुनि हुनुपर्छ । छोटो र एक्स्ट्रा लेयर भएको टाइट स्कर्ट लगाउनु हुँदैन । यसबाट शरीरको हेभी वेस्ट लाइनमा ध्यान केन्द्रित हुन्छ ।

बेटनेक टप्स, स्वायर तथा काओ नेकलाइन्स प्रयोग गर्नुपर्छ ।

काँधलाई उभार प्राप्त होस् भन्ने हेतुले स्ट्रेपलेस पहिरन लगाउनुपर्छ । टपमा रफल्स प्रयोग गर्न सकिन्छ ।

कम्मरभन्दा माथि रहने ज्याकेट लगाउनुपर्छ, जसले पातलो कम्मरको सुन्दरतालाई उभार प्राप्त होस् ।

रंग छनोट गर्दा हल्का रंगको टप र गाढा रंगको पाइन्ट वा ट्राउजर प्रयोग गर्नुपर्छ । स्ट्रेचेबल जिन्स लगाउनुपर्छ, जसले शरीरको तल्लो भागलाई परफेक्ट सेप दिन्छ । साइड पकेट भएको पाइन्ट लगाउनु हुँदैन ।

एसेसरिजमा गहना जस्तै नेकलेस, इयररिङ्स तथा स्कार्फ लगाउनुपर्छ । यसबाट अरूको ध्यान आफ्नो शरीरको माथिल्लो भागतर्फ आकर्षित हुन्छ ।

 Image