Successfully Copied

मिस नेपाल पिस सहभागिका प्रतिभा

नर्सिङ क्षेत्रमा कार्यरत तथा नर्सिङ अध्ययनरतहरुमा केन्द्रित बौद्धिकता, प्रतिभा तथा व्यक्तित्व मापनको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०१८’ अन्तर्गत गत सोमबार ट्यालेन्ट राउन्ड तथा प्रिजजिङ राउन्ड सम्पन्न भएको छ ।

नर्सिङ क्षेत्रमा कार्यरत तथा नर्सिङ अध्ययनरतहरुमा केन्द्रित बौद्धिकता, प्रतिभा तथा व्यक्तित्व मापनको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०१८’ अन्तर्गत  ट्यालेन्ट राउन्ड तथा प्रिजजिङ राउन्ड सम्पन्न भएको छ ।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा नर्सिङ क्षेत्रसित आबद्ध २४ जना युवतीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको ग्राण्ड फिनाले भने शनिबार बौद्धस्थित हायात रिजेन्सी होटलमा संचालन हुँदैछ । मिस ट्यालेन्ट अवार्ड लागि संचालन भएको ट्यालेन्ट राउन्डमा सहभागिहरुले नृत्य, गायन, अभिनय, वक्तृत्व कला मार्फत् आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

सोही दिन प्रिजजिङ राउन्ड पनि संचालन गरिएको थियो । जस अन्तर्गत प्रतियोगिहरुले निर्णायकहरुसित एकल अन्तर्वाताको सामना गरेका थिए । जसमा प्रतिस्पर्धीको व्यक्तित्व, बौद्धिकता, बोल्ने शैली, आत्मविश्वास लगायतका पक्षको मुल्यांकन गरिएको थियो ।  

 Image