मिस क्वीन एण्ड मिष्टर किङ अफ ग्लोब इन्टरनेसनल
पुस ३, २०७५
गत डिसेम्बर ६ देखि १० सम्म दुबईमा संचालन भएको मिस क्वीन एण्ड मिष्टर किङ अफ ग्लोब इन्टरनेसनल २०१८ नामक प्रतियोगितामा सहभागिता जनाएका नेपाली प्रतिनिधिहरुले आ–आफ्नो उमेर समूहमा सफलता आर्जन गरेका छन् । उक्त प्रतियोगितामा बालबालिकाको उमेर समूह प्रतिस्पर्धा गरेका विराज चौहानले वेष्ट ड्रेस अवार्ड सहित मास्टर किङ अफ ग्लोब इन्टरनेसनल २०१८ को उपाधि जित्न सफल भएका छन्
गर्दिष्मा मल्ल भने लिटिल मिस क्वीन अफ ग्लोब इन्टरनेसनल २०१८ को ताज पहिरिन सफल भइन् । विराज र गर्दिष्मा मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न भएको सुपर किड इन्टरनेसनल २०१८ का शीर्ष उपाधि विजेताहरु हुन् ।
यसैगरी उल्लेखीत अन्तर्राष्ट्रिय प्रतियोगितामा टिनएज समूहमा नेपालका तर्फबाट सहभागिता जनाएकी आश्मा दुलालले मिस टिन क्वीन अफ ग्लोब इन्टरनेसनल २०१८ को उपाधि जित्न सफल भएकी छिन् । आश्मा परिवर्तन इभेन्ट हाउसले सचालन गरेको मिस एण्ड मिष्टर प्लस टू स्टार २०१८ का फस्ट रनर अप विजेता हुन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्