Successfully Copied

गर्मीमा पसिनाको व्यवस्थापन कसरी गर्ने ?

शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । पसिनाले छालाको उक्त पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्कने अनुकूल वातावरण पाउने हुनाले ती ठाउँबाट दुर्गन्ध आउँछ । यसकारण पनि यस्ता अंगहरूको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ ।

गर्मीमा शरीरबाट पसिना निस्कनु सामान्य समस्या हो । कसै–कसैलाई जाडो महिनामै पनि सामान्य हिँडाइमै पसिना आउँछ ।

मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिना ग्रन्थि हुन्छन् । पसिना छालाको भित्री पत्रमा भएको ग्रन्थिमा बन्छ । यो ग्रन्थिको काम शरीरको तापमान नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र त्यही नै पसिना हो । सामान्यत: महिलाको दाँजोमा पुरुषलाई बढी पसिना आउँछ ।

कसरी आउँछ पसिना ?

पसिना आउनुका विभिन्न कारण छन् । खास गरेर छालाको ग्रन्थिहरू शरीरको भित्री भागमा, हत्केलामा र खुट्टाको पैतालामुनितिर बढी मात्रामा हुन्छन् । ती ग्रन्थि सक्रिय भएपछि पसिना निस्कन्छ । यसरी निस्किएको पसिना वाष्पीकरण भएर उड्न नसके गन्ध आउन थाल्छ र विभिन्न समस्या देखा पर्छन् ।

किन गन्हाउँछ पसिना ?

शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । पसिनाले छालाको उक्त पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्कने अनुकूल वातावरण पाउने हुनाले ती ठाउँबाट दुर्गन्ध आउँछ । यसकारण पनि यस्ता अंगहरूको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ ।

पसिनाबाट जोगिने केही उपाय

-    गर्मीका दिनहरूमा अन्डरगार्मेन्ट सुतीको मुलायम अर्थात् पसिना सोस्ने खालको, हावा आवतजावत हुन सक्ने हुनुपर्छ ।

-    लुगा फेर्नासाथ पट्याएर नराख्ने, किनभने पसिना गुम्सिएर लुगा गन्हाउन सक्छ ।

-    आफूलाई पसिनाको दुर्गन्धबाट जोगाउन चाहने हो भने अन्डरगार्मेन्ट आफ्नो रियल साइजभन्दा धेरै टाइट नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ ।

-    सफा अन्डरगार्मेन्ट्स मात्र लगाउनुपर्छ । अन्डरगार्मेन्ट्सलाई घाममा सुकाएर मात्र लगाउनु उपयुक्त हुन्छ ।

-    घरबाहिर निस्कँदा पफ्र्युम, बडी स्प्रे आदि प्रयोग गर्ने ।

- पसिनाको दुर्गन्धबाट जोगिन शरीरको अन्डरआम्र्स तथा अन्य भागका नचाहिने रौँहरू हटाइदिने ।

 Image