Successfully Copied

जाडोमा बालबालिकाको स्याहार

जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।

     जाडो मौसममा बालबालिकालाई रुघाखोकी, निमोनियाँजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले सताउँछ ।

     जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।

     साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

     घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।

     बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।

     रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।

  मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।

 Image