Successfully Copied

क्रिस्पी चिकेन विङ्गस

चिकेनमा नुन, ओस्चेस्टर सस, अदुवा र लसुनको पेस्ट हाली मेरिनेसन गर्ने । त्यसपछि चिकेनलाई फिटेको अण्डामा डुबाउँदै सबैतिर ब्रेडक्रम लगाई तेलमा खैरो हुन्जेल फ्राई गर्ने । यो क्रिस्पी चिकेनलाई लेटिस, काँक्रो, प्याज, टोम्याटो आदिको सलादका साथ सर्भ गर्न सकिन्छ ।

सामग्री : चिकेन विङ्स ६ पिस, अदुवा र लसुनको पेस्ट ५ ग्राम, ब्ल्याक पेपर २ ग्राम, ओस्चेस्टर सस १० ग्राम, अण्डा १ वटा, ब्रेडक्रम १ सय ग्राम, नुन स्वादअनुसार ।

 

विधि : चिकेनमा नुन, ओस्चेस्टर सस, अदुवा र लसुनको पेस्ट हाली मेरिनेसन गर्ने । त्यसपछि चिकेनलाई फिटेको अण्डामा डुबाउँदै सबैतिर ब्रेडक्रम लगाई तेलमा खैरो हुन्जेल फ्राई गर्ने । यो क्रिस्पी चिकेनलाई लेटिस, काँक्रो, प्याज, टोम्याटो आदिको सलादका साथ सर्भ गर्न सकिन्छ ।

चारकोल बर्गर

सामग्री : चिकेन ब्रेस्ट १ सय ५० ग्राम, बर्गर वन १ वटा, अदुवा र लसुनको पेस्ट ५ ग्राम, नुन स्वादअनुसार, काँक्रो प्याज, गोलभेंडा, लेटिस काटेको १–१ पिस, बार्बिक्यु सस ५ ग्राम, हटसस ५ ग्राम, टोम्याटो सस ५ ग्राम ।

विधि : चिकेन ब्रेस्टलाई नुन, अदुवा एवं लसुनको पेस्टले मोल्ने र हल्का तातो तावामा ग्रिल गर्ने । त्यसमा बार्बिक्यु सस, हट सस तथा केचप थपेर हल्का तताउने । वनलाई आधा गरी तल्लो भागमा मायोनेज लगाएर लेटिस, टोम्याटो, काँक्रो तथा प्याजलाई स्लाइस गरी पाकेको चिकेन अनटप गर्ने । बर्गरको आधा वन माथिबाट टप गर्ने । यसलाई फ्रेन्च फ्राईका साथ सर्भ गर्नुपर्छ ।

 Image