Successfully Copied

जीवन रंगीन छ

दीर्घजीवन होइन दिव्य जीवन बाँचौं भन्दै म विपश्यना र योग–ध्यानमा सक्रिय छु । संगीतमार्फत छोरीहरूको हकहित र सशक्तीकरणका लागि आवाज उठाइरहेकी छु  । यसमा अझ थप काम गर्नेछु ।

 
 
मेरो विश्वास : समय ।
मेरो समर्पण : संगीत ।
मेरो आस्था : भगवान्प्रति ।
मेरो भरोसा : मेरो क्षमता ।
मेरो प्रेरणा : मेरी आमा ।
मेरो आशा : जीवन ।
मेरो पहिचान : नेपाली छोरी ।
मेरो व्यक्तित्व : मेरो सोच ।
मेरो कमजोरी : छिट्टै विश्वास गर्ने ।
मेरो इच्छा : मुमा–बाबाको सेवा ।
मेरो घर : आश्रय ।
मेरो बलियो पक्ष : मेरो आत्मविश्वास ।
मेरो परिवार : सबथोक ।
मेरो लत : कफी ।
मेरो प्रेम : समग्र जगत्प्रति ।
मेरो लक्ष्य : खुसी ।
मेरो चाहना : समृद्ध नेपाली ।
मेरो रुचि : घुम्ने ।
मेरो गन्तव्य : आत्मसन्तुष्टि । 
मेरो पेशा : गायन ।
 
मेरो जीवन
जीवन रंगीन छ । यिनै रंगहरूको संमिश्रणमा खुसी हुँदै र खुसी छर्दै बाँच्ने इच्छा छ । दीर्घजीवन होइन दिव्य जीवन बाँचौं भन्दै म विपश्यना र योग–ध्यानमा सक्रिय छु । संगीतमार्फत छोरीहरूको हकहित र सशक्तीकरणका लागि आवाज उठाइरहेकी छु  । यसमा अझ थप काम गर्नेछु । समग्रमा मेरो जीवन सुन्दर र खुसी छ । 
 

 Image